सरकारलाई सर्वाेच्चकाे प्रश्न: म्याद नसकिँदै गोकर्ण रिसोर्टको लिज किन थपियो ?

सर्वोच्च अदालतले गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरणमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ। 

गोकर्ण रिसोर्ट सञ्चालनको ६ वर्ष म्याद बाँकी रहेकै बेला सरकारले थप २५ वर्ष लिज अवधि थपेपछि सर्वाेच्चले म्याद थप्ने निर्णयको आधार र कारण खोल्न भनेको हो।


Advertisement

अधिवक्ता विष्णु लुइँटेलले दायर गरेको रिटमा पहिलो सुनुवाई गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले अन्तरिम आदेशबारे छलफल गर्न उपस्थित हुन नेपाल ट्रष्ट र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई माघ १२ गते  डाकेको छ। 

सार्वजनिक खरिद ऐन मिचिएको भन्दै रेग्मी पुस २५ गते सर्वाेच्च पुगेका थिए।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्