×

X
Nic Asia
Marvel

सरसर्ती २४ घण्टा : यस्ता छन् प्रमुख घटनाक्रम

काठमाडाैं | असोज ७, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नागरिकता विधेयक प्रमाणीकरण गर्न पाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता सुनिल रन्जन सिंहले दर्ता गराएको रिटमा शुक्रवार पेशी तोकिएको छ । 
प्रतिनिधि सभाबाट दुई पटकसम्म पारित गरेर पठाइएको नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने राष्ट्रपतिको संवैधानिक दायित्व पूरा गराउन परमादेशको मागसहित रिट निवेदन दर्ता गरिएको सिंहले बताए ।
००००
निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न र सरुवा भएकाको हकमा तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ । मङ्सिर ४ गते हुने निर्वाचन हुन लागेको अवस्थामा विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली संकलनको कार्यमा वाधा उत्पन्न हुने भएकाले आयोगले यस्तो निर्देशन दिएको हो ।  

DHARA
LAxmi BAnk

यसले समग्र निर्वाचन व्यवस्थापनमा समेत प्रतिकूल प्रभाव पार्ने हुँदा बिहीबारदेखि आयोगको अनुमति नलिई कुनै पनि कर्मचारीको सरुवा नगर्न नगराउन निर्देशन दिइएको हो । 
यस्तै बु्धबारसम्म सरुवा भै सकेको अवस्था भए तत्काल रमाना दिई ९ गतेभित्र सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न पनि निर्देशन दिइएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
००००
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ का सम्बन्धमा सैनिक मुख्यालय जङ्गी अड्डामा मुलुकका चारवटै सुरक्षा निकायका प्रमुखबीच छलफल भएको छ । 
उनीहरुबीच समसामयिक समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै विशेषतः आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाका बारेमा छलफल र अन्तक्र्रिया भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
००००
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता दिइएको छ । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समितिलाई पूर्णता दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 
समितिमा पूर्वअध्यक्षत्रय लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनीसहित कार्यसम्पादन समितिका सदस्यहरु, पदाधिकारीहरु, सातवटै प्रदेशका अध्यक्षहरू, केन्द्रीय सदस्यहरु, विभागीय प्रमुखहरु र भातृ संगठनका प्रमुखहरु सदस्य रहेका छन् । यस्तै समितिको सदस्य सचिवमा महामन्त्री राजेन्द्र गुरुङ रहेका छन् ।
००००
यातायात क्षेत्रका मजदुरले २० वर्ष गुडेका सवारीको व्यवस्थापनका लागि ल्याइएको कानून अवैज्ञानिक र अव्यावहारिक रहेको भन्दै सो व्यवस्था सच्याउन माग गरेका छन् । 
बिहीवार पत्रकार सम्मेलन आयोजना गर्दै स्वरोजगार यातायात मजदुर संगठन आबद्ध मजदुरले उक्त व्यवस्थाले व्यवसायी र मजदुरलाई मर्कामा पारेको जनाएका हुन् ।
००००
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले तत्कालीन माओवादी पार्टीले नेपाली सेनालाई कब्जा गर्न नखोजेको बताएका छन् । 
बिहीवार पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले तत्कालीन माओवादी पार्टीको नेतृत्वको सरकारले प्रधानसेनापतिलाई कारबाही गरेर सेना कब्जा गर्न नखोजेको प्रष्ट पारेका हुन् ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई घमण्डीको संज्ञा दिएका छन् ।
 बिहीवार काठमाडौंमा भएको पूर्व प्रधानमन्त्री थापाको मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले अध्यक्ष ओलीप्रति इंगित गर्दै घमण्डीको संज्ञा दिएका हुन् । उनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवामा कुनै घमण्ड नरहेको उल्लेख गर्दै कोही भने धेरै घमण्डी भएको बताए । उनले मान्छेहरु पैसा, बल, ज्ञान, सत्ता वा कुनै कुराले घमण्डी बन्ने गरेको बताए । सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालगायतले पनि थापाको योगदानको चर्चा गरेका थिए । 
००००
यस वर्षको दशैंको टीकाको अन्तर्राष्ट्रिय साइत सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले दशैंको टीकाको साइत सार्वजनिक गरेको हो । विदेशमा रहेका नेपालीहरूलाई लक्षित गर्दै समितिले हरेक वर्ष विभिन्न देशका लागि टीकाको उत्तम साइत निर्धारण गर्दै आएको छ । 
००००
विभिन्न ४ कम्युनिष्ट दलहरूले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग नलिने घोषणा गरेका छन् । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्वाचन बहिष्कार गर्ने राजनीति दलहरूमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले आगामी निर्वाचन बहिष्कार गरेका हुन् ।
००००
मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरिखेतमा बिहीवार अपराह्न यात्रु बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । ६ जनाको घटनास्थलमै र थप १ जनाको उपचारको लागि लैजादै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 
काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको ओरालोमा सडकबाट तल खसेर दुर्घटना भएको थियो ।
००००
बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघले बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट २३ सदस्यीय टोलीको अन्तिम घोषणा गरेका हुन् ।
००००
बुधवार ११ अंकले बढेको नेप्से परिसूचक बिहीवार भने ९ अंकले घटेको छ । बिहीवार नेप्से परिसूचक ९.८४ अंकले घटेर १८३८.९६ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंकले घटेको छ ।
००००
प्रतिनिधिसभाका सभामुख तथा उपसभामुख पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता किशोर पौडेल, अनुपम भट्टराई, अधिवक्ता जगन्नाथ दुलालसहितकाले उक्त रिट दर्ता गरेका हुन् ।
००००
काठमाडौं महानगरपालिकाले टुकुचा खोला उत्खनन्का सन्दर्भमा उच्च अदालत पाटनले गरेको अल्पकालीन अन्तरिम आदेश बुझ्न अस्वीकार गरेको छ । उच्च अदालत पाटनबाट रितपूर्वक म्याद जारी गर्न कर्मचारी खटे पनि काठमाडौं महानगरका कर्मचारीले म्याद बुझ्न अस्वीकार गरेका हुन् । ‘माथिको आदेश भन्दै कुनै पनि कर्मचारीले म्याद बुझ्न मान्नु भएन,’ रिट निवेदकमध्येका एक जनाले भने, ‘महानगरले म्याद तामेलीमा सहयोग गरिरहेको छैन ।’
००००
काठमाडौं महानगरपालिकाले वीर अस्ताल छेउछाउमा रहेका अनधिकृत संरचनामाथि डोजर चलाएको छ । महानगरभित्रका अनधिकृत र प्रयोजनविपरीत प्रयोग गरिएका भौतिक संरचना हटाउने अभियान थालेको महानगरपालिकाले बिहीवार वीर अस्पताल आसपासमा रहेको अवैध संरचनाहरू भत्काएको हो ।
००००
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई नेपाली फिल्म नै भएको बताएको छ । सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले ‘प्रेमगीत ३’लाई नेपाली फिल्म नै भन्ने निर्णय भएको बताए ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुन कानूनका आधारमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नजरबन्दमा राखिएको भन्दै प्रश्न गरेका छन् । व्यक्ति जो सुकै भए पनि महाभियोग प्रमाणित नभएको प्रधानन्यायाधीशलाई घरमै थुन्ने कुरा मान्न नसकिने उनको भनाइ थियो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाललाई पार्टी प्रवेश गराउने कार्यक्रमलाई बिहीवार सम्बोधन गर्दै ओलीले प्रधानन्यायाधीलाई घरमा नजरबन्द बनाउनु राज्य अराजकताको पराकाष्ठा भएको टिप्पणी गरेका हुन् । 
००००
संयुक्त विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै बिहीवार पनि विरोध प्रदर्शन गरेका छन् । बिहीवार माइतीघर मण्डलामा संयुक्त विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका हुन् ।


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ९, २०७९

दशैं नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको चहलपहल बढ्दै गएको छ । काठमाडौंबाट बाहिरिने यात्रुको भीड सार्वजनिक सवारीका टिकट काउन्टरदेखि सवारी साधन छुट्ने स्टेसनसम्ममा बढ्दै गएको छ । यात्रु तत्कालै टिकट लिएर जा...

असोज ८, २०७९

शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् ।  डेंगु संक्रमण भएपछि उनी किस्ट अस्पतालमा भर्ना भएका हु्न् ।  उनमा कमजोर महसुस हुने, खानामा अरूचि हुने जस्ता समस्या देखिए अस्पतालले जनाएको छ ।  ...

असोज १०, २०७९

दसैँ, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजदेखि देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ ।  दसैँको पूर्णिमा ( असोज २३ गते) सम्मका लागि लागि यात्रु आआफ्नो...

असोज ९, २०७९

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– आगामी निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले निर्वाचन क्षेत्र लक्षित ...

असोज ८, २०७९

डा गोविन्द केसीले १३ दिनयता जारी अनसन तोडेका छन् । सरकारसँग १० बुँदे सहमतिपछि उनले शनिबार साँझ अनसन तोडेका हुन् ।  सहमतिअनुसार ५०० शय्याका अस्पतालहरूको संगठन तथा व्यवस्थपन सर्वेक्षणको काम सम्पन्न गरी ...

असोज १०, २०७९

केही दिनअघि समानुपातिकतर्फका उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएका राजनीतिक दलहरू अब प्रत्यक्षतर्फका उम्मेदवार चयनको तयारीमा छन् ।  समानुपातिकतर्फ ३३ प्रतिशत महिला उम्मेदवार पुर्‍याउनुपर्ने कानूनी...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x