अस्ट्रेलियाविरुद्ध दोस्रो वान-डे अगावै भारतलाई झट्का, ऋषभले नखेल्ने

भारतीय टीमले अस्ट्रेलियाविरुद्ध १७ जनवरी अर्थात् शुक्रवार दोस्रो वान-डे म्याच खेल्दैछ । तर भारतीय टीमलाई खेलअगावै झट्का लागेको छ ।

भारतीय टीमका विकेटकीपर ऋषभ पन्तले दोस्रो वान-डे खेल्न नपाउन भएका छन् । उनले चोटका कारण दोस्रो म्याच गुमाउने भएका छन् ।


Advertisement

पहिलो म्याच १० विकेटले गुमाएको भारतलाई पन्तको अभाव शुक्रवार खड्कन सक्ने छ ।

बीसीसीआईले भनेको छ, 'पहिलो वान-डे म्याचमा हेल्मेटमा  बललले लागेर ऋषभ पन्त घाइते भएका थिए ।'


Advertisement

पन्तलाई भारतीय पारीको ४४ औं ओभरमा बलले  लागेको थियो ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्