×

X
Nic Asia
Khukuri

महारानी एलिजाबेथ पैगम्बर मोहम्मदकी वंशज हुन् ?

काठमाडाैं | भदौ २६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

सन् १९८६ मा बेलायतका तत्कालीन प्रधानमन्त्री मार्गरेट थ्याचरलाई महारानी एलिजाबेथ द्वितीयाको सुरक्षा बढाउनुपर्ने भन्दै एउटा पत्र पठाइएको थियो । 

LAxmi BAnk
nabil BANK inside

पत्रमा लेखिएको थियो, ‘महारानीको नसामा पैगम्बर मोहम्मदको रगत छ भन्ने कुरा थोरै मात्र बेलायतीलाई थाहा छ । तर सबै मुस्लिम धार्मिक नेताहरूलाई यस तथ्यमा गर्व छ ।’


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

पत्रमा थप लेखिएको थियो, ‘शाही परिवार पैगम्बर मोहम्मदको वंशज भएबाटै मुसलमान आतंकवादीहरूबाट सुरक्षित हुन्छ भन्ने कुरामा विश्वास गर्न सकिन्न ।’

शाही वंशको अध्ययन गर्ने संस्था बर्क्स पीयरेजका प्रकाशकीय निर्देशक ह्यारोल्ड ब्रूक्स–बेकरले यो पत्र लेखेका थिए । महारानी एलिजाबेथका विषयमा उनले गरेको दाबीले त्यतिखेर हंगामा मच्चिएको थियो । 


Advertisment
Saurya island

अहिले महारानीको मृत्युपछि यो दाबी पुनः चर्चामा छ । 

ब्रूक्स–बेकरका अनुसार, ४३ पुस्तादेखिको अध्ययनमा महारानी एलिजाबेथ पैगम्बर मोहम्मदको वंशज भएको कुरा थाहा पाइन्छ । 

Vianet communication
IME BANK INNEWS

यससम्बन्धी समाचार पहिलोपटक सन् १९८६ मा युनाइटेड प्रेस इन्टरनेसनलले छापेको थियो । 

एलिजाबेथको रक्तसम्बन्ध १४औं शताब्दीका अर्ल अफ क्याम्ब्रिजसँग जोडिन पुग्छ । ती अर्लले मध्यकालीन स्पेनको मुसलमान साम्राज्यसँग सम्बन्ध जोडेका थिए । त्यो साम्राज्य पैगम्बरकी छोरी फातिमासँग जोडिन्छ । 

मोरक्ककोको पत्रिका अल–उस्बुएले वंशावलीको चार्टमार्फत महारानी एलिजाबेथ द्वितीयाको सम्बन्ध पैगम्बर मोहम्मदसँग जोडेको छ । 

फातिमा पैगम्बर मोहम्मदकी छोरी थिइन् र उनका वंशज अल–कासिम स्पेनका राजा थिए । अल–कासिमको वंशमा जन्मेकी छोरी जायदा र उनका छोरा सान्चोका वंशजसँग नै महारानीको कनेक्सन छ । 

अब्बासिद राजवंशका तेस्रा राजा थिए अल मुतामिद इब्न अब्बाद । उनकी छोरी थिइन् जायदा । उनीहरूक सेविलेमा राज गर्थे । 

सेविलेमा अल्मोराविदहरूले आक्रमण गरे । अल्मोराविद बर्बर मुसलमान राजवंश थियो । त्यो मोरक्को वरपरको क्षेत्रमा केन्द्रित थियो । 

आक्रमणबाट बच्नका लागि सेविलेकी राजकुमारी जायदाले स्पेनका राजा अल्फोन्सको छैटौंकोमा शरण लिए । अल्फोन्सको क्यासिले र ग्यालिसिया क्षेत्रका राजा थिए । 

अल्फोन्सोले जायदालाई अपनाए अनि विवाह गरे । जायदा धर्मपरिवर्तन गरी मुसलमान बनिन् । उनले नाम पनि बदलेर इसाबेल राखिन् । 

अल्फोन्सो र जायदाको छोराको नाम सान्चो अल्फोन्सोज राखियो । 

सान्चोका एक वंशजले पछि गएर अर्ल अफ क्याम्ब्रिज रिचर्ड कानिसब्रासँग विवाह गरिन् । अर्ल इंग्ल्यान्डका राजा एडवर्ड तृतीयका नाति थिए । 

रिचर्ड कानिसब्राका वंशजहरूको सम्बन्ध इंग्ल्यान्डका राजा एडवर्ड चौथोसँग जोडियो । 

पछि स्कटल्यान्डका राजा जेम्स पाँचौंसँग यो रक्तसम्बन्ध जोडियो । उनको वंशज क्वीन मेरीसम्म यो आइपुग्यो । 

अनि यो सम्बन्ध मेरीका छोरा जेम्स छैटौंसँग आइपुग्यो । उनी पछि इंग्ल्यान्डका राजा भए । 

११ पुस्तापछि यो सम्बन्ध अघि बढेर राजा जर्ज छैटौंसम्म आइपुग्यो । 

जर्ज छैटौंकी छोरी महारानी एलिजाबेथ हुन् । उनी सन् १०२६ मा जन्मेर सन् १९५२ मा बेलायतकी महारानी बनिन् । 

तर यो दाबीको महत्त्वपूर्ण कडीका रूपमा रहेकी जायदाको पहिचानका विषयमा विवाद छ । इतिहासकारहरूले उनी पैगम्बर मोहम्मदको वंशज हुन् कि हैनन् भन्ने नै स्पष्ट नभएको बताएका छन् । 

बर्क्स पीयरेज संस्था आफैंले एलिजाबेथ द्विीया पैग्म्बर मोहम्मदको वंशज भएको दाबीको मूल स्रोत आफू नभएको बताएको छ । 

पीयरेजका अनुसार, यसको मूल स्रोत सर इयन मोनक्रिफ थिए । उनले यो तथ्य सन् १९८२ मा प्रकाशित पुस्तक रोयल हाइनेस ः एनसेस्ट्री अफ द रोयल चाइल्डमा समावेश गरेका थिए । 

अन्य इतिहासकारहरूले एलिजाबेथको रक्तसम्बन्धका विषयमा गरिएको दाबी पत्याउन नसकिने बताएका छन् । 
 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १२, २०७९

हालसम्म ९ महिलासँग विवाह गरिसकेका एक मोडलले नयाँ पत्नीको खोजी थालेका छन् । ब्राजिलका मोडल अर्थर ओ उर्साे नयाँ पत्नीको खोजीका कारण चर्चामा आएका छन् । एकै महिलासँग मात्रै विवाह गर्नुपर्ने प्रावधानविपरीत धेर...

मंसिर १३, २०७९

अमेरिकाको मिनेसोटामा रहेको एक तालमा बरफको ठूलो टुक्रा अलग्गिएपछि १०० भन्दा बढी मानिस त्यसमा अड्केका छन् ।  अड्केका मानिसलाई सोमवार बिहान उद्धार गरिएको छ ।  अप्पर रेड लेकमा माछा मार्न गएका मान...

मंसिर १३, २०७९

आजको समयमा जहाँ धेरै मानिसहरू स्वास्थ्य सचेत भई फास्टफुड छाड्न थालेका छन् । अर्कोतिर ठूलो जनसंख्या अझै पनि फास्टफुडको लतमा फसेको छ र सडक छेउको खानेकुरा खुब फुर्सदका साथ खाने गरेको छ । यस्तो अवस्थामा सडक खाना ब...

मंसिर १३, २०७९

इजिप्टका पिरामिडहरूमा राखिएका मम्मीका कतिपय रहस्य अहिलेसम्म पनि खुलेको छैन ।  कैयौं प्राचीन मम्मीहरूमा सुनको जिभ्रो भेटिएपछि पुरातत्त्वविद्हरू आश्चर्यमा परेका छन् । जिभ्रो हुनुपर्ने ठाउँमा सुनको पात भेटिए...

मंसिर १३, २०७९

अमेरिकाको क्यालिफोर्नियामा रहेको मालिबुको सडकमा भएको एक खतरनाक दुर्घटनाको भिडियो सार्वजनिक भएको छ ।  भिडियोमा एउटा पिकअप ट्रकलाई कालो एसयूभीले ठक्कर दिएपछि ट्रक उडेर मोटरसाइकलमा आइपुगेको देखिन्छ ।&...

मंसिर ११, २०७९

भारतको मेरठमा एक विद्यालयका छात्रहरूले एक शिक्षिकालाई आई लव यू भनेपछि शिक्षिकाले प्रहरीसमक्ष उजुरी दर्ता गरेकी छन् ।  आफूलाई विद्यार्थीहरूले जिस्क्याएको र ज्यान मार्ने धम्की दिएको भन्दै उनले जाहेरी दिएकी ह...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x