मालपोतका नासु र लेखापढी व्यवसायीविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

अख्तियारले मालपोत कार्यालय साँखु काठमाडौँका नायबसुब्बा रामेश्वर कुइँकेल र लेखापढी व्यवसायी श्रीराम सापकोटाविरुद्ध ५५ हजार विगो कायम गरी मुद्दा चलाएको हो। 


Advertisement

मालपोत कार्यालय साँखुका नासु कुइँकेलले लेखापढी व्यवसायी सापकोटासँग दृष्टि बन्दकको लिखत पास गरेवापत घुस लिँदै गर्दा आयोगको कार्यालय टङ्गालबाट खटिइ गएको टोलीले दुवै जनालाई उक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा नासु कुइँकेलले लेखापढी व्यवसायी सापकोटासँग घुस माग गरी लिइसकेको अवस्थामा उनीबाट रकम बरामद भएको खुल्न आएकाले कुइँकेललाई बिगो  ५५ हजार कायम गरी कानूनबमोजिम सजायको माग दाबीका साथ आरोपपत्र दायर गरिएको हो।


Advertisement

साथै लेखापढी व्यवसायी रापकोटाले नासु कुइँकेललाई घुस दिइसकेको अवस्थामा निजलाई पनि नियन्त्रणमा लिई कानूनबमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा बिगो ५५ हजार कायम गरी कानूनबमोजिम सजायको माग दाबी गरिएको छ। 
  

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्