×

X
Nic Asia
Dabur
Khukuri

लोकतन्त्रमा राजनीतिक पार्टीको विकल्प स्वतन्त्र हुनसक्दैन : सभामुख सापकोटा

काठमाडाैं | असोज १०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

सभामुख अग्निप्रसाद सापकोटाले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्ने बताएका छन् । सोमवार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य–मुख्य पर्यटकीय स्थलहरूको फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा बोल्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् । 

LAxmi BAnk
nabil BANK inside

सभामुख सापकोटाले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिएर पर्यटन क्षेत्रको विकासमा सरकारले ध्यान दिन जरुरी रहेको बताए । उनले सिन्धुपाल्चोक जिल्लाको जुगल हिमाल नेपालको एक पर्वतीय उद्योग रहेको बताए । उनले पर्वतीय क्षेत्रको विकास गर्नसके मात्रै देशमा पर्यटनको विकास हुनसक्ने जिकिर गरे । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

सभामुख सापकोटाले स्थानीय र केन्द्र सरकारले पर्यटन विकासको लागि युवामैत्री नीति बनाउन आवश्यक रहेको पनि बताएका छन् । उनले राजनीतिक पार्टी तथा विकास निर्माणको योजना बनाउँदा युवाको सहभागिता बढाउन आवश्यक रहेको बताए । उनले पछिल्लो समय राजनीतिक दलका ठूला नेताहरूको क्षणिक स्वार्थको लागि मात्रै भाषण गर्ने गरेको दाबी गरे । 

सभामुख सापकोटाले स्थानीय तहको निर्वाचनपछि स्वतन्त्रको चर्चा भए पनि लोकतन्त्रमा राजनीतिक पार्टीको विकल्पमा स्वतन्त्र हुन नसक्ने बताए । उनले राजनीतिक पार्टीभित्र युवाहरूलाई प्रोत्साहन गर्ने र नेतृत्वदायी भूमिका दिनुपर्ने बताए । उनले नेताहरूले कार्यनीतिक फाइदाको लागि रणनीतिक बनाएर भाषण गर्ने तर काम पूरा नगर्ने प्रवृति बढेको बताए । उनले राजनीतिक पार्टीहरुले युवालाई प्रोत्साहन गर्ने विषयमा ध्यान दिन जरुरी रहेको बताए । 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

नेपाल बार एशोसिएशनले अधिकार नभएका कर्मचारीले सार्वभौम संसद्को क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको निष्कर्ष निकालेको छ । संघीय संसद् सचिवालयका महासचिव भरत गौतमले निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराल...

मंसिर २१, २०७९

यही मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि खटाइएका अधिकांश कर्मचारीको काज फिर्ता भएको छ । निर्वाचनको प्रतिवेदन तयारीसँग सम्बन्धित बाहेक अधिकांश कर्मचारीको काज विभिन्न चरणमा गरी फिर्...

मंसिर २१, २०७९

मंगलवार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न नौ वटा आयोजना बनाउन राष्ट्रिय वन प्रयोग गर्न दिने निर्णय गरेको छ । बुधवार सार्वजनिक मन्त्रिपरिषदका २४ निर्णयमा ९ वटा आयोजना बनाउन वन प्रयोग गर्न दिनेछ ।  ...

मंसिर २१, २०७९

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) संख्या निर्धारण गरी सम्बन्धित रा...

मंसिर २१, २०७९

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाअभियोग निलम्बन फुकुवा गर्ने संसद सचिवालयको पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले गैरकानूनी ढंगले क्...

मंसिर २१, २०७९

नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले कांग्रेसको नेतृत्वमा सरकार बनाउनु पर्ने बताउँदै प्रधानमन्त्रीमा सभापति शेरबहादुर देउवाले भने दाबी छाड्नुपर्ने बताएका छन् । अहिले एजेण्डा युवा पुस्तामा रहेकाले पार्टी...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x