×

X
Nic Asia
Khukuri
Daraz

मुम्बईमा ‘प्रेम गीत ३’ हेरेपछि निरुता सिंहले भनिन्–एकदमै प्राउड फिल भइरहेको छ

काठमाडाैं | असोज ७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

बहुप्रतिक्षित नेपाली चलचित्र ‘प्रेमगीत ३’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । हिन्दी भाषामा समेत डब भएको चलचित्र शुक्रवारबाटै नेपाल, भारतलगायत विश्वभरका चलचित्र हलमा प्रदर्शनमा आएको हो । 

LAxmi BAnk
nabil BANK inside

चलचित्रको बिहीवार भारतको मुम्बईमा प्रिमियर शो आयोजना गरिएको थियो । जसका लागि चलचित्रका निर्माता एवं निर्देशक सन्तोष सेन, अभिनेता प्रदीप खड्का, अभिनेत्री क्रिष्टिना गुरुङ केही दिनअघि नै मुम्बई पुगेका थिए । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

प्रिमियरमा नेपाली चलचित्र क्षेत्रकी एकसमयकी लोकप्रिय अभिनेत्री निरुता सिंहसमेत पुगेकी थिइन् । उनी पछिल्लो वर्ष मुम्बईमै बस्दै आएकी छन् । प्रिमियरमा चलचित्र हेरेर निस्किएपछि उनले आफूलाई एकदमै ‘प्राउड फिल’ (गौरवको अनुभूति) भएको बताएकी छन् । ‘हाम्रो नेपाली चलचित्र भारतमा समेत ठूलो स्केलमा प्रदर्शनमा आयो । त्यो नै हामी सबै नेपालीका लागि सबैभन्दा प्राउडको कुरा हो’ उनले भनिन् । 

निरुताले केही साताअघि मुम्बईको हलमा हिन्दी चलचित्र हेर्ने क्रममा ‘प्रेम गीत ३’को टे«लर प्रदर्शन हुँदा आँखाबाट खुशीको आँशु नै आएको समेत स्मरण गरिन् । ‘म साथीहरूसँग हिन्दी चलचित्र हेर्न गएकी थिएँ । त्यतिबेला यहाँ जब प्रेम गीत ३ को ट्रेलर आयो, म एकदमै खुशी भएँ’, निरुताले भनिन्, ‘खुशीले आँखामा आँशु नै आयो ।’


Advertisment
Saurya island

उनले चलचित्र कस्तो बन्यो ? कसरी चल्छ त्यो सेकेण्डरी कुरा भएको बताउँदै भारतसम्म आउनु नै सबै नेपालीको लागि खुशीको कुरा भएको बताइन् । 

निरुताले नेपाल कति सुन्दर छ भन्ने कुरा चलचित्रले देखाएको समेत बताइन् । ‘कति सुन्दर छ हाम्रो नेपाल भन्ने चलचित्रले देखाएको छ । वाह ! हाम्रो नेपाल भन्ने महसुस भयो’, उनले बताइन् । चलचित्र मेकिङ राम्रो बनेको निरुताले बताइन् । अभिनेता प्रदीप खड्का, नव–अभिनेत्री क्रिष्टिना गुरुङको अभिनय एकदमै राम्रो रहेको निरुताले बताइन् । उनले निर्माता एवं निर्देशक सन्तोष सेन धन्यवादको पात्र भएको बताइन् ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १०, २०७९

बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आएका छन् । उनी शुक्रबार साँझ नेपाल आइपुगेका हुन् ।  आज हुने एक साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आएका हुन् । गायक झाले त्रिभुवन अन्तर्राष्ट्रिय वि...

मंसिर ९, २०७९

दुई साथीको मित्रता र त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘मीलन’ आज (शुक्रवार)बाट देशभर प्रदर्शनमा आएको छ ।  टेक पौरखी राईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा सलोन बस्नेत, कुशल शाह...

मंसिर ८, २०७९

लोकगायक प्रकाश दुतराज र गायिका भूमिका गिरीले यही शनिवार अस्ट्रेलियाको सिड्नीमा सांगीतिक प्रस्तुति दिँदैछन् । त्यसका लागि उनीहरु बिहीवार नै सिड्नी पुगिसकेका छन् । आयोजक संस्थाका सदस्यले स्वागत गर्दै गरेका तस्वीरहर...

मंसिर ९, २०७९

साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का अभिनित फिल्म ‘तिम्रो मेरो साथ’को टिजर सार्वजनिक गरिएको छ । रमेश एमके पौडेलको निर्माण तथा निर्देशन रहेको फिल्म आगामी पुस २९ गतेदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ ...

मंसिर ८, २०७९

चलचित्र निर्माता सरोज थापा लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।  रोज राणा भनेर परिचित उनले दादागिरी, खल नायक, दोस्ती र डनलगायत फिल्म निर्माण गरेका छन् । उनी नेपाली कांग्रेसको तर्फबाट प्युठान प्...

मंसिर ८, २०७९

कात्तिकको ११ गतेदेखि प्रदर्शनमा आएको हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’ शुक्रवार भोलिदेखि पाँचौं हप्तामा प्रवेश गर्दैछ । यो चलचित्रले पाँचौं हप्तामा पनि हलमा उल्लेख्य शोज पाएको छ । शुक्रवार चलचि...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x