श्रीपञ्चमीमा ग्राहकलाई सानिमा बैंकको विशेष छूट

सानिमा बैंक लिमिटेडले श्रीपञ्चमी (सरस्वती पूजा) को उपलक्ष्यमा आफ्ना ग्राहकलाई विशेष योजनास्वरूप विभिन्न छूट प्रदान गर्ने भएको छ । 

बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरूलाई लक्षित गर्दै दुईदिनका लागि डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । 


Advertisement

साथै ग्राहकहरूले दुवै सुविधा एकैसाथ उपभोग गर्दा रु १०० को नेपाल टेलिकम वा एनसेलको टपअप पाउनेछन् । यस योजना माघ १६ र माघ १७, २०७६ का लागि लागू गरिएको छ । 

यो योजना विद्यार्थीवर्गलाई मात्र लक्षित हुनेछ र सुविधा लिन आउँदा ग्राहकले विद्यार्थी परिचय पत्र पेश गर्नुपर्नेछ ।


Advertisement

यो योजनाका लागि नाबालकको हकमा भने प्रचलित निर्देशन अनुसार गर्न सकिनेछ ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्