अक्षय–करीना स्टारर 'गूड न्यूज'ले अहिलेसम्म कति कमायो ?

अक्षय कुमार, करीना कपूर, कियारा आडवाणी तथा दिलजीत दोसाँझ अभिनित चलचित्र ‘गूड न्यूज’ ले बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ । 

रिलिज भएको २३ दिनसम्म पनि आक्रामक व्यापार गरेकोमा यस चलचित्रको चर्चा थप चुलिएको छ ।


Advertisement

यस चलचित्रले २३ औं दिन शनिवार पनि २ करोड रुपैयाँ व्यापार गरेको छ । 

यस चलचित्रले हालसम्म २०२.१० करोड रुपैयाँ कमाएको छ ।


Advertisement

यससँगै अक्षय कुमारको चलचित्र २०० करोड रुपैयाँको क्लबमा प्रवेश गरेको छ । चलचित्रले शुक्रवार २ करोड रुपैयाँ कमाएको थियो ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्