अटोरिक्सासँग ठोकिएर इनारभित्र पस्यो बस, २७ जनाको मृत्यु

भारतको महाराष्ट्रस्थित नासिकमा तीव्र गतिमा रहेको रहेको एक बस मंगलवार अटोरिक्सासँग ठोकिएपछि ६० फीट गहिरो इनारमा खसेको छ । बस दुर्घटनामा सात वर्षीया बालिका सहित २७ जनाको मृत्यु भएको छ । 

आपतकालीन कर्मचारीहरूले रातभरिमा राज्य परिवहनको बसलाई इनारबाट निकालेका छन् अनि मृतकहरूको शरीर पनि निकालेका छन् । 


Advertisement

बसमा ४२ जना यात्रु थिए भने अटोरिक्सामा १० जना चढेका थिए । अटोरिक्सा पनि इनारमा खसेको थियो । 


Advertisement

३२ जनालाई चोटपटक लागेको र अस्पताल लगिएको वरिष्ठ प्रहरी अधिकारी वासुदेव देसालेले बताए । 

भारतका सडकमा प्रतिवर्ष डेढ लाख मानिसको मृत्यु हुने गरेको छ । गैरजिम्मेवार हँकाइ, खराब सडक र यात्रुको भीडका कारण दुर्घटना हुने गरेका छन् ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्