नेकपा प्रतिवेदन - कांग्रेस ढुलमुले, सम्झौतापरस्त र दलाल !

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पूँजीपति वर्गको प्रतिनिधित्व गर्ने ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृत्तिको भएको आरोप लगाएको छ ।

बुधवारबाट राजधानीमा शुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले पेश गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसले आर्थिक सामाजिक रुपान्तरण गर्न नसक्ने जिकिर गरिएको छ ।


Advertisement

‘आज नेपाली समाजको राजनीतिक र सामाजिक रुपान्तरणको क्षेत्रमा भूमिका खेल्ने राजनीतिक दलहरुमा हाम्रो गौरवशाली पार्टी नेकपा नै आम देशभक्त/श्रमजीवि नेपाली जनताको आशा र भरोसाको केन्द्र हो’ राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘नेपाली कांग्रेस मूलत: पूँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी भएपनि आफ्नो ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृत्तिका कारण आर्थिक सामाजिक रुपान्तरणको प्रतिनिधित्व गर्न सक्दैन ।’

संविधान कार्यान्वयन र लोकतान्त्रिक प्रक्रियालाई अगाडि बढाउन नेपाली कांग्रेससँग आवश्यकता अनुसार सहकार्य गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।


Advertisement

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्