सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न ७ जनाको नाम मनोनयन

सभामुख अग्नि सापकोटाले सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि ७ जना सदस्य मनोनयन गरेका छन् ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलीको नियम १० उपनियम (१) बमोजिम ७ जनाको नाम मनोनयन गरेका हुन् ।


Advertisement

सभाका बैठक लामो समय चल्ने अनस्थामा अन्य सदस्यले बैठकलाई निरन्तता दिनेछन् । सभामुख सापकोटाले बैठक सञ्चालनका लागि उमाशंकर अरगरिया, चन्द्रकान्त चौधरी, डिला संगौला, मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली, रेखा शर्मा र सोमप्रसाद पाण्डेको नाम मनोनयन गरेका छन् ।

प्रतिनिधि सभाको बैठक यही माघ १७ गते शुक्रवारसम्मका लागि स्थगित भएको छ ।


Advertisement

आजको बैठकमा प्रधाममन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा लगायतले सभामुखलाई बधाई दिएका थिए । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्