गण्डकीको पुजीगत खर्च १४.७१ प्रतिशत मात्र

गण्डकी प्रदेश सरकारका मन्त्रीहरूले अपेक्षित लक्ष्य हासिल गर्ने विश्वासका साथ सरकार अघि बढेको बताएका छन्।

गण्डकीका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले अघिल्लो आर्थिक वर्षको यही समयावधिभन्दा अहिले बजेट खर्चको अवस्था राम्रो भएको बताएका छन्।


Advertisement

यस अवधिमा यस वर्ष १४.७१ प्रतिशत खर्च भएको उनले जानकारी दिए। अघिल्लो वर्ष यो अवधिमा ४.६९ प्रतिशत मात्र खर्च भएको थियो।

चालू आर्थिक वर्षको पहिलो चौमासिकमा योजना छनौट, टेन्डरलगायतका प्रक्रिया अघि बढेको बताउँदै उनले बाँकी अवधिमा कामहरू तीव्ररुपमा अघि बढ्ने बताए। 


Advertisement

भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले विकास निर्माणका कामले गति लिएको धारणा राख्दै सरकार लक्ष्य प्राप्तिका लागि क्रियाशील बनेको जानकारी दिए।
    

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्