‘प्लेन आएर बज्रेको हो र ?’ क्यारिबीयनमा भूकम्प आएपछि मानिसले गरे प्रश्न

क्युबाको दक्षिणतिर मंगलवार ठूलो भूकम्प आएपछि अमेरिकाको मायामीदेखि केम्यान आइल्यान्ड्ससम्म त्रास फैलिएको छ । 

केम्यानमा भूकम्पका कारण सिंकहोलहरू खुलेको तर मानिस र घर भवनलाई खासै क्षति नपुगेको खबर आएका छन् । 


Advertisement

७.७ म्याग्निच्युडको भूकम्प जमैका, केम्यान आइल्यान्ड्स र क्युबाको मध्यमा रहेको समुद्रमा आएको थियो । दश किलोमिटरको गहिराइबाट भूकम्प आएको थियो । ठूलो भूकम्पपछि अनेकौं पराकम्प आएका थिए र तीमध्ये सबभन्दा ठूलो ६.१ म्याग्निच्युडको थियो । 

केम्यानको राजधानी जर्ज टाउनमा प्रशिक्षार्थी ट्राभल एजेन्ट सिन्डी वेलकमले भूकम्प आउँदा शुरूमा त आफ्नो रक्तचाप बढेको ठानिन् । अनि उनी चिच्याइन् ।


Advertisement

‘भवन नै कागज जसरी हल्लिरहेको थियो,’ उनले भनिन् । ‘त्रास वास्तविक थियो । यो अहिलेसम्मकै सबभन्दा खराब अनुभव रह्यो ।’

मानिसहरूले नाली फुटेको अनि सिंकहोलहरू देखिएको र एक सिंकहोलले कारलाई आधा निलेको बताए । 

मायामीमा वकिल एली स्टीयर्स २९औं तल्लामा रहेको कार्यालयमा काम गरिरहँदा अचानक अप्ठ्यारो अनुभव गर्न थाले । 

उनले भने, ‘मलाई लाग्यो, मैले खराब सुशी खाएछु कि ?’ अनि उनले अफिसको ढोका अगाडि पछाडि हल्लिएको देखे । ‘अनि सोच्न थालें, हैन विमान आएर भवनमा ठोकियो कि ? पछि पो थाहा भयो, भूकम्प आएको रहेछ । मायामीमा भूकम्पको अपेक्षा थिएन ।’

गगनचुम्बी भवनहरू हल्लिएको विषयमा मायामी–डेड फायर–रेस्क्यु विभागमा थुप्रै फोन पुगे । कसैलाई चोटपटक लागेको वा संरचनागत क्षति पुगेको कुनै खबर नआएको विभागले जनायो ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्