×

X
Nic Asia
Marvel

अन्तर–सरकार वित्त व्यवस्थापन ऐन संविधानसँग बाझिएकाले लागू भएनः वित्त आयोग

काठमाडाैं | असोज ६, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले अन्तर–सरकार वित्त व्यवस्थापन ऐन संविधानसँग बाझिएकाले लागू हुन नसकेको बताएका छन् । 

DHARA
LAxmi BAnk

नीति फाउण्डेशनले ललितपुरमा आयोजना गरेको ‘संविधानवाद र लोकतन्त्रमा संवैधानिक निकायको भूमिका’सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले अन्तर–सरकार वित्त व्यवस्थापन ऐन संविधानसँग बाझिएको बताएका हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

शर्माले ऐन संविधानसँग बाझिएकाले लागू हुन नसकेको बताए । उनले ऐनमा प्राकृतिक स्रोतको रोयल्टी कानूनबमोजिम बाँड्नु भनिएको भए पनि कानून बनाएर खर्च गर्ने अधिकार नभएकाले कार्यान्वयन हुन नसकेको बताए । 

‘अन्तर सरकार वित्त व्यवस्थापन ऐन हेर्नुभयो भने त्यहाँ के भनेको छ भने प्राकृतिक स्रोतको रोयल्टी बाँड्दाखेरी जिल्ला सभालाई पनि तिमीले बाँड है भनेर भनिएको छ ऐनमा । तर हामीले त्यो बाँडेका छैनौ अहिलेसम्म । त्यसैले ऐन पालना नगरेको भनेर महाअभियोग लगाउने हो भने त्यसको लागि ठाउँ छ । मैले क्लू नै दिएँ । त्यो हामीले किन गरेनौँ भने संसद्ले बनाएको कानून संविधानसँग मेल खाँदैन । किन मेल खादैन भने संविधानमा के भनिदिनु भयो भने कानून बमोजिमबाहेक खर्च गर्न नि पाइँदैन’, शर्माले भने, ‘कानूनबमोजिम बाहेक पैसा उठाउन पनि पाइँदैन । एक पैसा खर्च गर्न पनि पाइँदैन । कानून बनाउने अधिकार कहाँ–कहाँ छ भन्दाखेरी गाउँसभा, नगरसभामा छ । प्रदेश सभामा छ । अनि संघको संसद्मा छ । जिल्ला सभामा त छैन । संविधानले नै के भन्यो भने जिल्ला सभालाई जाने बजेट चाहिँ प्रदेशबाट जाने भनेको छ, प्रदेश कानूनले प्रदेशको विनियोजन ऐनले व्यवस्था गरेर जाने हो । जसलाई कानून बनाएर खर्च गर्ने अधिकार नै छैन त्यहाँ पैसा दे भन्नुभएको छ । त्यसैले हामीले के ठान्यौँ भने संसदले बनाएको कानूनभन्दा संविधान नै ठीक हो ।’


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजको १६ औं वार्षिक साधारणसभाले पर्यटन व्यवसायी विजय श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार राजधानीमा सम्पन्न साधारणसभाले हिमालय एयरलाइन्सका भाइस प्र...

असोज ९, २०७९

सरकरी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन हाल बन्द भएको छ । लामो समयदेखि निरन्तर घाटामा रहेको सो उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्य ठप्प भएको उद्योग प्रशासनले जनाए...

असोज ९, २०७९

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालमा योजना बनाउँदा थिङ्क ट्याङ्कहरूको पृष्ठपोषण गर्न जरुरी रहेको बताएका छन् । आइतवार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले य...

असोज ९, २०७९

चालू आर्थिक वर्षको पहिलो २ महिनामा २ खर्ब ७३ अर्ब रुपैयाँको आयात भएको छ । भन्सार विभागले जारी गरेको तथ्यांकअनुसार साउनसम्ममा भएको यस्तो आयात गत वर्षको सोही अवधिको तुलनामा १३.१ प्रतिशतले घटेको छ ।  तथ्...

असोज ९, २०७९

  नेपाल चेम्बर अफ कमर्शले बढ्दो ब्याजदर नियन्त्रण गरी व्यावसायिक वातावरण बनाउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । चेम्बरले आज विज्ञप्ति जारी गर्दै निक्षेपमा उच्चदरको ब्याजदर कायम हुँदा यसको असर कर्जाको ब्य...

असोज १०, २०७९

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बास्तोलाले सडक निर्माण गर्ने नाममा ट्रेकिङ क्षेत्र मास्नु नहुने बताएका छन् । सोमवार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x