नेकपा बैठक : केन्द्रीय सदस्यहरूले दिए छलफलका लागि थप एजेन्डा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठकका लागि केन्द्रीय सदस्यहरूले थप केही एजेन्डा दिएका छन् ।

बैठकमा उद्घाटन मन्तव्य राखेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली बाहिरिएपछि केन्द्रीय सदस्यहरूले बैठकका लागि एजेन्डा टिपाएका हुन् । 


Advertisement

स्थायी समिति सदस्य भीम रावल लगायत झण्डै ४ दर्जन केन्द्रीय सदस्यहरूले एजेन्डा टिपाएका हुन् । 

कालापानी विवाद, एमसीसी, पोलिटब्यूरो गठनलगायत एजेन्डा छलफलमा लागि राख्न उनीहरूले माग गरेका छन् ।


Advertisement

यस्ता छन् मुख्य एजेन्डा :

भीम रावल– एमसीसी र नेपाल–भारत सीमा विवाद

अष्टलक्ष्मी शाक्य– एकतिहाइ महिला सहभागिताबारे छलफल होस् । पार्टी कार्यालय सधैँ भाडामा बस्नु हुन्न छिट्टै भवन बनाइयोस् ।

लिलामणि पोखरेल– नेपालको नक्साबारे छलफल होस्

युवराज ज्ञवाली– पोलिटब्यूरो गठन र सीमा विवाद

विजय पौडेल– पोलिटब्यूरो गठन एवं सांसद तथा राजनीतिक नियुक्तिको मापदण्ड तय होस्

केन्द्रीय सदस्यहरूका एजेण्डा सुनेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना धारणा राखेका छन् । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्