×

X
Nic Asia
Dabur
Khukuri

सरकारको विशेषज्ञ समूह नीति अनुसन्धान प्रतिष्ठानले मनायो ४ औँ वार्षिकोत्सव

काठमाडाैं | असोज १०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपाल सरकारको विशेषज्ञ समूह नीति अनुसन्धान प्रतिष्ठानले ९ गते आइतबार आफ्नो चौथो वार्षिकोत्सव कार्यक्रम मनाएको छ ।

LAxmi BAnk
nabil BANK inside

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठसहित मन्त्रालय, आयोग र विभिन्न निकायहरू साथै प्राज्ञिक संस्था र गैरसरकारी निकायहरूको प्रतिनिधित्व रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र विशिष्ट अतिथि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा। स्वर्णिम वाग्लेले नीति प्रवचन दिएका थिए । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

डा. भट्टराई र डा. वाग्लेले “नेपाल जस्ता अल्पविकसित मुलुकहरूको विकासमा थिंक ट्याङ्कहरूको भूमिका” शीर्षकमा बोलेका थिए ।

डा. वाग्लेले अनुसन्धानको प्रवृत्ति र अनुसन्धान संस्थाको भूमिकाको सेरोफेरोमा रहेर प्रवचन दिए ।


Advertisment
Saurya island

उनले स्थानीय तथ्याङ्कलाई विश्वव्यापीकरण गर्ने र विश्वको तथ्याङ्कलाई स्थानीयकरण गर्ने कार्यमा प्रतिष्ठानले भूमिका खेल्नुपर्ने उल्लेख गरे । 

अनुसन्धान संस्थाको काम भनेको मिथ्या र भ्रम निर्मूल पार्नु पनि रहेको उनले बताए ।

Vianet communication
IME BANK INNEWS

सार्वजनिक  सूचनाहरू ढिलो गरी जनतामा पुग्दा जनताले बुझ्ने बेलासम्म ढिलो भई सक्ने हुनाले प्रतिष्ठानले चुस्तदुरुस्त रूपमा सूचनाहरू सम्प्रेषण गर्नु पर्ने पनि बताए । 

डा. भट्टराईले रूपान्तरणका लागि दूरदृष्टि नेतृत्व, सामूहिक अठोट र सही व्यवस्थापन हुनु पर्ने बताए ।

उनले थिंक ट्याङ्कहरूलाई गठन आदेशको माध्यमबाट होइन, छाता ऐन मार्फत नै संस्थागत विकास गर्नुपर्ने बताए । 

कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा। विष्णु राज उप्रेतीले प्रतिष्ठानका गतिविधिहरूबारे प्रस्तुति गर्नुका साथै प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री श्रेष्ठलाई प्रतिष्ठानको वार्षिक प्रतिवेदन हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा प्रतिष्ठानले वार्षिक प्रतिवेदन, जर्नल, नीति सिफारिसका साथै केही अनुसन्धान प्रतिवेदनहरू समेत विमोचन गरिएको थियो ।

प्रतिष्ठानले अघिल्लो वर्ष (२०७८ साल)बाट आफ्नो स्थापना दिवसको उपलक्ष्यमा सार्वजनिक नीतिको क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने संस्था तथा व्यक्तिलाई नीति सम्मान प्रदान गर्न शुरूआत गरेको थियो । 

अघिल्लो वर्षको नीति सम्मान पुरस्कार काठमाडौं विश्वविद्यालयले प्राप्त गरेको थियो  ।

प्रतिष्ठानले यो वर्षको नीति सम्मान स्वरुप रु. एक लाख राशीसहितको प्रमाणपत्र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई प्रदान गरियो भने सर्वाङ्गीण विकास अध्ययन केन्द्र र त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभाग लाई नीति प्रशंसापत्र प्रदान गरिएको थियो ।

नीति सम्मान ग्रहण गर्दै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी प्रमुख डा. राजन खनालले यस सम्मानले नीति क्षेत्रमा काम गर्न अझै हौसला बढेको बताए । 

 यसको साथै, प्रतिष्ठानले आफ्नो कर्मचारी भित्रबाट वर्ष कर्मचारी छनौट गरी पुरस्कार र प्रशंसा पत्र समेत प्रदान गरेको छ ।

कार्यक्रम गैर्हिधारा स्थित एलिस रिसेप्सनमा आयोजना गरिएको छ । 
 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व आज मनाइँदैछ । धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व पनि आजै मनाइँदै छ । मंसिरमा धान भित्र्याएपछि श...

मंसिर २२, २०७९

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले विकास निर्माणको कामलाई र पूर्वाधार विकासको लागि प्राथमिकता दिने सरकार आवश्यक रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले १५ औं निर्माण दिवसका अवसरमा आज...

मंसिर २२, २०७९

दाङको टरिगाउँ विमानस्थलस्थित डिपोमा इन्धन भरेको ६ महिना भइसकेको छ । तर पनि जहाजमा इन्धन (रिफिल) भने हुन सकेको छैन । नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका निमित्त प्रमुख नेत्रबहादुर भण्डारीका अनुसार डिपो निर्म...

मंसिर २२, २०७९

वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले काठमाडौंमा अत्यधिक धुँवा निकालेर चल्ने सवारी साधनको चेकजाँच गर्नेभएको छ । धुँवा निस्कने सवारी साधनका कारण काठमाडौं उपत्यकामा वायू प्रदूषण बढेको भन्दै विभागल...

मंसिर २२, २०७९

 इलाम २ मा पुनः मतगणनाको माग गर्दै नेपाली कांग्रेसका प्रत्यासी डम्बर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।  मतगणनामा धाँधली गरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताएको भन्दै ख...

मंसिर २२, २०७९

तलतिर हरिचौर बजार र दरमखोला । माथितिर  घुम्टे पहाड र टेउवा । बीचमा छ गलकोट दरबार । यही दरबार परिसरमा दैनिक आगन्तुकको भीड लाग्ने गरेको छ । कुनैबेला राजाले राजगरेको यो ठाउँ अहिले पर्यटक आकर्षणको केन्द्...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x