चार बुँदे सहमतिसँगै हवाई इन्धन ट्यांकर चालकको आन्दोलन फिर्ता

ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएका हवाई इन्धन ढुवानी गर्ने ट्यांकर चालकहरु सहमतिमा आएका छन्।

नेपाल आयल निगमको रोहबरमानेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, हवाई इन्धन ढुवानी इकाइ समितिका प्रतिनिधिबीच मंगलबार ४ बुँदे सहमति भएसँगै आन्दोलन फिर्ता भएको हो।


Advertisement

योसँगै शनिबारबाट ठप्प रहेको हवाई इन्धन ढुवानी पुनः संचालनमा आउने निगमले जनाएको छ।

सहमति अनुसार अब निगमको प्राविधिक टोलीले रक्सौल डिपोमा गई लोडिङ कार्यको निरीक्षण तथा सहजीकरण गर्ने भएको छ।


Advertisement

त्यस्तै, इन्धन लोड गर्ने तथा अनलोड गर्ने क्रममा डिपोमा हुने तापक्रमको अवस्थाअनुसार नै इन्धनमा हुने नोक्सानीको विवरण निकाल्ने व्यवस्था यथाशीघ्र लागू गर्ने र अहिलेका समस्या एक महिनाभित्र समाधान गर्न एक समिति गठन गरिने सहमतिपत्रमा उल्लेख छ।


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्