नेकपाको सांगठनिक प्रतिवेदन - पूर्व एमाले र माओवादीको धङधङी कायमै [पूर्णपाठसहित]

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अझै पनि पूर्व समूह (एमाले र माओवादी)को धङधङी बाँकी रहेको सांगठानिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बुधवारदेखि राजधानीमा शुरू भएको केन्द्रीय कमिटी बैठकमा महासचिव विष्णु पौडेलले पेश गरेको सांगठानिक प्रतिवेदनमा नेकपाभित्र पूर्वसमूहको सम्झना आइरहने उल्लेख गरिएको हो ।


Advertisement

'यतिबेला हामी एकता प्रक्रिया टुङ्गिएर लोकतान्त्रिक मूल्याङ्कन प्रणालीमा आधारित नहुँदासम्म, एकआपसमा अन्तरघुलन भएर पूर्व समूहको सम्झनाबाट माथि उठ्ने अवस्था नआउँदासम्म आपसी सल्लाह, समझदारी र सहमतिमा अघि बढ्नुपर्ने अवस्थामा छौं,' पौडेलद्वारा प्रस्तुत सांगठानिक प्रतिवेदनमा उल्लख गरिएको छ ।

प्रतिवेदनले एकतालाई जोगाउन, अघि बढाउन र सबल तुल्याउन यस्तो तरिका अवलम्बन गर्नुपर्ने स्थिति रहेको बताएको छ ।


Advertisement

हेर्नुहोस् प्रतिवेदनको पूर्ण पाठ -

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्