चालू खाता  ७० अर्बले घाटामा

चालू आवको पाँच महिनामा चालू खाता घाटा  ७० अर्ब ३२ करोड रहेको छ । 

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा एक खर्ब १९ अर्ब ३३ करोड रहेको थियो।


Advertisement

अमेरिकी डलरमा अघिल्लो वर्षको पाँच महिनासम्ममा एक अर्ब चार करोड रहेको चालू खाता घाटा समीक्षा अवधिमा ६१ करोड ७७ लाख रहेको राष्ट्र बैंकले आइतबार जनाएको छ। 

बैंकका अनुसार कूल विदेशी विनिमय सञ्चिति  पाँच अर्ब ६५ करोड र प्रत्यक्ष वैदेशिक लगानी  ६ अर्ब ५७ करोड रहेको छ ।


Advertisement

यसैगरी समीक्षा अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ३० करोडले बचतमा रहेको छ ।

घिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८५ अर्ब ३२ करोडले घाटामा रहेको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्