×

X
Nic Asia
Marvel

एक सय ३५ वर्ष पुरानो झोलुङ्गे पुल मर्मतको पर्खाइमा

म्याग्दी | असोज ७, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे पुल मर्मतको पर्खाइमा छ । म्याग्दी सदरमुकाम बेनीस्थित मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा बनाइएको उक्त पुल हाल जीर्ण अवस्थामा छ ।

DHARA
LAxmi BAnk

एक शताब्दी अघि बागलुङ गलकोटका समाजसेवी लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयवासीको सीपलाई प्रयोग गरी निर्माण गरेको उक्त पुल यस क्षेत्रकै पहिलो हो ।  बेनीका अगुवा ८४ वर्षीय नैनकुमार श्रेष्ठका अनुसार तत्कालीन समयमा काँचो फलामलाई गोलमा तताएर कुटेर साङ्ले लठ्ठा बनाएर पुल निर्माण गरिएको थियो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

तत्कालीन समयमा दुईवटा साङ्ले लठ्ठामा फलामको पाता राखेर एउटा काठको फल्याकमात्रै राखेर वारपार गर्ने झोलुङ्गे बनाइएको थियो । विसं २०१४ मा बाबियाचौरमा बसोबास गर्ने पुलका निर्माणकर्ता शेरचनका नाति भीमप्रसाद शेरचनका दाजुभाइको पहलमा हालको झोलुङ्गे पुलको रूपमा विकास गरिएको श्रेष्ठले जानकारी दिए । 

“यो ठाउँमा त्यसअघि कुनै पुल थिएनन्, तत्कालीन गुल्मी र बागलुङमा अड्डा रहँदा म्याग्दी र पर्वतका सबैजसो यही बाटो भएर वारपार गर्थे । लामो समयसम्म म्याग्दीखोला पारि र वारिका स्थानीयले वारपार गर्ने मुख्य बाटो यही बन्यो”, उनले भने । जिल्लाकै पुरानो र स्थानीय स्रोतसाधनलाई प्रयोग गरी बनाइएको पुल जीर्ण बनेपछि चार वर्षअघि बेनी नगरपालिकाको पहलमा सामान्य मर्मत गरिएको थियो । अहिले पुल जीर्ण छ । पुल जीर्ण बनेपछि आवतजावतमा समस्या भएको छ । 


Advertisment
Bizbazar
Saurya island

पुरानो र ऐतिहासिक महत्वको पुलको काठ कुहिएको छ । जालीमा खिया लागेको छ । बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठका अनुसार प्राविधिकको सल्लाहअनुसार पुलको स्वरुप नबिग्रने गरी मर्मत र संरक्षण गर्ने योजना छ । साङ्ले लठ्ठाको तौल धेरै भएकाले नदीमा लठ्ठालाई तन्काउन तत्कालीन समयमा यस क्षेत्रका प्रायःजसो सबै गाउँबाट स्थानीय बेनी झेरका बुढापाका बताउँछन् । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा नापजाँचको काम पूरा भएको छ । बुटवल उपमहानगरपालिका–१७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट शुरू भएको जग्गा नापजाँचको काम ११ दिनमा पूरा भएको मोती...

असोज १०, २०७९

मोटरसाइकल दुर्घटनामा घाइते रामप्रसाद थारुको उपचारको क्रममा मृत्यु भएको छ । सोमवार बिहान ४ बजे प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा थारुको मृत्यु भएको हो । आइतवार साँझ थारुले चलाएको कर्णाली प्रदेश ०...

असोज १०, २०७९

दशैंमा काठमाडौं उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको संख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरुपमा नागढुंगा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको संख्या दैनिक ५० हजार भन्दामाथि रहेको छ । यसपटक ...

असोज १०, २०७९

नेपाल सरकारको विशेषज्ञ समूह नीति अनुसन्धान प्रतिष्ठानले ९ गते आइतबार आफ्नो चौथो वार्षिकोत्सव कार्यक्रम मनाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठसहित मन्त्रालय, आयोग र विभिन्न निक...

असोज १०, २०७९

मनास्लु हिमालमा सोमवार बिहान हिउँपहिरो गएको छ । पहिरोका कारण एक दर्जन पर्यटक हराइरहेका छन् । मनास्लु हिमाल आरोहणको सिजन भएकोले आधार शिविरमा करिब ५ जना आरोही तथा सहयोगी पुगेका छन् । त्यसमध्ये १२ जना हराएको ...

असोज १०, २०७९

ट्राफिक प्रहरीले काठमाडौंबाट छुट्ने लामो दूरीका सवारी चालकहरूलाई फूलमाला लगाइदिएको छ । चाडपर्वलाई लक्षित गरेर सञ्चालनमा ल्याइएका लामो दूरीका सवारी साधनका चालकलाई नयाँ बसपार्कबाट फूलमाला लगाएर सुरक्षित यात्रा...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x