×

X
Nic Asia
Dabur
Khukuri

उद्यम

गाउँले चुलो हाँकेका २ ‘सोल्टी’ : ‘टिपिकल’ नेपाली स्वाद, गज्जबको सत्कार

बुटवल | भदौ ४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

जुम्ला र मुस्ताङको दाल । लसुन, डल्ले खुर्सानी, तामा र गुन्द्रुक (सिन्की) को अचार । आँटो, ढिडो, रोटी, मसिनो र मार्सी चामलको भात । बेथे, तोरी लगायत ‘सिजनेबल’ साग ।

LAxmi BAnk
nabil BANK inside

लोकल खसी र गिरीराज कुखुराको मासु अनि झ्वाइइ भातमा तात्तातो घ्यू । साथमा मही । यी परिकार सहितको नेपाली खान्कीको स्वाद सम्झिँदा धेरै नेपालीको मुख रसाउँछ ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

एउटा खानाको थालीमा १६ प्रकारसम्म परिकार पस्केर बुटवलमा ‘हिट’ भएका छन् २ युवा विपिन श्रेष्ठ र विक्रम गुरूङ । 

रमाइलो संयोगले भेटिएका यी २ साथीभाइले बुटवल मिलन चोकदेखि १५० मिटर पूर्वमा रहेको गाउँले चुलो नामक होटल सञ्चालन गरी ‘टिपिकल’ नेपाली खानाको स्वाद पस्किएर स्थापित मात्र भएका छैनन्, होटलको आतिथ्यतालाई सबैले रूचाएका छन् । 


Advertisment
Saurya island

चुलोमा एक पटक खाना खाएकाहरू फेरि यता आउँदा यहीँ खाना खान आउँछन् । बिहान साढे ९ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ साढे ६ बजेदेखि राति १० बजेसम्म गाउँले चुलोमा आउने पाहुनालाई खाना खुवाउँदा–खुवाउँदै दुवैलाई १ मिनेट पनि फुर्सद हुँदैन ।

चुलोमा प्रायःगाउँमै उत्पादित अग्र्यानिक तरकारी, घ्यू, चामल र अचारको प्रयोग गरिन्छ । यी वस्तुहरूमध्ये केही बुटवलको पैंचो पसलले बिक्री गर्दै आएको छ ।

Vianet communication
IME BANK INNEWS

बिपिन र विक्रम दुवैले एकअर्कालाई सोल्टी भन्छन् । वैदेशिक रोजगारमा जाने योजनामा रहेका २ सोल्टीको यात्रा सफल हुन नसकेपछि गाउँले चुलो उद्यम जन्मिएको हो । त्यसो त बुटवलमा होटलको क्षेत्रमा प्रतिस्पर्धाको लडाइँ नभएको होइन तर सुपथ मूल्यमा २ सोल्टीले चुलोमा ‘हाइजेनिक’ खाना खुवाएपछि सबै लोभिएका छन् । 

गुणस्तरीय नेपाली खाना खुवाएर पाहुनालाई सन्तुष्ट बनाउने दुवैको सपना ५ वर्षमा बुटवलमा मात्र परिचित छैन, काठमाडौंदेखि धनगढीसम्म चर्चित बनेको छ । सिने क्षेत्रदेखि गायन कलाकार विभिन्न कार्यक्रममा देश दौडाहामा निस्किएर बुटवल आइपुग्दा प्रायः व्यक्तिले गाउँले चुलोलाई नै भान्सा बनाउने गरेका छन् । 

बिपिन भन्छन्, ‘पूर्वबाट पश्चिम यात्रामा रहेकाले फोन गरेर खाना खान आउँदैछौ भन्नुहुन्छ । पश्चिमबाट पूर्व जानेहरू पनि खाना खाएर जाने हो खाना होला नि भनेर फोन गर्नुहुन्छ । एक पटक आएर खाना खाएको मान्छेले हाम्रो खानालाई कमैले भुल्छन् होला ।’

बिपिनको ३ पुस्ता गुल्मीको शान्तिपुर बजारमा व्यापार गर्थ्यो । चन्द्रकोट गाउँपालिकाको मुकाम शान्तिपुर गुल्मी र बाग्लुङको व्यापारिक केन्द्र पनि हो । जहाँ उनीहरूको परिवार, फेन्सी किराना लगायत सबै अत्यावश्यक सामग्रीको व्यापार गरेर जमेको थियो । हजुरबुवाको निधनपछि बिपिनका बुवा काशीनाथले किरानाको व्यापार पनि सम्हालिरहेका छन् ।

स्कूल पढ्दा बुवाको व्यापारलाई बिपिनले धेरै वर्ष सघाए । व्यापारको केही अनुभव पनि संगाले । संवत् २०५६ सालमा तत्कालीन एसएलसी उत्तीर्ण गरेपछि बिपिन उच्च शिक्षा अध्ययनको लागि बुटवल झरे, बुटवलमा पनि उनको घर थियो । 

कुनै बेलाका भलिबल खेलका राष्ट्रिय खेलाडी बिपिन बुटवलबाट पढाइका लागि फेरि राजधानी काठमाडौंतर्फ हानिए । विभिन्न कारणले उनले पढाइलाई टुंगोमा पुर्‍याउन सकेनन् । माओवादी द्वन्द्वकालमा घरमा आएर लामो समय बस्न सक्ने अवस्था पनि थिएन । व्यापारका लागि काठमाडौंबाट घरमा आवश्यक सामान ल्याउने केही दिने बस्ने र फेरि बुटवल, काठमाडौं र शान्तिपुर घर गर्ने क्रम केही वर्ष जारी रह्यो ।

वैदेशिक रोजगारमा जान यूकेदेखि अन्य युरोपिन विभिन्न देशका लागि प्रयास गरे उनले तर समय उनी अनूकूल बन्न सकेन । आफ्नो पारिवारिक पुस्ता व्यापारमै जमेकाले बिपिनको मनमा पनि व्यापार नै गर्नुपर्छ भन्ने कुराले घच्घच्याइरहन्थ्यो ।

बुटवल उपमहानगरपालिका–८ सुख्खानगरको घरबाट मिलन चोकसम्म बिहान–साँझ घुम्न निस्किँदा यहीँ क्षेत्रमा केही गरौ भनेर प्रत्येक दिन उनले वरपरका घरहरू हेर्थे, यस्तै सोच लामो समयसम्म चलिरह्यो । एक दिन बिपिन घरबाट डुल्दै मिलन चोकतिर निस्केका थिए । बाटोमा भेटिए साथी विक्रम । वैदेशिक रोजगार यात्रा र अन्य केही ठेक्कापट्टाको कामले पनि विक्रमलाई साथ दिएको थिएन । कामबाट सफल हुन नसकेका विक्रमलाई पनि देशमै केही गरौ भन्ने मनमा थियो । २ सोल्टीको चिनजान चाहिँ १५ वर्ष अगाडिदेखि नै थियो ।

पर्वतको बाच्छादेउराली घर भएका विक्रमको परिवार पनि अहिले बुटवलमै बस्दै आएको छ । बिपिनले प्रस्ताव गरे – होटल रेस्टुरेन्टको क्षेत्रमा केही गरौं न २ सोल्टी मिलेर । त्यसमा विक्रमले तत्काल स्वीकृति दिए – हुन्छ गरौं गरौं । 

दुवै मिलेर अहिले गाउँले चुलो रहेको ‘डी ग्रील’ रेस्टुरेन्टलाई बिपिन र विक्रमले ६/६ लाख रुपैयाँ लगानी गरेर १२ लाखमा किने । पुरानो घरलाई धेरै ‘मेन्टिनेन्स’ गर्नुपर्ने थियो । गाउँको झल्को दिन गरेर सजावटको काममा दुवै सोल्टी कस्सिए । होटल सञ्चालनको तयारीमा ल्याउने अवस्थासम्म पुर्‍याउँदा झण्डै ६० लाख रूपैयाँभन्दा माथि लगानी पुग्यो । त्यसपछि विक्रम संवत् २०७४ फागुनबाट सञ्चालनमा आयो सबैको खाना रोजाइँमा परेको गाउँले चुलो । 

‘गाउँले चुलो नामै काफी छ,’ विक्रम भन्छन्, ‘नेपाली स्वादको खानपानसँगै नेपालीपन छ । बुटवलको भीडभाडभित्र हाम्रो रेस्टुरेन्ट फरक छ, जहाँ विशुद्ध नेपालीपनको आभास मिल्छ, जुन मिलन चोकमा छ ।’

विक्रम हास्दै थप्छन्, ‘हाम्रो खाना राम्रो भएपछि, एक कान दुई कान हुँदै मैदान भयो । पाहुना हाम्रा भगवान् हुँदा हाम्रोमा ठूलो मान्छेदेखि सामान्य श्रमिकसम्मलाई सत्कार समान छ ।’ उनीहरूलाई धेरैले रेस्टुरेन्ट चलाउन पनि सुझाव नदिएका होइनन् तर २ सोल्टीहरूले स्पेसल खाना खुवाउने सोच बनाए । बिपिन भन्छन्, ‘ओपनिङ’कै दिन ५० जना पाहुना आउनुभयो । त्यसले नै हामीलाई हौसला दियो ।’

व्यवसाय शुरू गरेदेखि बिपिन र विक्रमको अहिलेसम्म कुनै मनमुटाव भएको छैन । दुवै जना भान्सादेखि सरसफाइ हुँदै पाहुनालाई खाना ‘सर्भिस’ गर्नेसम्मका काममा खटिन्छन् । विक्रम भन्छन्, ‘काम आफैं नगरेर कामदार मात्र राखेर सबै आफ्नो ब्राण्ड टिकाइराख्न सकिँदैन, आफैं खट्नुपर्छ । साहु हुँ भनेर खुट्टा खप्टाएर बसेर होटल चल्दैनन् ।’

चुलोमा जतिसुकै भीडभाड भए पनि खानाको गुणस्तरण र सरसफाइमा कुनै कमी हुँदैन । उनीहरूले अहिलेसम्म एउटै ‘कूक’बाट खाना बनाएर खुवाएका छन् । ‘रेस्टुरेन्टमा खाना खान अहिले नेपालका धेरै कलाकार पुगेका छन् । हाम्रोमा नेपाली धेरै ‘सिंगर’, ‘आर्टिस्ट’ र नेताहरू आउनुभएको छ,’ विक्रमले भने । 

‘हाम्रो जिल्लाका एमालेका युवा नेता गोकर्ण विष्ट यता आउँदा यहीँ आई ढिडो खाएर जानुहुन्छ । त्यस्तै माओवादी नेत्री तथा मन्त्री पम्फा भुसाल पनि यता आउँदा हाम्रोमै खाना खान आउनुहुन्छ । त्यस्तै प्रदेशका मन्त्रीहरू त भन्ने परेन । आर्मीका क्याप्टेन, र्‍यापर भिटेनदेखि अहिलेका चर्चित हिरोइन स्वस्तिमा खड्का, प्रदीप खड्का, आकाश श्रेष्ठदेखि पूजा शर्मा पनि आइरहनुहुन्छ,’ बिपिनले थपे ।

गाउँले चुलोमा मसलाको रूपमा आफैंले पिसेको जिरा र धनिया मात्र प्रयोग गरिन्छ। बाहिर अन्य कुनै ‘प्याकिङ’ मसला प्रयोग गरिँदैन । छोटो समयमा ग्राहकको रोजाइँले गाउँले चुलोको शाखा सोल्टीले विस्तार गरिसकेको छ । भैरहवा भाटभटेनी सुपर मार्केट नजिकै गाउँले चुलोको शाखा सञ्चालनमा आइसकेको छ । खाना खान आउँदा सोल्टीहरूलाई सफलताले निकै पछ्याएको छ भनेर भन्ने धेरै भटिन्छन् । 

बिपिन भन्छन्, ‘होटल व्यवसाय दुखिया पेशा हो । नेपालमा कुनै पनि ‘सिस्टम’ छैन । होटलमा चाहेर पनि निश्चित समय हुँदैन । जस्तो मान्छेलाई पनि ‘फेस’ गर्नुपर्छ । यो पेशाका लागि धैयता चाहिने रहेछ । होटलमा टिक्न सकेको मान्छेले पछि जे काम पनि गर्न सक्छ जस्तो मेरो अहिलेको बुझाइ भएको छ ।’ 

खाना पनि उनीहरूले सस्तो मूल्यमा खुवाउँछन् । प्रतिथाल शाकाहारी (भेज) खाना २०० र मांशाहारी (मटन) खाना ३०० रुपैयाँ छ । बिपिन भन्छन्, ‘यही ‘लेबल’को खाना काठमाडौं पोखरा गएर सोध्नुहोस् ४००–५०० घटीमा कसैले पनि खुवाउँदैनन् । हाम्रो खाना धेरै सस्तो छ ।’

पछिल्लो समय मानिस हप्ताको १ दिन भए पनि बाहिर जाने, खाने, रमाउने बढेका छन्, जसको फाइदा पनि चुलोलाई भएको छ । 

गाउँले चुलो सञ्चालनमा आएपछि बुटवलमा त्यस्तै नामका खस्याली चुलो, आमाको भान्छाघर, कौशी चुलो लगायत धेरै खुलेका छन् तर गाउँले चुलोलाई कहिल्यै पनि पाहुनाको कमी छैन । चुलोमा अहिले १४ जना कामदार छन् । होटलका लागि ‘मेन कूक’ पाउन ठूलो समस्या रहेको बिपिन बताउँछन् । लोक परिकारहरूलाई जोगाउने प्रयास थाल्न जरूरी भइसकेको विक्रम पनि देख्छन् । विदेशी खानाले नेपाली परिकारलाई विस्थापित गर्न थालेकोमा सोल्टीहरू चिन्तित छन् । 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
कात्तिक २६, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारले यसपटक पनि  मतदातासमक्ष मत माग्ने क्रममा कानून बनाउने मूल जिम्मेवारीभन्दा विकास निर्माणकै एजेण्डा प्रस्तुत गरेको पाइएको छ । प्रतिन...

कात्तिक ११, २०७९

२०६४ सालको संविधानसभा निर्वाचनमा रौतहट र काठमाडौं दुवै ठाउँबाट पराजित भएपछि माधव नेपालले नेकपा एमालेको महासचिवबाट राजीनामा दिए ।  पार्टी पराजयको जिम्मा लिँदै महासचिवबाट राजीनामा दिएसँगै उनको र...

कात्तिक ११, २०७९

कास्कीको पोखरा महानगरपालिका–३२ पृथ्वी राजमार्गमा पर्ने तल्लो गगनगौडाबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–१ को सेराबेंसी अहिले भने सवारीसाधनबाट ५/७ मिनेटमा पुग्न सकिन्छ ।  गगनगौंडाबाट सेराब...

मंसिर १६, २०७९

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ३१ वर्षीय सागर क्षेत्रीले ८ वर्ष अगाडि स्नातक अध्ययन गर्दैगर्दा स्वदेशमै रोजगारी खोजे तर केही पाएनन् । आफ्नै काम गर्न उनीसँग लगानी पनि थिएन । त्यसपछि निराश बन्द...

कात्तिक ११, २०७९

कैलालीको टीकापुर नगरपालिका–२ का वीरबहादुर चौधरी तिहारका दिन निकै हतारमा थिए । हतारमा घरबाट निस्केका उनले टीकापुर र बर्दिया जोड्ने कर्णाली नदीको सन्कट्टीमा १ घण्टा कुर्नुपर्‍यो । डुङ्गा (स्टिमर) क...

कात्तिक १९, २०७९

विराटनगरलाई औद्योगिक शहरका रूपमा चिनिन्छ । औद्योगिक शहरमा पछिल्लो समय १ युवा अर्ग्यानिक खानामा जोड दिइरहेका छन् । २२ वर्षीय अबिशेक गौतमले घरका भान्सा अर्ग्यानिक बनाउने प्रयास शुरू गरेका छन् ।  तरकारी...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x