×

X
Nic Asia
Khukuri

बजार अनुगमनलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडाैं | असोज ९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

प्रधानमन्त्री शेरबहादुर देउवाले बजार अनुगमनलाई प्रभावकारी  बढाउन निर्देशन दिएका छन् । आइतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसहित चार मन्त्री र सचिवहरूसहितको उच्च स्तरीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चाडपर्वको समयमा बजारमा अवाञ्छित गतिविधि हुनेतर्फ सचेत रहँदै आ—आफ्नो क्षेत्राधिकारअनुसार बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन् । 

LAxmi BAnk
nabil BANK inside

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, अर्थमन्त्री जनार्दन शर्मा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, स्वास्थमन्त्री भवानीप्रसाद खापुङ, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, गृह सचिव विनोद सिंह, अर्थसचिव कृष्णहरि पुष्कर कर्ण सहभागी थिए । त्यस्तै, उद्योग सचिव तोयानारायण ज्ञवाली, वाणिज्य तथा आपूर्ति सचिव तोयम राया, काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराईलगायतका उच्च सरकारी अधिकारीको सहभागिता रहेको थियो । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडूले बजार अनुगमनको विद्यमान अवस्थाका बारेमा जानकारी दिँदै आफू मातहत सबै निकायलाई प्रभावकारी बजार अनुगमनका लागि निर्देशन दिइसकेको र अन्तरमन्त्रालय समन्वय गरी अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन लाग्नुपर्ने बताए । 
 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १३, २०७९

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको विस्तृत समीक्षाका लागि  केन्द्रमा प्रतिवेदन उपलब्ध गराउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको छ । पार्टी अध्यक्ष माधवक...

मंसिर १३, २०७९

सुनसरी क्षेत्र नम्बर ३ (२)मा नेकपा एमालेका रामदेव यादव विजयी भएका छन् । उनी प्रदेश सभामा निर्वाचित भएका हुन् । उनले कांग्रेसका विन्देश्वर यादवलाई पराजित गरेका छन् ।  रामदेवले १९ हजार ४७९ मत ल्याउँदा...

मंसिर १३, २०७९

नयाँ सरकार गठनको विषयलाई लिएर दलहरूबीच रस्साकस्सी चलिरहेको समयमा नेपाली कांग्रेसभित्रको ठूलो हिस्सा अब बन्ने सरकारको नेतृत्व पार्टीले नै लिनुपर्ने लविङ गर्न थालेको छ ।  मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा ...

मंसिर १३, २०७९

नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताएका छन् । विराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा मंगलवार आयोजित कार्य...

मंसिर १३, २०७९

निर्वाचनमा देखिएको जनताको असन्तुष्टि र व्यक्त भएको विद्रोहलाई राजनीतिक दलहरुले बेलैमा बुझ्नुपर्नेमा  भोजपुरबाट निर्वाचित सांसद सुदन किरातीले बताएका छन् । माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य समेत रहेका सांसद...

मंसिर १३, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी समस्यालाई बलपूर्वक नभई विधि र तर्कका आधारमा समाधान गर्नुपर्ने बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालले मंगलवार एमाले पार्टी कार्यालय च्यासलमा आयोजना ग...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x