पाँच रुपैयाँ जरिवाना तिर्न नसक्दा प्रहरी फन्दामा

अहिलेको युगमा अदालतद्वारा तोकिएको पाँच रुपैयाँ जरिवाना तिर्न नसक्ने हैसियत भएका मानिसहरु पनि हुँदोरहेछ भनी सुन्दा अचम्म लाग्छ। तर यो सत्य हो।

यस्तै घटना बारा जिल्लाको पचनौता नगरपालिकामा भएको छ।  


Advertisement

घटना २०६५ साल माघ २७ गतेको हो। पचनौता गाउँपालिका–४ गुलरिया बस्ने ६० वर्षीय नागेन्द्र महरामाथि स्थानीय नवाब ठाकुर लोहारले जिल्ला अदालत पर्सामा जालसाजी मुद्दा हालेपछि अदालतले महरालाई  पाँच दण्डजरिवाना गरेको थियो। तर महरा फरार भएकाले उनलाई फरार अभियुक्तको सूचीमा राखी प्रहरीचौकी बेलदारीबाट खटिएको टोलीले घरबाटै पक्राउ गरी अदालतमा उपस्थित गराएको अदालतका उपसचिव कौशलेश्वर ज्ञवालीले बताए।

अदालतमा कायम रहेका मुद्दा नम्बर १४३२ अनुसार महरा फरार सूचीमा रहेको देखिएकाले प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। अहिले बारा प्रहरीले पाँच रुपैयाँदेखि एक हजार रुपैयाँसम्म जरिवाना लागेका अभियुक्तलाई पक्राउ गर्ने कार्य तीव्र पारेको छ। प्रहरीले साउनयता बारा जिल्लामा फरार अभियुक्तको सूचीमा रहेका १८४ जनालाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।  


Advertisement

कमेन्ट गर्नुहोस्