चैत २, २०७९
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले निजी अस्पतालहरूलाई स्वास्थ्य बीमाको जिम्मा दिनु नहुने बताएका छन्। बिहीबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले बीमा निजी अस्पताललाई नदि...
मानव मस्तिष्कमा गरिएको एक अध्ययनले ३५ वर्षको उमेरमा दिमाग कग्निटिभ पीकमा पुग्ने अर्थात् सबभन्दा शक्तिशाली हुने निष्कर्ष निकालेको छ ।
अनि लगभग ४५ वर्षको उमेरबाट मस्तिष्कको क्षमता ओरालो लाग्दै जाने पाइएको छ ।
जर्मनीको म्युनिखमा रहेको लुडविग म्याक्सिमिलियन विश्वविद्यालयका अनुसन्धाताहरूले विगत १३० वर्षमा चेसका हजारौं खेलहरूको अध्ययन गरेका थिए । हाम्रो मस्तिष्क उमेरसँगै सुध्रिँदै जाने हो कि भनी हेरिएको थियो ।
उनीहरूले मानव मस्तिष्कको प्रदर्शन २० वर्षसम्म तीव्र गतिमा उकालो लाग्ने, ३५ वर्षको उमेरमा शिखरमा पुग्ने र ४५ वर्षपछि क्रमशः क्षीण हुँदै जाने गरेको पाए ।
अनि हामी मानव प्रजातिका रूपमा दिनदिनै थप बुद्धिमान हुँदै गएको पनि अनुसन्धाताहरूले पाए ।
उवे सुन्दे र सहकर्मीहरूले सन् १८९० देखि २०१४ सम्म खेलिएका २४ हजारभन्दा बढी व्यावसायिक चेस खेलहरूमा १६ लाखभन्दा बढी मुभहरूको विश्लेषण गरेका थिए ।
त्यसक्रममा उनीहरूले कुन उमेरमा मस्तिष्कको प्रदर्शन कस्तो हुन्छ भन्ने कुरा पत्ता लगाए ।
‘यसले एउटै व्यक्ति विभिन्न उमेरमा कस्तो प्रदर्शन गर्छ भन्ने विषयमा लामो समयसम्म तुलनात्मक अध्ययन गर्ने अवसर दियो,’ अनुसन्धान टोलीले जानकारी दियो ।
‘विगत १२५ वर्षमा प्रदर्शनमा सुधार आएको छ, विशेषगरी २० वर्षभन्दा कम उमेर भएका मानिसको हकमा,’ टोलीले लेख्यो ।
सन् १९९० को दशकमा प्रदर्शन ह्वात्तै माथि गएको थियो । त्यतिखेरबाट कम्प्युटरमा चेस व्यापक रूपमा उपलब्ध हुन थाल्यो ।
खेलाडीहरूले आफूलाई यन्त्रसँग भिडाउन थाले । त्यस यन्त्रले सबै मुभहरूको पहिले नै अध्ययन गर्न सक्थ्यो र खेल्दै जाँदा त्यसलाई हराउने क्षमता विकसित हुँदै गयो ।
अनुसन्धान टोलीका वैज्ञानिकहरूका अनुसार, कम्प्युटरमा खेलिने चेस र अन्लाइन खेलका अवसरहरूले खेलाडीहरूलाई चेसको थप ज्ञान हासिल गर्न र जीवनको आरम्भमै त्यसको तयारी गर्न समर्थ बनाएको छ ।
अध्ययनका निष्कर्षहरू प्रोसीडिङ्स अफ द नेसनल एकेडमी अफ सायन्सेजमा प्रकाशित छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले निजी अस्पतालहरूलाई स्वास्थ्य बीमाको जिम्मा दिनु नहुने बताएका छन्। बिहीबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले बीमा निजी अस्पताललाई नदि...
कोरोना भाइरसका सक्रिय संक्रमित फेरि बढ्न थालेका पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्ला केही दिनयता दैनिक सक्रिय संक्रमित बढिरहेका छन् । फागुन २६ गतेदेखि सक्रिय संक्रमित दैन...
लामो समयदेखि रोकिएको कोभिड प्रभावितको राहत रकमसम्बन्धी निर्णय लुम्बिनी प्रदेश सरकारले अगाडि बढाएको छ । लुम्बिनी प्रदेश सरकारले कोभिड पीडित परिवारलाई दिन बाँकी राहत रकम वितरण गर्ने निर्णय गरेको छ । यसअघि न...
काठमाडौं – मौसम परिवर्तनको संघारमा रुघाखोकीको प्रकोप बढ्न गर्दछ । कतिपयले रुघाखोकी बढ्नेवित्तिकै अस्पताल धाउने र अनेक खालका ओषधी प्रयोग गर्ने गरेका छन् तर रुघाखोकी ‘सामान्य र नियमित प्राकृतिक परिवर्...
अंगुर गजबको फलफूल हो । यो मीठो भएपनि यसमा चिनीको मात्रा पटक्कै हुँदैन । अंगुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटेसियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन् । अनेकौं रोगबाट अंगुरले जोगाउ...
२ दिने ‘साफिस इन्टरनेशनल इन्डोक्राइन सम्मेलन’ आजबाट काठमाडौंमा शुरू भएको छ । होटल हायातमा जारी सम्मेलनमा विभिन्न देशका अन्तराष्ट्रियस्तरका विज्ञ सहभागी छन् । साफिस दक्षिण एसिय...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...