असोज ३०, २०७९
साढे ६ वर्ष दक्षिण कोरियामा काम गरेर फर्किएका बुवा र त्रिभुवन विश्वविद्यालयबाट एमएससी गर्दै गरेका छोरा सँगै म्यादी प्रहरीमा भर्ना भएका छन् । आइतवारबाट शुरू भएको ४० दिने म्यादीको जागिरमा सीतापाइलाका राज...
काठमाडाैं | भदौ १, २०७९
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय खेलाडीको प्रदर्शन उत्कृष्ट बनाउन नेपालमा धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल आयोजना गर्नु आफ्नो प्राथमिकता रहेको बताएका छन् ।
त्यसका लागि खेलकुद सम्बद्ध विभिन्न संघहरूलाई अनुदान शीर्षकमा छुट्टै बजेटको व्यवस्था गरिएको उनले बताए।
'नेपालमा धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय खेलहरू आयोजना गर्न छुट्टै बजेट नै समावेश गरिसकेको छु, जसले गर्दा राष्ट्रिय स्तरका खेलाडीमा उत्कृष्ट खेल प्रदर्शन गर्ने क्षमता बढ्न सक्छ । त्यस्तै खेलको माध्यमबाट नेपालमा पर्यटक पनि भित्रिनेछन् । नेपालमै अन्तर्राष्ट्रिय खेलहरू आयोजना हुँदा खेल गतिविधि र खेल संस्कार बढ्नेछ। आर्थिक गतिविधि पनि बढ्नेछ,' लोकान्तरसँगको अन्तर्वार्तामा सदस्य सचिव घिसिङले भने ।
उनले खेलाडीको प्रदर्शन राम्रो बनाउन ग्रास रुट लेभलदेखि नै विभिन्न खालका टुर्नामेन्ट गर्ने योजना रहेको बताए । यस्तो खालको टुर्नामेन्टले खेलाडीहरूलाई राष्ट्रिय टीमसम्म आइपुग्न मद्दत गर्ने उनको बुझाइ छ ।
उनले विश्वविद्यालयहरूलाई पनि खेलकुदसँग जोड्ने योजना रहेको सुनाए ।
'युनिभर्सिटीबीचका खेलहरूमा व्यवस्थित टुर्नामेन्टको सिरिज बनाउने पनि मेरो कोशिश रहनेछ । त्यसपछि मात्र राष्ट्रिय लेभलको टीम निर्माण गर्न सम्भव हुने मेरो धारणा हो,' उनले थपे ।
राष्ट्रिय खेलाडीहरूलाई ३६५ दिननै प्रशिक्षणको आवश्यकता रहेको उनले बताए ।
हेर्नुहोस्, घिसिङसँगको कुराकानी भिडियोमा :
साढे ६ वर्ष दक्षिण कोरियामा काम गरेर फर्किएका बुवा र त्रिभुवन विश्वविद्यालयबाट एमएससी गर्दै गरेका छोरा सँगै म्यादी प्रहरीमा भर्ना भएका छन् । आइतवारबाट शुरू भएको ४० दिने म्यादीको जागिरमा सीतापाइलाका राज...
काठमाडौंको केन्द्रमा रहेको सुन्धारा, रत्नपार्क, जमल आसपासका क्षेत्रमा हिजोआज एक युवक चुनावी सचेतना जगाउन नयाँ शैलीको अभियानमा भेटिन्छन् । 'भोटको सही सदुपयोग गर्नुहोला धन्यवाद' लेखिएको कागजको टोपी उ...
अर्घाखाँचीको छत्रदेव गाउँपालिका ठूलापोखराका कृष्णप्रसाद पौडेल ६९ वर्षका भए । उनको तौल जम्मा १२ केजी रहेको छ । अर्घाखाँची जिल्लामा उनी शिक्षासेवी र प्रेरक व्यक्तित्वको रूपमा परिचित छन् । विक्रम संवत् २०११ सालमा ...
महेन्द्र सुवेदीले ३० वर्षअघि काठमाडौंमा रोजगारी खोज्ने सिलसिलामा नर्सरी पेशा अँगाले । विक्रम संवत् २०५० सालको कुरा हो । भर्खरै एसएलसी पास गरेर भोजपुरबाट काठमाडौं आएका बेला भिनाजुको भाइमार्फत नर्सरी पेशामा...
थापाथलीस्थित सुकुम्वासी बस्तीमा काठमाडौं महानगरले डोजर चलाउने क्रममा अवरोध भएको छ । महानगरपालिकाले अनधिकृत रूपमा बनाइएका भौतिक संरचना हटाउने अभियानअन्तर्गत सोमवार दिउँसो डोजर चलाउन शुरू गर...
ध्यान भन्नेबित्तिकै आममानिसको बुझाइ छ, यो केही लामो समयको हुन्छ । तर, ललितपुर निवासी डा. विजय बज्राचार्यले मानिसहरूलाई जम्मा ३ मिनेटमा गर्न सकिने ध्यान सिकाउँदै आएका छन् । शान्ति वन अभियान ‘द व...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...