×

X
Nic Asia
Marvel
Khukuri

बिक्रीमा राखिएका अखाद्य वस्तु नष्ट

भक्तपुर | असोज ४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
फाइल तस्वीर
British college
TVS INSIDE

दशैं नजिकिएसँगै सूर्यविनायक नगरपालिकाले मंगलवारदेखि नगर क्षेत्रभित्रका खाद्य पसल, फलफूल पसल, मासु, किराना पसलको अनुगमन अभियान सञ्चालन गरेको छ । 

DHARA
LAxmi BAnk

नगरपालिकाकी उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाको नेतृत्वमा मंगलवारदेखि शुरु भएको बजार अनुगमनको पहिलो दिन करिब रु १६ हजार तीन सय ३२ बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरेको छ । अनुगमनमा सूर्यविनायक–८ को सबल भक्तपुर प्रालिबाट म्याद नाघेको नौ हजार आठ सय ६५ मूल्य बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरेको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

अनुगमन टोलीले सूनपा–६ स्थित सूर्यविनायक मिनी मार्टमा रु पाँच हजार चार सय ९५ बराबरको अखाद्य सामान बरामद गरी नष्ट गरेको, सूनपा–८ स्थित ब्रदर्श फ्रुड एण्ड जुस सेन्टर, सूनपा–८ कै जय मिट सप, सूनपा–६ को अर्पण मिट सप, सूनपा–कै बिजु न्हुच्छे फ्रुट एण्ड जुसमा अनुगमन गरेको छ । 

उपप्रमुख भट्टराईले चाडबाड नजिकिएसँगै बजारमा अनावश्यकरुपमा महँगी वृद्धि गर्ने, एउटै सामानको पसलैपिच्छे मूल्य वृद्धि गरी उपभोक्तालाई मार पार्ने, म्याद गुज्रेका अखाद्य वस्तु बिक्री गर्ने, मूल्य सूची नराख्ने, ढक तराजुमै ठगी गर्ने अवस्था रोक्न बजार अनुगमन शुरु गरेको बताइन् । 


Advertisment
Bizbazar
Saurya island

अनुगमनको क्रममा अधिकांश पसलमा फर्म दर्ता, नवीकरण एवं सूचीकरण नगरेको, मूल्यसूची नराखेको, किराना पसलमै मदिरा बिक्री गरिरहेको, म्याद नाघेको खाद्य सामानलाई छुट्टै नराखी बिक्री कक्षमै राखेका, पाइएको, अनुमति नलिई ढक तराजुको प्रयोग गरेको, मासु पसल फोहोर रहेको, फ्रिज अत्यन्तै फोहोर रहेको, प्याकेजिङ गरिएका सामानमा उत्पादन र उपभोग्य मिति नराखेको, तत्काल नियम सङ्गत व्यवस्था गर्न निर्देशन दिएको सनपा अनुगमन समितिका सदस्य सचिव सुरज पौडेलले जानकारी दिए । रासस
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १२, २०७९

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले विजया दशमीको पहिलो दिन अर्थात घटस्थापनाको पावन अवसरमा थप ३ शोरुमको उद्घाटन गरेको छ । लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दीपेन्द्रकुमार अधिकारीको प्रम...

असोज १२, २०७९

कोभिड–१९ को महामारीका कारण स्थगित भएको हङकङको राष्ट्रिय ध्वजावाहक क्याथे प्यासेफिकले हङकङ–काठमाडौं पुनः उडान शुरु गर्ने भएको छ । कोरोना महामारीका कारण स्थगित भएको क्याथे प्यासेफिकको हङकङ–का...

असोज १२, २०७९

बेलहिया नाका पारि भारतीय बजार सुनौलीबाट बुटवल–११ प्रगतिनगरकी उजेली थापाले मंगलवार २ वटा ठूला झोला गाडीमा राखेर सामान ल्याइन् । उनको झोलामा ५ किलो चिनी, चिया, साबुन, दशैंका लागि लत्ताकपडा (कुर्ती, ...

असोज १२, २०७९

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको क्यूआरमार्फत भाटभटेनी सुपर मार्केटमा भुक्तानी गर्दा अनलिमिटेड सपिङ गर्न सकिने भएको छ । फोनपे, भाटभटेनी र प्रभु बैंकको सहकार्यमा अनलिमिटिड सपिङ गर्न सकिने योजना सञ्...

असोज १२, २०७९

दशैं नजिकिएसँगै बजारमा मासु पसललाई कानूनी दायरामा ल्याउने उद्देश्यले भक्तपुर नगरपालिकाले बुधवार कमलविनायक क्षेत्रका मासु पसलको अनुगमन गरेको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएक...

असोज १२, २०७९

सिभिल मलले दशैं तिहारको अवसर पारेर आफ्ना ग्राहकलाई विशेष उपहार योजना ल्याएको छ । दशैंतिहारमा सपिङ गर्ने उपभोक्ताले टिभिएस एन्टर्क आरटिएफआइ स्कुटर, डिएचआइ ब्रान्डका  इलेक्ट्रोनिक आइटम, जाम्न डटकमको तर्फबा...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x