×

X
Nic Asia
Khukuri

राँगो भन्दै रोगी भैँसीको मासु बजारमा

काठमाडाैं | असोज ८, २०७९

NTC
Argakhanchi Cement
फाइल तस्वीर
Premier Steels
TVS INSIDE

नजिकै सिद्धिकाली मन्दिर । मन्दिरको पूर्वपट्टि मध्यपुरथिमि नगरपालिका–५ हात्ती महाँकालमा रहेको सिद्धिकाली मिट फ्रेस सेन्टरको नाममा २५ वर्ष अगाडिदेखि सञ्चालित बधशाला रहको छ । 

LAxmi BAnk
nabil BANK inside

बधशालाको खाली भुइँमा बुढा भैँसी काटेर मासु छरपष्ट छरिएका छ । सँगै गोठमा बध गर्ने तयारीका लागि बाँधिएका आठ भैँसी छन् । त्यहीँ गोठबाट बगेर आएको मलमूत्र बिक्रीका लागि काटिँदै गरेको मासुमै मिसिएर ढलतिर बगिरहेको छ । मासु, रगत, आन्द्रा, कलेजो, फोक्सोमा झिँगा भन्किरहेका छन् । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

खुद्रा पसलमा बिक्रीका लागि मासु लैजान भेला भएका मासु पसल सञ्चालक त्यहीँ फोहर भैँसीको मासु बिक्री गर्न लैजाने तयारी गरिरहेका छन् । अत्यन्तै घिनलाग्दो दृश्य हो, यहाँको बधशालाको । बस्तीमा तीन बधशाला सबैको अवस्था उस्तै नै छ । 

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा मध्यपुरथिमि नगरपालिका भित्रका विभिन्न बध अव्यस्थित एवं मासु पसलमा गरिएको अनुगमनका दृश्य फोहर, घिनलाग्दो मात्रै थिए । वर्षौदेखि कानून उल्लंघन गरेर आम उपभोक्ता ठग्दै उनीहरूको स्वास्थ्यमाथि चरम खेलबाड थियो । अनुगमनमा निस्केको टोलीमध्येका अधिकांशले भन्दै थिए, ‘छि, भैँसीको मासु, त्यो पनि यस्तो फोहर र लापरबाही, हजारौँ उपभोक्ता ठगी गर्दै मानवीय स्वास्थ्यमाथि खेलबाड गर्नेलाई त जति कारबाही गरे पनि कम हुन्छ ।’ 


Advertisment
Saurya island

सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा गएको अनुगमनमा रत्नदेवी खड्गी, बुधरत्न शाहीले सञ्चालन गरेको सिद्धिकाली मिट फ्रेस सेन्टरले भैँसी काटेर राँगोको मासु भन्दै बिक्री गरेको, बधशालामै भैँसी बाधेर मलमूत्र काटेको मासुमै मिसिने गरेको, बधस्थल दर्ता नगरी सञ्चालन गरेको, वातावरण प्रतिकूल पार्ने गरी लादी फालिएको लगायतका कसुर देखिएपछि टोलीले रु २० हजार जरिबाना लगाएको छ । 

पसलमा बिक्रीका लागि मासु लैजान कुरिरहेकी कमला खड्गीले भैँसीकै मासु भन्ने थाहा पाएर पनि बिक्रीका लागि लैजाने गरेको बताए । उनले भने, ‘धेरैजस्तो ग्राहक छालामा बाक्लो बोसो भएको मासु खोज्न आउँछन्, त्यस्तो मासु भैँसीको मात्रै हुन्छ, मःमः पसलमा पनि बोसो भएकै मासु खोज्न आउँछन्, त्यसैले बिक्री गर्न भैँसीको मासु लाने गरेको हो ।’ ग्राहकले भैँसीको मासु बिक्री गर्दा पनि राँगोकै भन्ने बुझेर लैजाने गरेको र भैँसीको मासु पनि राँगोकै मासुको मूल्यमा बिक्री गर्ने गरेको उनले बताए । 

Vianet communication
IME BANK INNEWS

अनुगमन हेर्न आएकी एक छिमेकीले टोलीमाथि गुनासो गर्दै भनिन्, ‘अनुगमन गरेर मात्रै हँुदैन, सिमाना कटाएर भैँसी नेपाल ल्याउन दिनै भएन, यहाँ कति बुढा, रोगी र कहिले त पेटमा बच्चा भएको भैँसी पनि काट्छन्, त्यस्तो मासु बजारमा जान्छ ।’ 

नजिकै रहेको जय श्री बालकुमारी बफेलो सप्लायर्स र भगवाणकृष्ण खड्गीले सञ्चालन गरेको सिद्धिकाली मिट सप्लायर्सको अवस्था पनि उस्तै थियो । दुवै बधशाला २५ वर्ष अगाडिदेखि नै दर्ता विना नै सञ्चालनमा रहेको कामदारले बताए । ती दुवै बधशालामा पनि भुइँमै राँगो काटेर नजिकै लादी राखिएको, रगत, मासु फोहर भुइँमै राखेर काटिएर बजार पठाएको, बधशाखा अत्यन्तै फोहर रहेको, हड्डीको व्यवस्थापन नगरिएको पाइएको थियो । 

अनुगमन टोलीले बालकुमारी बफेलो सप्लायर्स र सिद्धिकाली मिट सप्लायर्सलाई पहिलो पटकलाई चेतावनी दिँदै रु १० हजारका दरले जरिबाना लगाएको छ । बधशाला दर्ता गर्न र मापदण्डभित्र रहेर मात्रै सञ्चालन गर्न निर्देशन दिएको सहायक प्रजिअ शर्माले जानकारी दिए । सिद्धिकाली मिट सप्लायर्सका सञ्चालकले भने मध्यपुरथिमि नगरपालिकाले बधशाला दर्ता गर्न जाँदा दर्ता नगरी पठाएको र नगरपालिकाले यसअघि कुनै अनुगमन नगरेको, बधशाला कसरी सञ्चालन गर्ने भनेर जानकारी नगराएको गुनासो गरेका थिए ।

अनुगमन टोलीले बाहाखा, बोडे, नगरदेशलगायत मासु पसल अनुगमन गर्दा सबै पसल अत्यन्तै फोहर र मापदण्डभित्र नरहेको पाइएपछि जरिबाना लगाइएको हो । अनुगमनमा लक्ष्मी खड्गी, विनोद खड्गी, रमेश खड्गी भनिने बुद्धिबहादुर खड्गी, सुनिल खड्गीको पसल र अरनिको फ्रेस हाउस गरी पाँचवटै पसललाई रु पाँच हजारका दरले जरिबाना लगाएको छ भने दिलकाजी मासु पसललाई रु दुई हजार जरिबाना लगाएको छ । सबैलाई चार दिनभित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिएको र रामेछाप फ्रेस मिटलाई अझै सफा गर्न सचेत गराइएको सहायक प्रजिअ शर्माले जानकारी दिए । 

टोलीले तीन बधशाला र सात मासु पसलको अनुगमन गरी कूल रु ६७ हजार जरिबाना लगाएको जानकारी दिँदै सहायक प्रजिअ एवं टोलीका संयोजक शर्माले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २८ खण्ड (क) र (ग) अनुसार जरिबाना गरी दर्ता नभएका पसललाई सम्बन्धित निकायमा दर्ता गर्न, नियमित रुपमा नवीकरण गर्न, हरेक वर्ष कर चुक्ता गर्न, सरसफाइ गर्न, मूल्य सूची टाँस्न र मापदण्डभित्र रहेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको बताए । 

अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उमेशकुमार दाहालले अत्यन्तै अव्यवस्थित, फोहर, लापरबाही रुपमा व्यवसाय सञ्चालन गरेको र पशुको स्वास्थ्य जाँच नगरी अस्वस्थकर मासु बिक्री गरिएको पाइएको बताए । व्यवसायीले अटेर गरे कडा कारबाहीको नीति अबलम्वन गर्नुपर्ने उनले बताए । 

अनुगमनमा मध्यपुरथिमि नगरपालिकाका शाखा अधिकृत धनकृष्ण श्रेष्ठले नगरपालिकाले बधशाला प्रक्रिया सबै पुर्‍याएर आएमा व्यवसाय दर्ता गर्ने जनाउँदै नगरपालिकाले पनि यस्ता अनुगमनलाई तीव्रता दिएर कडा कारबाहीको नीति लिइने बताए । अनुगमनमै संलग्न राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मनोज थापाले बधशाला र मासु पसलको अनुगमनले प्रष्ट रुपमा व्यवसायीले मानवीय स्वास्थ्यमाथि चरम लापरबाही गरेको पाइएकाले कडा कारबाही गर्नुपर्ने बताए । 

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले २०७९ साउनदेखि आजसम्म जिल्ला प्रशासन कार्यालयको संयोजनमा ६५ पसल र फर्मको अनुगमन गरेको बताइन् । उनले भनिन्, ‘यो अवधिको अनुगमनमा रु चार लाख १६ हजार जरिवाना र रु ११ लाख बराबरको म्याद गुज्रेको खाद्यान्न जफत गरी नष्ट गरेका छौँ, हाम्रो उद्देश्य जरिबाना लगाउने र नष्ट गर्नेभन्दा पनि व्यवसायलाई स्वच्छ सफा, नियम संगत र कानूनको दायरामा ल्याउने प्रयास हो ।’ उनले दशैं, तिहारलगायत चाडपर्व नजिकिएकाले बजार अनुगमनलाई अझै तीव्रता दिने बताइन् । रासस

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २, २०७९

गत बुधबार बाँकेको कोहलपुरस्थित कृषि बजार स्थलमा निकै घुइँचो देखियो । अपराह्न ४ बजेपछि त तरकारीको मूल्य पनि निकै फेरबदल भएको थियो । तरकारी बेच्न ग्राहक बोलाउने व्यापारी उपभोक्ताको घुइँचोले घेरिएका थिए । तरक...

मंसिर ११, २०७९

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिवार विर्तामोडदेखि कन्यामसम्म अपाचे ओनर्स ग्रुप (एओजी) राइडको धुमधाम आयोजना गरेको छ । ३० जना राइडरहरूको सहभागिता रहेको उक्त कार्यक्रममा अपाचे राइ...

मंसिर १, २०७९

आरएमसी फुड्सले ‘न्यूट्रिप्लस’ ब्राण्डअन्तर्गत विभिन्न प्रकारका खाद्यान्न तेलहरू बजारमा आएको छ । ‘न्यूट्रिप्लस’ नामअन्तर्गत बजारमा पहिलो पटक आफ्ना खाद्यान्न तेलका उत्पादनहरू सार्वजनिक गर्ने क्रमम...

मंसिर १२, २०७९

सुनचाँदी बजारमा सोमवार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९७ हजार पाँच सय त...

मंसिर ६, २०७९

एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ प्रिपेड प्लानहरू ल्याएको छ । ग्राहकहरूले आफ्नो दूरसञ्चार सेवाको आवश्यकताअनुसार सरल र सहज रूपमा यी प्लानहरू सुचारु गर्न सक्छन् ।   नयाँ प्रिपेड प्लानअन्तर्गत ...

मंसिर ९, २०७९

सागर डिस्टिलरी ब्रान्ड 'रोयल ब्लु'ले विभिन्न क्लबहरूसँगको सहकार्यमा सामूहिक रूपमा विश्वकप हेर्दै 'चियरअप' गर्ने व्यवस्था मिलाएको छ । आफ्नो मनपर्ने टोलीको खेल हेर्दै चियरअप गर्नका लागि रोलय ब्लुले...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x