×

X
Nic Asia
Marvel

गत आर्थिकवर्षसम्म १३ हजार सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माण

काठमाडाैं | असोज ४, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ सम्ममा १३ हजार विद्यालयको भौतिक पूर्वाधार निर्माण भएको बताएको छ । मंगलवार पत्रकार सम्मेलनमार्फत ‘शिक्षाको सोचपत्र २०७९’ सार्वजनिक गर्दै मन्त्रालयले १३ हजारभन्दा बढी सामुदायिक विद्यालयमा भौतिक पूर्वाधारको निर्माण भएको बताएको हो ।

DHARA
LAxmi BAnk

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले करिव २७ हजार सामुदायिक विद्यालयमध्ये १३ हजार विद्यालयको भौतिक पूर्वाधार निर्माण भएको जानकारी दिए  । उनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, पुनर्निर्माण प्राधिकरण, स्थानीय र प्रदेश सरकार, भारतीय दुतावास र विभिन्न दातृ निकायहरुबाट गरी विद्यालयको पूर्वाधार निर्माण भएको स्पष्ट पारे । उनले बाँकी विद्यालयहरूको पूर्वाधार निर्माण ३ वर्ष भित्रमा गरिसक्ने लक्ष्य लिइएको बताए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

मन्त्री पौडेलले बाँकी रहेका विद्यालयहरुमा के–के पूर्वाधारहरुको आवश्यक रहेको छ भन्नका लागि नक्सांकन शुरू गरिएको बताए ।

मन्त्री पौडेलले विद्यालय शिक्षा सम्बन्धी विधेयक, उच्च शिक्षा सम्बन्धी विधेयक, प्राविधिक तथा व्यावसायिक शिक्षा सम्बन्धी विधेयक, राष्ट्रिय योग्यता प्रारुप सम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा सम्बन्धी विधेयकहरुको मस्यौदा तयार भई सहमतिका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाइएको पनि जानकारी दिए । त्यस्तै शिक्षक सेवा आयोग नियमावलीको ११औँ संशोधनलगायतका अन्य नीतिगत तथा कानूनी सुधारका काम पनि भएको मन्त्रालयले जनाएको छ ।


Advertisment
Bizbazar
Saurya island

मन्त्रालयले शिक्षक बढुवा र खुला पदपूर्तिको विज्ञापन गरी परीक्षा सञ्चालन भएको तथा बढुवाको नतिजा प्रकाशन भई सिफारिससमेत भइसकेको जनाएको छ । त्यसैगरी पढ्दै कमाउँदै कार्यक्रम १४० विद्यालयमा सञ्चालनमा आएको बताएको छ । मन्त्रालयले ७७ वटै जिल्लाका कक्षा ५ सम्मका कुल ३२ लाख ४० हजार ६८८ जना बालबालिकाहरूलाई दिवा खाजा उपलब्ध गराउने व्यवस्था मिलाएको पनि उल्लेख गरेको छ । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ३, २०७९

शिक्षाविद्हरूले शिक्षाले राष्ट्रियता र उत्पादनलाई जोड्न नसके मुलुकको समग्र शिक्षा प्रणाली नै विफल हुने बताएका छन् । सोमवार राष्ट्रिय परीक्षा बोर्डले आयोजना गरेको विद्यालय तहको परीक्षाको नतिजा–वर्तमान अवस्था र भ...

असोज १, २०७९

म्याग्दीका २१ विद्यालय चालु आर्थिक वर्ष २०७९/८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट भएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७९ भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट देशभर कार्यक्रम सञ्चालन हुने विद्याल...

असोज ६, २०७९

हिमाली जिल्ला मनाङका अधिकांश विद्यालय बाल विकास कक्षाका भरमा मात्र अडिएका छन् । विद्यालय भए पनि विद्यार्थी न्यून छन् ।  अभिभावकले बालबालिकालाई अन्यत्र सार्ने प्रवृत्तिले यहाँ विद्यार्थी बाल विकासबाहेकका विद्...

असोज ३, २०७९

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न आलोचनाभन्दा सामूहिक प्रयत्न आवश्यक रहेको बताएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आयोजना गरेको ‘विद्यालय तह परीक्षाको नतिजा–वर्तमान...

असोज २, २०७९

भक्तपुर नगरपालिकाले एक सय २० जना विद्यार्थीलाई करिब रु ६१ लाख बराबरको छात्रवृत्ति उपलब्ध गराएको छ । उपप्रमुख रजनी जोशीले छनोट भएका विद्यार्थीलाई छात्रवृत्ति उलब्ध गराएको बताइन् । यस वर्ष भक्तपुर नगरपालिकाले व्य...

असोज ४, २०७९

शिक्षक सेवा आयोग, लुम्बिनी प्रदेशले विभिन्न जिल्लामा अध्यापन गराइरहेका शिक्षकहरूको बढुवा गरेको छ । आयोगले कार्यसम्पादन मूल्याङ्कनको आधारमा शिक्षकहरूको बढुवा गरिएको मंगलवार एक सूचना जारी गर्दै जानकारी दिएको छ...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x