×

X
Nic Asia
Marvel
Khukuri

नमूना जनप्रतिनिधि

जनताको स्वास्थ्य जाँच्न घर–घर पुग्ने 'अपवाद' वडाध्यक्ष [भिडियो स्टोरी]

काठमाडाैं | असोज ६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

भक्तपुर नगरपालिका वडा नम्बर– ५ को त्रिपुरासुन्दरी टोलमा बुधबार विहान वडाध्यक्ष योगेन्द्रमान बिजुक्छे आफै‌ं स्थानीयको स्वास्थ्य परीक्षण गरिरहेका थिए ।

DHARA
LAxmi BAnk

त्यसदिन मात्रै उनले स्थानीयको स्वास्थ्य जाँच गरेका होइनन् । यो उनको नियमित रुटिन नै हो । गत वैशाखमा भएको चुनावमा बिजुक्छे वडाध्यक्ष निर्वाचित भएका थिए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

भक्तपुर नगरपालिकाभित्रका हरेक टोलमा स्थानीय सरकारले घरदैलोमै गएर जनताको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम चलाएको छ । सबै वडाले स्वास्थ परीक्षणको कार्यक्रमलाई प्राथमिकताका साथ निरन्तरता दिइरहेका छन् ।

त्यही कार्यक्रममा वडा अध्यक्ष बिजुक्छे पनि खटिन्छन् । हरेक दिन बिहान स्थानीयको घरघरमा गएर स्वास्थ्य परीक्षण हुन्छ ।


Advertisment
Bizbazar
Saurya island

बिजुक्छे भने सबै दिन स्वास्थ्य परीक्षणमा खट्न भ्याउँदैनन् । समय मिल्दा उनी आफ्ना प्राविधिक टीमसँगै स्थानीयको स्वास्थ्य परीक्षणमा जान्छन् र आफैँले स्थानीयको ब्लडप्रेसर जाँच्छन् । 

Vianet communication
IME BANK INNEWS

बुधवार उनी भक्तपुरको वडा नम्बर ५ त्रिपुरासुन्दरी टोलमा स्थानीयको ब्लड प्रेसर जाँच गरिरहेका थिए । वडाध्यक्ष आफैँ ब्लड प्रेसर जाँच्न आएको देखेपछि अरू स्थानीयहरू पनि क्रमशः जम्मा हुन थाले । 

सोही क्रममा स्थानीय सानुमाया नापितले वडाध्यक्षसँगै प्रेसर जँचाइन् । उनको प्रेसर ठीक रहेछ । बिजुक्छेले नापितको प्रेसर ठीक रहेको जानकारी आफ्नो मेडिकल टीमलाई दिए ।

मेडिकल टीमले रेकर्ड तयार गर्‍यो । रिपोर्ट राम्रो आउँदा नापित खुशी भइन् । वडाध्यक्ष आफ्नै टोलमा आएर ब्लड प्रेसर जाँच गरिदिँदा नापित अझ बढी खुशी देखिइन् । 

उनले भनिन्, ‘वडाध्यक्षसँगै प्रेसर जचाउन पाएँ । धेरै खुशी लाग्यो । हाम्रो वडाध्यक्षले धेरै राम्रो काम गर्नुभएको छ ।’ 

वडाको मेडिकल टीम हरेक टोलमा पालैपालो पुग्छ र स्थानीयलाई बोलाएर स्वास्थ्य जाँच गर्छ ।

नापितले भनिन्, ‘उहाँहरू स्वास्थ्य परीक्षण गर्न आउनुहुन्छ । उहाँहरू आएको हामीले थाहा पाएनौं भने घन्टी बजाएर बोलाएर जाँच गरेरै जानुहुन्छ ।’

वडाले घरमै आएर स्वास्थ्य जाँच गरिदिएकोमा स्थानीय खुशी छन् । 

‘प्रेसर जचाउन अस्पताल गयो भने घन्टौं लाइन बस्नुपर्छ । यहाँ त घरघरमा आएर जाँच गरिदिनुहुन्छ । हामीलाई असाध्यै सजिलो भएको छ’, नापितले भनिन् ।

स्थानीय लक्ष्मी अवाले मर्निङवाकबाट आउँदै गर्दा वडाको टोलीले स्वास्थ्य जाँच गरिरहेको देखिन् । उनलाई पनि आफ्नो प्रेसर जचाउन मन लाग्यो । वडाध्यक्ष बिजुक्छेसमक्ष गइन् र प्रेसर जँचाइन् । 

अवाले भन्छिन्, ‘वडा अध्यक्षसहितको स्वास्थ्य टोली हाम्रै घर आँगनमा आउँदा सम्बन्ध घनिष्ट हुन्छ । हाम्रा केही समस्या भए पनि सजिलै राख्न पाइन्छ ।’

भक्तपुर नगरपालिकामा स्थानीय सरकारले राम्रो काम गरिरहेको र भक्तपुरवासी हुन पाएकोमा आफूहरूलाई असाध्यै खुशी लाग्ने अवालेले बताइन् ।

‘हाम्रा जनप्रतिनधिले राम्रो काम गरिरहनुभएको छ । मलाई त म भक्तपुरवासी भएकोमा गर्व लाग्छ,’ उनले भनिन् । 

स्थानीयको घरघरमा स्वास्थ्य परीक्षण गर्न जाने वडाध्यक्ष बिजुक्छे आफैं भने स्वास्थ्यकर्मी होइनन् । स्वास्थ्य टीमसँग जाँदा उनले स्थानीयको ब्लड प्रेसर मात्रै जाँच्छन् । यो पनि काम गर्दागर्दै उनले जानेका हुन् । 

‘म स्वास्थ्य चिकित्सक होइन ।  कुनै औपचारिक तालिम लिएको पनि छैन तर मलाई राम्रोसँग प्रेसर नाप्न आउँछ’, बिजुक्छेले भने ।

उनी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेका कान्छा भाइ हुन् । उनको परिवार नै राजनीतिमा थियो ।  

पञ्चायतकालमा राजनीतिक गतिविधिमा संलग्न भएका कारण उनीहरू पक्राउ परिरहन्थे । लामो समयसम्म जेलमा बस्नुपर्ने हुन्थ्यो । तर, उनको आमालाई भने मानसिक तनाव हुन्थ्यो । त्यही कारण आमाको ब्लड प्रेसर बढ्यो । प्रेसरकै कारण पक्षघात भयो ।

त्यसपछि भने आमालाई निरन्तर ब्लड प्रेसर जचाउन अस्पताल लैजानुपर्ने भयो । यो जिम्मेवारी कान्छो छोरा योगेन्द्रमानको काँधमा आयो ।

पक्षघात भएको बिरामीलाई निरन्तर अस्पताल लैजाने ल्याउने कठिन र झञ्झटिलो काम थियो । बिरामीलाई पनि उत्तिकै पीडादायी हुन्थ्यो ।

यस्तो समस्या नियमित देखिरहेकी स्थानीय नर्सले बिजुक्छेलाई ब्लड प्रेसर जाँच्न सिकाइन् ।

आफैँले आमाको ब्लड प्रेसर जाँच्न थालेपछि परिवारका सदस्यले घरमा आफूलाई स्वास्थ्य मन्त्री भनेर जिस्क्याउने गरेको उनले सुनाए । 

त्यसबेला, बाध्यताले सिकेको काम अहिले सामाजिक सेवामा प्रयोग गर्न पाएकोमा बिजुक्छे खुशी छन् । 

‘अरूले जनतासँग भोट मात्रै माग्छन् । तर, नेमकिपाले जनताको सेवा गर्छ’, उनले भने ।

हेर्नुहोस्, भिडियो :

Maruti inside
TATA Below
NLIC
ncc inside
भदौ १, २०७९

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय खेलाडीको प्रदर्शन उत्कृष्ट बनाउन नेपालमा धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल आयोजना गर्नु आफ्नो प्राथमिकता रहेको बताएका छन् । त्यसका लागि खेलकुद सम्बद्ध वि...

साउन ११, २०७९

विक्रम संवत् १९७५ भदौ १२ गते स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको अवस्था दयनीय बनेको छ ।  एक शताब्दी लामो इतिहास बोकेको क्याम्पस अहिले भौतिक रूपमा पूर्ण जीर्ण अवस्थामा पुगेको हो । क्याम्पसको घण्टाघर...

भदौ २३, २०७९

केही दिनदेखि देशभर डेंगु महामारीकैरूपमा फैलिइरहेको छ । लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगबाट हजारौ व्यक्ति प्रभावित भएका छन् ।  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा प्यासेजमा समेत बेड रा...

साउन ४, २०७९

रत्नपार्कमा बनिरहेको १२ तल्ले काठमाडौं भ्यू–टावर समयमा निर्माण सम्पन्न नगरेको ठेकेदार कम्पनीले सम्झौता नवीकरणका लागि महानगरपालिकामा निवदेन दिएको छ ।  पाँच वर्षमा काम सम्पन्न गर्ने गरी २०७१ सालमा ज...

साउन ९, २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षलाई पहिलेभन्दा सुधार गरेर अन्तर्राष्ट्रियस्तरकै बनाइएको छ । यात्रु झर्ने बितिक्कै विकसित देशझै अन्तर्राष्ट्रिय विमानस्थलको जत्तिकै अनुभूति गर्छन् । यात्रुलाई विगत जस्तो लामो ...

भदौ ३, २०७९

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आएको बञ्चरेडाँडा पुग्ने सडकको अवस्था बेहाल छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्डका' घरबेटी शारदा अधिकारीको शैलुङ कन्स्ट्रक्सनल...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x