×

X
Nic Asia
Marvel

गृहसचिव सिंहले गरे प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडाैं | असोज ६, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

गृहसचिव विनोदप्रकाश सिंहले बिहीवार नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण तथा निरीक्षण गरेका छन् । उनले निरीक्षणका क्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन पनि दिएका छन् । 

DHARA
LAxmi BAnk

निरीक्षण भ्रमणका क्रममा गृह सचिव सिंहले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलिग्राफ शाखा र कमाण्ड सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिए । निरीक्षणपश्चात उनले उपस्थित प्रहरी अधिकृत तथा जवानहरू एवं भिडियो कन्फेरेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूलाई सम्बोधन गरेका थिए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

सम्बोधनका क्रममा गृहसचिव सिंहले संगठनको हित र सुधारको लागि प्राप्त हुने सुझावलाई आफूले गम्भीरतापूर्वक लिई कार्यान्वयनको लागि प्रयास गर्ने बताए । उनले संगठनको उद्देश्य र लक्ष्य हासिल गर्न सबै प्रहरी कर्मचारीहरू ऐक्यबद्ध भई प्रतिबद्ध र लगनशील हुन आग्रह गरे । आत्महत्या, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाप्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै त्यस्ता हिंसा न्यूनीकरणको लागि थप प्रभावकारी भूमिका निर्वाह गर्न उनले निर्देशन दिए । 

गृहसचिव सिंहले प्रहरी कर्मचारीहरुले उच्चआचरण एवं इमान्दारीपूर्वक सांगठनिक प्रतिबद्धतामा अविचलित भई जिम्मेवारी बहन गर्न निर्देशन दिए । उनले नेपाल प्रहरी संगठनको सुदृढीकरण र शुद्धीकरणमा गृह मन्त्रालय सदैव दृढ संकल्पित रहेको बताए । नेपाल सरकारबाट हुने निर्णयहरू र गर्नुपर्ने सहजीकरणमा समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले प्रहरी कर्मचारीको मनोबल वृद्धिका लागि सरूवा, बढुवा र वृत्ति विकास जस्ता विषयलाई स्वच्छ, निष्पक्ष, पूर्वानुमान योग्य बनाउन जरूरी रहेको बताए । 


Advertisment
Bizbazar
Saurya island

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले गृहसचिवबाट प्राप्त निर्देशनलाई संगठनले पूर्णरूपमा ऐक्यबद्ध भई अक्षरस पालना गरी नतिजा दिने प्रतिवद्धता व्यक्त गरे । स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीले उत्कृष्ट रूपमा जिम्मेवारी बहन गरी सरकारबाट प्रशंसा पाएको स्मरण गर्दै प्रहरी महानिरीक्षक सिंहले आउँदो निर्वाचनलाई स्वच्छ, भयरहित र नागरिकले आफ्नो अधिकार प्रयोग गर्ने वातावरण बनाई सुरक्षा योजना अनुरूप सबै प्रहरी कर्मचारीहरूले मन, वचन र कर्मले ऐक्यबद्ध भई जिम्मेवारी बहन गर्ने उल्लेख गरे । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ९, २०७९

काठमाडौंको टोखा नगरपालिका–९ नयाँबसपार्कस्थित न्यू रुकुम गेष्टहाउसबाट गैंडाको खाग १ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतवार दिउँसो प्रहरीले दोलखा गौरीशंकर गाउँपालिका–४ घर भएका २४ वर्ष...

असोज ९, २०७९

ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ महानगरपालिका–२६ गोँगबुबाट हराएको मोटरसाइकलसहित रसुवा नौकुण्ड गाउँपालिका–३ घर ...

असोज ९, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको साविक चक्कर गाविसका तत्कालीन गाविसका सचिव रामरतन मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।  ९ लाख ७६ हजार ९ सय रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले उनीव...

असोज ९, २०७९

नेपाल प्रहरीले अवैध लागुऔषधसहित ६ जनालाई पक्राउ गरी आइतवार सार्वजनिक गरेको छ । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो ।  सार्वजनिक गरिएकामा लागुऔषध...

असोज ९, २०७९

इलामको चुलाचुलीमा गत बुधबार भएको हत्यामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा बस्ने ४४ वर्षीय एलबी भनिने लालबहादुर गुरुङको हत्यामा संलग्न भएक...

असोज ७, २०७९

नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहविरुद्धको मुद्दामा गरेको फैसलाको पूर्णपाठ शुक्रवार सार्वजनिक भएको छ । गत भदौ २१ गते जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले पललाई बाल यौन दुरुपयोगमा दोषी ठहर ग...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x