×

X
Nic Asia
Dabur
Khukuri

श्रीलंकामा राष्ट्रपति र प्रधानमन्त्रीले निर्वाचन जितियो भनेर फुर्किदिँदा संकट आएको हो : स्वर्णिम वाग्ले

काठमाडाैं | असोज ९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालमा योजना बनाउँदा थिङ्क ट्याङ्कहरूको पृष्ठपोषण गर्न जरुरी रहेको बताएका छन् । आइतवार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

LAxmi BAnk
nabil BANK inside

उनले मुलुकमा कुनै पनि परियोजनाको सम्झौता रद्ध हुँदा मुलुकलाई नै हानी नोक्सानीका विषयमा पनि थिङ्क ट्याङ्कहरूले पूर्ण जानकारी राख्नुपर्ने बताए । डा. वाग्लेले श्रीलंकाले थिङ्क ट्याङ्कहरू समेट्न नसक्दा आर्थिक संकट व्यहोरिरहेको बताए । उनले श्रीलंकामा शासकहरूको सन्कीपनका कारण पनि मुलुक संकटमा फसेको बताए । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

उनले नेपालले पनि थिङ्क ट्याङ्कहरूलाई बेवास्ता गरेर गए मुलुकको विकास गर्न नसकिने स्पष्ट पारे । डा. वाग्लेले कुनै पनि निर्णय गर्दा वैकल्पिक उपाय सोच्न जरुरी रहेको भन्दै थिङ्क ट्याङ्कहरूले दिएका सुझाव र योजनाका बारेमा गहन छलफल हुन आवश्यक भएको बताए । उनले देशको नीति निर्माण गर्दा पारदर्शी र विश्वसनीयता कायम गर्नुपर्ने आवश्यक्ता औँल्याए । पूर्वउपाध्यक्ष वाग्लेले थिङ्क ट्याङ्कहरू चलायमान भइरहनुपर्ने आवश्यक्ता रहेको भन्दै विश्वविद्यालयभित्र पनि थिङ्क ट्याङ्कहरूलाई विकास गर्न जरुरी रहेको बताए । 

‘अरुण हाइड्रोपावर १९९५ मा क्यान्सिल भयो विभिन्न कारणहरूले । त्यो क्यान्सिल हुँदा यो राज्यले व्यहोरेको कस्ट कति ? कस्ट अफ एक्शन होइन, कस्ट अफ इनएक्शनतिर पनि हामी जानुपर्छ । यस्ता कुराहरू पनि थिङ्क ट्याङ्कहरूले बोल्दिनुपर्छ । मलाई हालैको श्रीलंकाको संकटमा भिज्ने मौका मिलेको हुनाले त्यहाँ के कारणले श्रीलंकाजस्तो उन्नत मुलुक संकटमा फस्यो, फसेन भन्नेकुराको विविध कोणबाट विश्लेषण हुन्छ । मैले त्यसमा धेरै घोत्लिएको कारण थाहा भयो कि थिङ्क ट्याङ्कहरूको पृष्ठपोषण जिरो । कस्ताकस्ता निर्णयहरू गरिए ह्वीमका भरमा, शासकीय सनकका भरमा मन्त्रालयकै निर्णयहरूमा पनि थिङ्क ट्याङ्कहरूको कमी भएको देखियो । त्यसले गर्दा श्रीलंका या अवस्थामा पुग्नुमा ठूलो भूमिका खेलेको छ’, उनले भने, ‘जस्तो चुनाव जितियो राष्ट्रपति र प्रधानमन्त्रीले फुर्किदिनुभयो, अब भ्याट रेट हाम्रो १५ बाट ८ प्रतिशत भयो भन्नुभयो । त्यसको पूर्ति गर्न के छन् वैकल्पिक उपाय यसको बारेमा सोच्दै नसोचेको देखियो ।’


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

तोरी र गहुँ खेतीको लागि चाहिने रासायनिक मलको अभाव भएको छ । किसानको मागअनुसार रासायनिक मल परिपूर्ति हुन नसक्दा पूर्वीका किसानलाई मलको अभाव भएको हो । विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक...

मंसिर २१, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा निगमको नेतृत्वले क्षमता विकास गर्न नसकेको बताएका छन् । बुधवार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कार्यक्रममा बोल्दै उनले सरकारले ठूलो लगानी ग...

मंसिर २१, २०७९

राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले शुक्रवारदेखि किसानको धान खरिद गर्ने भएको छ । केन्द्रबाट बजेट निकासा भएकाले  खाद्यले धान खरिद गर्न लागेको हो ।   बजेटसँगै  निर्देशन पनि आएकाले धान ख...

मंसिर २१, २०७९

नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले अविलम्व किसानबाट धान खरिद प्रक्रिया अघि बढाउन सरकासँग माग गरेको छ । बुधवार दुई महासंघले संयुक्तरुपमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो ।  ...

मंसिर २१, २०७९

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले वर्तमान हवाई नीति नै हवाई क्षेत्रको विकासको बाधक भएको बताएका छन् । बुधवार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कार्यक्रममा बोल्दै उनले सरकारको हवाई क्षेत्...

मंसिर २१, २०७९

विदेशी मुद्राको सञ्चिति जोगाउन गत वैशाखदेखि लगाइएको आयात प्रतिबन्ध अन्ततः खुलेको छ । विदेशी मुद्रा जोगाउन खोज्दा अर्थतन्त्र खुम्चिएको र राजस्व संकलन प्रत्यक्ष प्रभावित भएको कारण आयात खुला गरिएको हो । केन्द्र...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x