×

X
Nic Asia
Dabur
Khukuri

‘इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्नुपर्नेमा जोड’

काठमाडाैं | असोज ७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपालमा इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपालमा विद्युतीय सवारीलाई प्रोत्साहन र प्रवद्र्धन गर्न नाडा ईभी अटोमा आयोजना भएको ईभी चौतारी छलफलमा बोल्दै विज्ञहरुले विद्युतीय सवारीमा रुपन्तरण गर्नुपर्ने बताएका हुन । 

LAxmi BAnk
nabil BANK inside

सिप्रदी प्रालिका ईभी ट्रेनिङ हेड दिपेश पौडेलले नेपालमा विद्युतीय सवारीसाधन भित्रिदै गर्दै धेरै प्राविधिक अन्योलता देखिएको बताए । ‘टेक्निसियन वा सवारी धनीले इन्जिनमा आधारित भएर काम गरिरहेको मान्छे इलेक्ट्रिक तर्फ मोडिनुपर्दा प्रविधिक रुपमा कठिनाई व्यहोर्नु परिरहेको छ’ पौडेलले भने । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

अन्य देशबाट इन्धनबाट चल्ने गाडीलाई नै विद्युतीयमा रुपान्तरण भएरै गाडीहरु आएपनि नेपालमा विद्युतीय भन्ने बितिकै माइन्डसेट नै परिवर्तन भएको उनको भनाइ छ । 
उनले ईभीमा तीन सय भोल्ट माथि नै काम गर्नु पर्ने भएकाले सेफ्टिमापनि उतिकै ध्यान दिनुपर्ने बताए । 

त्यसैगरी कार्यक्रममा प्यानालिस्टको रुपमा बोल्दै काठमाडौं विश्वविद्यालयकी रिसर्चर शिल्पा श्रेष्ठले नेपालको माटो सुहाउँदो विद्युतीय सवारीसाधनको विकास हुनुपर्नेमा जोड दिइन् । 
‘नेपालको भौगोलिक अवस्थालाई पनि ध्यान दिएर नेपालमा विद्युतीय सवारीसाधनको विकासलाई प्रोत्साहन गनुपर्ने अहिलेको आवश्यकता हो’ श्रेष्ठले भनिन् ‘हामीलाई कस्ता खालका ईभी आवश्यक पर्ने हो, नेपालको आवश्यकता के हो यी बिषयमा पनि अध्ययन हुनुपर्छ’ ।  


Advertisment
Saurya island

नेपालको विद्युतीय सवारी बजारलाई प्रवद्र्धन गर्दै जाने हो भने दीर्घकालिन रुपमा अध्ययन गर्दै उत्पादनमै केन्द्रित हुने पर्ने बताइन् ।
नेपालमा हाल गुडिरहेको इन्धनबाट चल्ने सवारीको व्यवस्थापनका लागिपनि विद्युतीय सवारीमा रुपान्तरण गर्न सरकारी तबरबाटै काम हुनपर्ने धारण व्यक्त गरिन् । 
त्यसैगरी मेकानिकल इन्जिनियर अभिषेक कार्कीले नेपालमा इन्धनबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रुपान्तरण गर्न अध्ययन र रिसर्च कम भइरहेको बताए । 

उनका अनुसार विद्युतीय सवारीमा ग्राहकको माग के छ भन्ने बिषयमा सबैभन्दा पहिला बुझ्न जरुरी छ । 
सरकारले पनि २०३० सम्म आधाभन्दा बढी सवारी इभीमा रुपान्तरण भइसक्ने घोषणा भएपनि तत्काल त्यो सम्भव नभएको उनको भनाइ छ । 

Vianet communication
IME BANK INNEWS

आगामी १० बर्ष भित्र विद्युतीय सवारीको पेनिट्रेसन बढाउने हो भने डिजेल र पेट्रोलबाट चल्ने गाडीको आयात बन्द गर्नुपर्ने विचार व्यक्त गरे । 
नेपालमा बर्षको निश्चित गाडीलाई विद्युतीकरण गछौं भनेर लक्ष्य लिएमात्रै नेपालमा ह्याट्रिक उत्पादनको सम्भावना खुल्ने उनको दाबी छ ।
नेपालमा सवारीसाधनलाई विद्युतीकरण गर्ने हो भने सरकारलेपनि नीतिगत तहबाट सहयोग गर्नुपर्ने र स्थिर नीति अलिहेको आवश्यकता रहेको कार्कीले बताए । 

त्यसैगरी विद्युतीय सवारी चार्जिङ परियोजनाका आयोजना प्रमुख सागरमणि ज्ञवालीले विद्युतीय सवारी बेच्ने तथा इभीमा रुचि राख्ने  सबैलाई साना साना कुरा बुझाउनुपर्ने पहिलो आवश्यकता रहेको बताए । 
ईभी चौतारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजन मेकानीकल इन्जिनियर शंकर सिंह धामीले नेपालमा हालसम्म आएका इन्धनबाट चल्ने सवारीलाई विद्युतीयमा सिफ्ट गर्नुपर्ने बिषय नै मुख्य चुनौतीको बिषय रहेको बताए । 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १९, २०७९

भारतीय बजारमा टाटा कारको मूल्य बढेको छ । यस्तो कारको मूल्यमा सामान्य वृद्धि भएका भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । भारतमा मूल्य बढेका कारण नेपालमा पनि आगामी महिनाबाट टाटा कारको मूल्य बढ्न सक्ने...

मंसिर १८, २०७९

नेपालकै अग्रणी तथा सर्वाधिक ओपीसी सिमेन्ट बिक्री गर्न सफल शिवम् सिमेन्टले सफलताको सम्पूर्ण श्रेय ग्राहकवर्गलाई दिँदै ‘शिवम्सँग उपहार टन्न’ नामक सर्वाधिक धनराशिको ग्राहकमुखी आकर्षक उपहार योजना लिएर आएको ...

मंसिर १८, २०७९

नेपाल ल्युब आयल लिमिटेडले चन्द्रपुरमा आफ्नो आधिकारिक बिक्रेता जैसवाल ट्रेडिङ कन्सर्न, नारायणघाटमा आशिर्वाद अटो ट्रेडिङ र हेटौँडामा आफ्नो आधिकारक बिक्रेता दिव्या बिजनेस कन्सर्नको नयाँ शोरुम उद्घाटन गरेको छ । ग्राहकल...

मंसिर १८, २०७९

कोरोना महामारीको त्रास कम भएसँगै तीन वर्षपछि पुष्प व्यवसाय पुरानै लयमा फर्किएको छ । अहिले महामारीको त्रास कम छ । मठमन्दिर, पार्टी प्यालेस पूर्ववत रुपमा नै सञ्चालनमा छन् । विभिन्न किसिमका सभा–सम्मेलन र पर्यट...

मंसिर १८, २०७९

नेपालमा विद्युतीय सावारी साधनमा सर्वसाधरणको चासो र आकर्षण बढ्न थालेको छ । गत शुक्रवारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको ईभी नेपाल एक्स्पोमा सर्वसाधरणको आकर्षण देखिएको हो । तीन दिनसम्म सञ्चालन भए...

मंसिर २०, २०७९

सेगवे–नाइनबटले आफ्नो विद्युतीय सवारी साधनको प्रयोगलाई प्रबद्र्धन गर्न उपत्यकाभर १० वटा ईभी–चार्जिङ स्टेशनहरू जडान गर्ने घोषणा गरेको छ । यी चार्जिङ स्टेशनहरूमा छिटो चार्ज हुने फास्ट–चार्जरहरू उपलब्...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x