×

X
Nic Asia
Marvel

एभरेष्ट बैंकले शुरू गर्यो इ–पैचो फोन लोन सुविधा, मोबाइलबाटै बिना धितो कर्जा लिन सकिने

काठमाडाैं | असोज ७, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

एभरेष्ट बैंकले “इ–पैचो फोन लोन” सुविधा शुरू गरेको छ । 

DHARA
LAxmi BAnk

बैंकले योग्य मानेका ग्राहकहरूले मोबाइल एप “इबीएल टच २४” मार्फत बिना धितो २ लाख सम्म कर्जा प्राप्त गर्न सक्नेछन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

इ–पैचो फोन लोन विभिन्न समयको किस्ताबन्दीमा भुक्तानी गर्न सकिन्छ ।

यसमा एक महिना भित्र वा ३, ६, ९ अथवा १२ महिनाको लागि किस्ताबन्दीमा चुक्ता गर्न सकिने सुविधा समावेश छ । यसमा ग्राहकहरूको योग्यता मापनमा विभिन्न प्यारामिटरहरूको प्रयोग गरिएको बैंकले जनाएको छ । 


Advertisment
Bizbazar
Saurya island

बैंकबाट गरिएका कारोबार, बैंकमा तलब खाता खोलेको छ या छैन, बक्यौता ऋण लिएको छ या छैन लगायतका अन्य प्यारामिटरको प्रयोग गरिएको छ । 

साथै यसमा आफुले लिएको कर्जा चाँडै तिर्न चाहने ग्राहकको लागि ऋणको बक्यौतासहित पूर्व भुक्तानीको विकल्प पनि उपलब्ध छ । 

Vianet communication
IME BANK INNEWS

इ–पैचो फोन लोनका लागि योग्य ग्राहकहरूले कुनैपनि फोनपे मर्चेन्टमा क्यूआर भुक्तानी गर्दा  ‘बाई नाउ पे लेटर’ सुविधा प्रयोग गर्न सक्ने छन् । 

यी सेवाहरू लिनका लागि ग्राहकले प्रमाणित इमेल ठेगानाको साथै इ–पैचो फोनलोनमा दर्ता गर्नुपर्नेछ । 

इ–पैचो फोनलोनका लागि विभिन्न मापदण्डको आधारमा योग्यता निर्धारण गरि स्वचालित रुपमा कर्जा पाइन्छ । जस्तै तलब खाता, नियमित कारोबार, बैंकसँग कुनै बक्यौता वा ऋण नभएको जस्ता मापदण्ड रहेका छन् ।

योग्य मानिएका ग्राहकहरूको मोबाइल एपमा इ–पैचो लोन फोन आइकन आउने छ र त्यहाँ दिइएको रजिष्टर बटनमा क्लिक गरी रजिष्टर गरेपछि इमेल प्रमाणिकरण गर्नुपर्ने हुन्छ । 

इमेल प्रमाणिकरण भएसँगै ग्राहकले रियल टाइममै बिना धितो कर्जा लिन सक्ने छन् । 

इ–पैचो फोनलोनका विषयमा बैंकका रिटेल एण्ड एसएमइ क्रेडिट प्रमुख विष्णु ज्ञवालीले भने, “नेपालमा कर्जा पाउनु निकै कठिन छ । कर्जाको सरल पहुँच बढाउन हामीले योग्य ग्राहकहरूलाई इ–पैचोफोनलोन मार्फत कर्जा उपलब्ध गराउन लागेका छौँ । इ–पैचोफोनलोन सेवा मार्फत कर्जा लिन र भुक्तानी गर्न ग्राहकहरूले कुनै चिन्ता लिनु पर्ने छैन । ग्राहकहरूले मात्रै खाता सन्तुलनमा राखी कारोबार गर्नुपर्ने छ बाँकी सबै काम हामीले गर्ने छौँ । ” 

सन् १९९४बाट सञ्चालनमा आएको एभ्रेष्ट बैंक, नेपाल राष्ट्र बैंकले क वर्गमा वर्गीकरण गरेको बैंक हो । 

देशभर ३९,१६७ डेलिभरी च्यानल, १०,०९८ आन्तरिक शाखा भएको एभ्रेष्ट बैंकसँग १५,७१९ ब्यापारिक घराना आवद्ध रहेका छन् । 

यसका साथै बैंकका २ अन्तराष्ट्रिय शाखा र देशभर १३,३५० एटीएम बूथ रहेका छन् । 

इबीएल टच २४ एप डाउनलोड गर्नका लागि आइओएस प्रयोगकर्ताहरूले एप स्टोरबाट र एन्रोइड प्रयोगकर्ताहरूले प्लेस्टोरबाट डाउनलोड गर्न सक्ने छन् । 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ८, २०७९

नेपाल राष्ट्र बैंकले आज (आइतवार)का लागि एक अमेरिकी डलरको भाउ (विनिमय दर) १२९ रुपैयाँ ८९ पैसा कायम गरेको छ ।    नेपाल राष्ट्र बैंकले आइतवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरे...

असोज ९, २०७९

सिद्धार्थ बैंक लिमिटेडले नेपालीहरुको महान् चाड दसैँको अवसर पारी ग्राहकलाई लक्षित गर्दै दसैँको बहार, क्यासब्याक उपहार योजना ल्याएको छ ।  डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ, बैंकले आश्विन ८ ग...

असोज ७, २०७९

नेपालको सबैभन्दा ठूलो रिटेल चेनको रूपमा रहेको भाट–भटेनी सुपरमार्केटमा पनि अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने सेवाको थालनी भएको छ । उक्त नेपाल पे क्यूआरलाई ग्राहकले नेपाल पेको सेवा जोडिए...

असोज १०, २०७९

सोमवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२९.२९ रुपैयाँ र बिक्री दर १२९.८० रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले सोमवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो ।  आइतवार पनि अमेरि...

असोज १०, २०७९

नबिल बैंकले सुर्खेत जिल्ला, बराहताल गाँउपालिका वडा नं. २, रानीघाटमा पहिलो शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।  कार्यक्रमका प्रमुख अतिथि बराहताल गाँउपालिकाका अध्यक्ष भिम बहादुर भण्डारी तथा नबिल...

असोज ९, २०७९

आइएमई पे र सोर्स कोड प्रा.लिबीच आइएमई पेका ग्राहकलाई स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५% छुट दिने सम्झौता भएको छ । आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले आइएमई पे बाट टि एम एसमा लोड कोलेटरल...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x