×

X
Nic Asia
Marvel

सिजी इलेक्ट्रोनिक्सद्वारा नेपालमा एलजी टिभीको एसेम्बली प्लान्ट सुरु

काठमाडाैं | असोज ५, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

सीजी इलेक्ट्रोनिक्स (चौधरी ग्रुप)  ले काठमाडौंको सतुङ्गलमा एलजीको टिभी एसेम्बली प्लान्ट सुरु गरेको छ । एलजी इलेक्ट्रोनिक्स, सिंगापुरका प्रबन्ध निर्देशक सुन्धो चुनले प्लान्टको  उद्घाटन गरेका हुन् ।  नेपालमा एसेम्बल गरिएका उत्पादनहरूको गुणस्तर एलजीको मापदण्डअनुसार कायम राख्नका लागि एलजी ईलेक्ट्रोनिक्स इंकका प्राविधिक विशेषज्ञहरूको टोलीले नेपाली ईन्जिनियरिङ टोलीलाई निरन्तर पर्यवेक्षण र सहयोग गर्दै आईरहेको छ ।

DHARA
LAxmi BAnk

आफ्नो भ्रमणबाट उत्साहित हुँदै चुनले भने, 'विश्वभर गुणस्तरीय उत्पादन र सेवाका लागि प्रसिद्ध एलजीका उत्पादनहरू नेपालमा पनि व्यापक रूपमा रुचाइएको छ । चौधरी ग्रुपसँगको हाम्रो विगत ३५ वर्षदेखिको सहकार्य र लामो अनुभवले हामीलाई अझै आक्रमक रुपले सेवा विस्तार गर्न प्रोत्साहित गरेको छ ।' 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

नेपालमा नयाँ एसेम्बली प्लान्टले एलजीका उत्पादनलाई थप किफायती बनाउने अपेक्षा गरिएको उनले बताए  । साथै, आगामी दिनमा नयाँ अवसरहरू श्रृजना गर्दै नेपाली ग्राहकवर्गका लागि अझ गुणस्तरीय तथा सर्वसुलभ उत्पादनहरू बजारमा उपलब्ध गराउने लक्ष्य पनि लिइएको उनको भनाइ छ । 

निकट भविष्यमा, एलजीका होम एप्लाएन्स र इन्टरटेनमेन्ट एप्लाएन्स नेपालमै एसेम्बल र उत्पादन हुने भएका छन् । जसले नेपाली ग्राहकहरूका लागि कम लागतमा बढी उपयोगिताको प्रत्याभूति गराउने कम्पनीको भनाइ छ ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले चुन र एलजी ईलेक्ट्रोनिक्स इंकप्रति कृतज्ञता व्यक्त गर्दै भने, 'नेपालमा एलजीजस्तो विश्वस्तरीय वान्डसँग आबद्ध हुन पाउँदा हामी गौरवान्वित छौं । एलजी ईलेक्ट्रोनिक्स इंक र चौधरी ग्रुपको दीर्घकालीन सहकार्यको घोषणाले नेपालमा थप प्रत्यक्ष विदेशी लगानीको आगमन गराउन निश्चित रूपमा मद्दत गर्नेछ । यस नयाँ आयामको फलस्वरुप नेपालमा रोजगारीका अवसरहरू श्रृजना हुने र नेपाली ग्राहकहरूले गुणस्तरीय सेवाको आनन्द लिदै प्रिमियम घरेलु उपकरणहरू अझ सुपथ मुल्यमा खरिद गरी लाभान्वित हुने मौका पाउनेछन् ।'


Advertisment
Bizbazar
Saurya island

 चुनले मिनभवनमा रहेको एलजी शपको पनि भ्रमण गरेको बताइएको छ । हालसम्म, नेपालमा एलजीका वटा शोरुमहरु छन्। चुनले नेपालमा टिभी प्यानल निर्माण इकाई स्थापना गर्ने सम्भाव्यता अवलोकन गर्न नवलपरासीको देवचुलीस्थित सीजी इन्डस्ट्रियल पार्कलगायतको भ्रमण पनि गरेका छन् । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ७, २०७९

अल्ट्रा प्रिमियम ह्विस्की बन्दीपुर र गोर्खाज एण्ड गनका निर्माताले बहुप्रतिक्षित ‘यति भोड्का’ बजारमा ल्याएका छन् । यति भोड्का एक अद्वितीय, गैर–परम्परागत बोतल र फंकी लेबलमा उपलब्ध रहेको छ । आकर्षक विज्...

असोज ७, २०७९

नेपालमा इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपालमा विद्युतीय सवारीलाई प्रोत्साहन र प्रवद्र्धन गर्न नाडा ईभी अटोमा आयोजना भएको ईभी चौतारी छलफलमा बोल्दै व...

असोज ७, २०७९

बजाज मोटरसाइकलको लागि नेपालको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले ‘ग्रान्ड बाइक्स, ग्रान्ड एक्स्चेन्ज, ग्रान्ड सेलेब्रेसन’ नाराको साथ ‘बजाज ग्रान्ड एक्सचेन्ज फेस्ट&r...

असोज ८, २०७९

उपभोक्तामाथि ठगी गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधवार भक्तपुरको मध्यपुर ठिमीस्थित एक डिपार्टमेन्टल स्टोरलाई २ लाख रुपैयाँ जरिबाना गर्‍यो । विभागको टोलीले अनुगमन गर्दा सो स्टोरले...

असोज १०, २०७९

नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले प्यासेन्जर भेहिकल सेग्मेन्टका लागि दशैंको अवसरमा ‘वडा पर्वको वडा अफर’ दशैं योजना ल्याएको छ । वडा पर्वको वडा अफर दशै...

असोज ८, २०७९

नजिकै सिद्धिकाली मन्दिर । मन्दिरको पूर्वपट्टि मध्यपुरथिमि नगरपालिका–५ हात्ती महाँकालमा रहेको सिद्धिकाली मिट फ्रेस सेन्टरको नाममा २५ वर्ष अगाडिदेखि सञ्चालित बधशाला रहको छ ।  बधशालाको खाली भुइँमा ब...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x