ओली–प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न १५ वटा समूह विभाजन

अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णु पौडेलले पेश गरेको संगठनात्मक र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न नेकपाले १५ वटा समूह बनाएको छ ।

अध्यक्ष र महासचिवले प्रतिवेदन पेश गरेपछि समूहगत छलफलका लागि २९ जना सदस्य रहेको १५ समिति गठन गरिएको हो । 


Advertisement

बिहीवार समूहगत छलफलपछि शुक्रवार दिउँसो १ बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष राख्न निर्देशन दिइएको केन्द्रीय सदस्य चूडामणि जंगलीले लोकान्तरलाई जानकारी दिए । 

अल्फाबेटिक अर्डरका आधारमा समूह गठन गरिएको छ । 


Advertisement

समूहले राष्ट्रिय सभागृह, धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय तथा पेरिसडाँडामा रहेको पार्टी कार्यालयमा छलफल गर्नेछन् ।

समूहको नेता समूहले नै चयन गर्ने छ । बुधवार शुरू नेकपा केन्द्रीय कमिटी बैठक आइतवारसम्म चल्नेछ । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्