भदौ २९, २०७८
ललितपुरको सातदोबाटो–गोदावरी रुटमा पर्ने ठैबभन्दा अलि माथि पर्ने गोदामचौरका स्थानीय वासिन्दा हुन् राम कार्की । उनलाई दैनिकजसो घरदेखि लगनखेलसम्म ओहोरदोहोर गरिरहनुपर्छ । पहिला आफ्नै गाडीमा २० मिन...
काठमाडाैं | भदौ २३, २०७९
केही दिनदेखि देशभर डेंगु महामारीकैरूपमा फैलिइरहेको छ । लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगबाट हजारौ व्यक्ति प्रभावित भएका छन् ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा प्यासेजमा समेत बेड राखेर विरामीको उपचार गर्नुपर्ने अवस्था आएको अस्पतालले बताएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका मेडिकल अधिकृत डा. श्रवणकुमार मण्डलका अनुसार भदौ १ गते यता अस्पतालमा डेंगुका बिरामीको चाप बढेको छ । काठमाडौं उपत्यकाका अन्य अस्पतालमा पनि डेंगुका बिरामी दिनदिनै बढिरहेका छन् ।
डा. मण्डलकाअनुसार, कालो सेतो छिर्के लामखुट्टेले टोकेको अवस्थामा डेंगु रोग लाग्छ । रङको हिसाबले पाटेबाघ जस्तो देखिने भएकोले यी लामखुट्टेलाई ‘टाइगर मस्क्वीटो’को नाम पनि दिइएको छ ।
उनकाअनुसार, यस्ता लामखुट्टे बिहान घाम उदाएको दुई घण्टासम्म र साँझ घाम अस्ताउनुभन्दा दुई घण्टा अगाडिसम्म बढी सक्रिय हुने गर्छन् । तर, यी लामखुट्टेले दिउँसोको समयमा नटोक्ने भन्ने होइन । त्यसबेला लामखुट्टेको टोकाइबाट बच्न विशेष सतर्कता अपनाउनुपर्ने मण्डलले बताए ।
डा. मण्डलका अनुसार डेंगु तीन प्रकारका हुन्छन् । लामखुट्टेले टोकेपछि डेंगु फिभर डेंगु सक–सिण्ड्रोम, डेंगु हेमुरोजिक फिभरजस्ता रोग लाग्छन् ।
तीन प्रकारका डेंगु र तिनका विशेषता
डेंगु फिभर– यो भाइरल ज्वरोजस्तो हो । जसमा उच्च ज्वरो आउँछ । टाउँको दुख्छ । शरीर दुख्छ । खान मन नलाग्ने हुन्छ र शरीर कमजोर हुँदै जान्छ । कसैलाई वान्ता पनि हुन्छ ।
डेंगु सक–सिन्ड्रोम– शरीर कमजोर हुँदै जाने र शरीरका रक्त सञ्चार पनि कम हुँदै जाने हुन्छ । त्यसपछि बिरामी बेहोस पनि हुन्छ । बिरामी ‘सक’ भएर बेहोस हुने भएकाले यसलाई डेंगु सक–सिन्ड्रोम पनि भनिएको हो ।
डेंगु हेमुरोजिक फिभर– विरामी डेंगु हेमुरोजिक फिभरको अवस्थामा पुग्दा शरीरमा प्लेटलेट्स (सेता रक्त कोष)को मात्रै एकदमै कम हुन्छ । मानिसको शरीरमा १ लाख ५० हजारदेखि ४ लाखसम्म प्लेटलेट्सको मात्रा हुनुपर्छ । १ लाख ५० हजारभन्दा धेरै कम मात्रामा प्लेटलेट्सको संख्या हुनु बिरामी डेंगु हेमुरोजिक फिभरको अवस्थामा पुग्नु हो । यस्तो अवस्थामा बिरामीको शरीरबाट रक्तश्राव हुने अवस्था हुन्छ । धेरै रक्तश्राव भएको अवस्थामा बिरामीको ज्यानै जानसक्ने सम्भावना पनि हुन्छ ।
डा. मण्डल कसैलाई डेंगु भएको अवस्थामा नआत्तिई प्राथमिक उपचार गर्ने र केही गम्भीर अवस्था भएमा नजिकैको अस्पताल गएर स्वास्थ्यकर्मीको सल्लाहमा उपचार गर्नुपर्ने बताउँछन् ।
डेंगुबाट बच्ने उपाय
डेंगु रोगबाट बच्नका लागि घर तथा कार्यालय वरपर भएका पानी जम्ने खाल्डाखुल्डी पुर्ने, झाडीहरू हटाउने, पूरा बाहुला भएका कपडा लगाउने र धेरै समय घर बाहिर नबस्ने, राति झुल लगाएर मात्रै सुत्ने गर्नुपर्ने डा. मण्डल बताउँछन् ।
ललितपुरको सातदोबाटो–गोदावरी रुटमा पर्ने ठैबभन्दा अलि माथि पर्ने गोदामचौरका स्थानीय वासिन्दा हुन् राम कार्की । उनलाई दैनिकजसो घरदेखि लगनखेलसम्म ओहोरदोहोर गरिरहनुपर्छ । पहिला आफ्नै गाडीमा २० मिन...
चीनको छिङ्गहाई प्रान्तस्थित हो सिलमा रहेको विश्व सम्पदा क्षेत्र [भिडियो] https://www.facebook.com/lokaantar/videos/363534432107954
राज्यबाट जनताले सेवासुविधा लिँदा अनेक सास्ती भोग्नुपर्छ तर गुर्जुधारास्थित यातायात कार्यालयमा जनताले कर तिर्नै लाग्दा पनि अत्याचार खेप्नुपर्छ । कर तिर्नैपर्ने भएकाले अत्याचार खेप्दाखेप्दै पनि दैनिकजसो सयौं मोटरस...
व्यस्त सडकमा पुगेर केहीबेर उभिनुभयो भने साइरन बजाउँदै कैयन एम्बुलेन्स हुइँकिएका भेटिन्छन् । यसरी हुइँकिने एम्बुलेन्सभित्र कोही न कोही बिरामी वा घाइते व्यक्ति त हुन्छ नै । कतिपय त मृत्युसँग नै लडिरहेका हुन्छन् ...
कोरोनाभाइरस (कोभिड- १९) को तेस्रो भेरियन्ट नेपालमा निकै तीव्र गतिमा फैलिएको छ । सरकारले भीडभाड गर्न रोक लगाएको छ भने यातायात पनि जोरबिजोरका आधारमा मात्र सञ्चालन गर्न निर्देशन दिइसकेको छ । पछिल्ल...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...