सांसद कोषमा भ्रष्टाचार, पूर्वसांसद यादव, राजपा नेता मण्डलसहित ६ जनाविरुद्ध मुद्दा

अख्तिरयार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले  पूर्वसांसद र  राजपा नेतासहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

पूर्वाधार विकास कार्यक्रममा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले राजपा नेता हरिनारायण मण्डल, पूर्वसांसद विपी यादव, पूर्वाधार विकास कार्यालय सिरहाका तत्कालीन कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइत, नायव सुब्बा भागवत यादव, विरेन्द्रकुमार मण्डल र कृष्णकुमार यादवविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको हो। कुनै बेला सांसद विकास कोष नाम रहेकाे याे  कार्यक्रमकाे नाम परिवर्तन गरेर हाल स्थानीय पूर्वाधार विकास कार्यक्रम बनाइएकाे छ।


Advertisement

अख्तियारले उनीहरुसँग २५ लाख रुपैयाँ विगो दाबी गरेको छ।  उनीहरुले सप्तरी जिल्लाको अग्नीसाइर कृष्णसवरण गाउँपालिका २ र ३ मा पर्ने सडक ग्राभेल गर्न कीर्ते व्यक्ति खडा गरी उपभोक्ता समिति गठन गरेको र  अनियमितता गरेको अख्तियारको ठहर छ।

सप्तरी जिल्ला राजगढ गाउँपालिकास्थित मुतनी नदी सिँचाइ आयोजनाको कार्य गर्न गठित उपभोक्ता समितिका पदाधिकारीहरूको नागरिकताको फोटोकपीमा अनधिकृत रूपमा विवरण समेत सच्याएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। 


Advertisement

त्यसैगरी उनीहरुले सडक निर्माणको लागि आएको पत्र अनधिकृत रूपमा सच्याइ भौतिक पूर्वाधार विकास मन्त्रालय जनकपुरधामबाट आएको बजेटबाट उक्त सडक निर्माण गर्नको लागि गठन भएको उपभोक्ता समितिद्वारा निर्माण कार्य संचालन गर्न सिफारिस गरेको र पूर्वाधार विकास कार्यालय सिरहामा पेश गरेर भ्रष्टाचार गरेको आरोप छ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्