गाउँपालिका पुग्न चार घण्टा

यातायात  अभावमा  अपिहिमाल   गाउँपालिका–३   का   कपुरसिंह   कार्कीले  पारि बगरदेखि  आठ  घण्टाको  उकालो  चढेर गाउँ जानुपर्ने समस्या कायमै छ ।

घाजिर, सितीलगायत   गाउँका  स्थानीयले   खाद्यान्न,   निर्माण सामग्रीदेखि बिरामी र अशक्तलाई घण्टौँ पिठ्युँमा  बोकेर  सडक  मार्गसम्म  पुर्‍याउनुपर्ने  बाध्यता रहेको उनले बताए । 


Advertisement

दार्चुलाको    दुर्गम    गाउँपालिकामध्येको    अपिहिमाल   गाउँपालिका   केन्द्रसम्म   सडक   पुगेको     छैन ।     मार्माको     पारिबगरदेखि     मकरीगाडसम्म   गत   वर्ष   सडकको   ट्र्याक   खुलेको  छ ।

 मकरीगाडसम्म  आशिंक  रुपमा  यातायात    सूचारु    भएपनि    मकरीगाडदेखि    गाउँपालिका  केन्द्रसम्म  पुग्न  चार  घण्टा  पैदल  यात्रा  गर्नुपर्छ ।


Advertisement

 गाउँपालिका  केन्द्रबाट  चार  घण्टा हिँडेर गाउँसम्म पुग्ने घाजिरका स्थानीयले सडक  निर्माण  गरिदन  सरकारसँग  अनुरोध  गरेका छन् । गोरखापत्र दैनिकमा खबर छ । 
 

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्