कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीको शपथ तय


कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको शपथ तय भएको छ । मुख्यमन्त्री कार्यालयका अनुसार उनीहरुको शपथ आइतबार बिहान हुने भएको हो ।
 
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार एमाले माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषितथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए ।
उनीहरुले मुख्यमन्त्री शाहीको पक्षमा  शुक्रबार विश्वासको मत दिएका थिए । तीनै जनालाई एमाले कर्णाली प्रदेशले भने पार्टीबाट निष्काशन गरिसकेको छ ।

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्