मेगा बैंकबाट धापासीमा वित्तीय साक्षरता कार्यक्रम

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको धापासीमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । 

बैंकिङ साक्षरता अभियान संचालन गर्ने क्रममा बैंकले माई युथ क्लबसँगको सहकार्यमा काठमाडौंको धापासीमा एक दिनेबित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । 


Advertisement

कार्यक्रममा मेगा बैंककी दायित्व विभाग प्रमुख जेनु थापा, बचत निक्षेप विभागका इन्चार्ज सुजन पोखरेल, मोनिल थापा लगायतले वित्तीय साक्षरतासम्बन्धी कक्षा लिएका थिए । 

स्थानीय व्यवसायी एवं बुद्धिजीविहरूको सहभागिता रहेको कार्यक्रममा मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क, वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरण लगायतका विषयमा जानकारी गराइएको थियो ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्