×

X
Nic Asia
Dabur
Khukuri

ट्रेकिङ क्षेत्रमा मासेर सडक निर्माण गर्नु उपयुक्त हुँदैन : निलहरि बास्तोला

काठमाडाैं | असोज १०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बास्तोलाले सडक निर्माण गर्ने नाममा ट्रेकिङ क्षेत्र मास्नु नहुने बताएका छन् । सोमवार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य–मुख्य पर्यटकीय स्थलहरूको फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

LAxmi BAnk
nabil BANK inside

उनले पछिल्लो समय स्थानीय सरकारले सडक बनाउने नाममा ५० वर्ष पुराना पर्वतीय ट्रेकिङ गन्तव्यको अस्तित्व मेटाउने काम भइरहेको बताए । अध्यक्ष बास्तोलाले ३१ दिनको पर्वतीय ट्रेकिङ गन्तव्य रहेको अन्नपूर्ण राउण्डलाई अहिले सडक बनाउने नाममा भत्काएर ५ दिनको बनाइएको भन्दै आपत्ति जनाए । उनले सडक आवश्यक भयो भन्दैमा विश्वका १० नम्बरमा पर्ने पर्वतीय ट्रेकिङ गन्तव्यहरूको अस्तित्व मेटाउन नमिल्ने बताए । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

अध्यक्ष बास्तोलाले पछिल्लो समय धेरै पर्वतीय ट्रेकिङ गन्तव्यहरु हराउने क्रममा रहेको गुनासो गरे । उनले विश्वमा प्रचार भएर हजारौँ नागरिकलाई रोजगारी दिने पर्वतीय ट्रेकिङ गन्तव्यलाई कायम राखेर वैकल्पिक मार्गबाट सडक बनाउन सल्लाह गर्न आग्रह गरे । उनले स्थानीय सरकारहरूले पर्वतीय ट्रेकिङ गन्तव्य भएको स्थानमा सडक बनाउँदा वा पर्यटन क्षेत्रको विकासको लागि बजेट विनियोजन गर्दा टानसँग सल्लाह गर्नु उचित हुने बताए । 

अध्यक्ष बास्तोलाले रोजगारीको सिर्जनालगायत अन्य प्रचुर सम्भावना रहेको सिन्धुपाल्चोकको जुगल हिमालको प्रचार–प्रसार गर्न आवश्यक रहेको पनि बताए । उनले जुगल हिमालमा पर्वतीय गन्तव्यको लागि प्रचार–प्रसार गर्न टानले सहयोग गर्ने पनि प्रतिवद्धता जनाए । 


Advertisment
Saurya island

त्यस्तै, नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पाले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको रुपमा मान्यता दिए अर्थतन्त्रमा ठूलो योगदान गर्न सक्ने बताए । उनले पर्वतीय उद्योग जनशक्ति,व्यवस्थापनदेखि आवश्यक पूर्वाधार स्वदेशी भएको र लगानी गर्न अन्य मुलुकसँग सहयोग माग गर्नु नपर्ने उद्योग हुने बताए । उनले पर्वतीय उद्योग अन्य उद्योगको जस्तो कच्चा पदार्थ बाहिरबाट ल्याएर आधा पैसा विदेशमा पठाउने नभई विदशीबाट आउने डलरसमेत नेपालमा नै रहने उद्योग भएको बताए । 

उनले नेपालमा पर्वतीय पर्यटनको महत्व ठूलो रहेको भन्दै सरकारले पर्वतीय पर्यटन क्षेत्रको विकासमा जोड दिनु आवश्यक रहेको बताए । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

स्थायी लेखा नम्बर लिएका करदातालाई निर्धारित समयसीमाभित्रै कर दाखिला गर्न आग्रह गरिएको छ । स्थानीयस्तरमै करदातालाई प्रशिक्षण दिई समयमै कर असूली गराउने उद्देश्यले आन्तरिक राजस्व कार्यालय बालाजुद्वारा आयोजित कर प्र...

मंसिर २१, २०७९

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले वर्तमान हवाई नीति नै हवाई क्षेत्रको विकासको बाधक भएको बताएका छन् । बुधवार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कार्यक्रममा बोल्दै उनले सरकारको हवाई क्षेत्...

मंसिर २१, २०७९

तोरी र गहुँ खेतीको लागि चाहिने रासायनिक मलको अभाव भएको छ । किसानको मागअनुसार रासायनिक मल परिपूर्ति हुन नसक्दा पूर्वीका किसानलाई मलको अभाव भएको हो । विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक...

मंसिर २१, २०७९

हेजिङ सुविधा उपलब्ध गराउन चाहने सरकारी बैंकसँग सरकारले प्रस्ताव माग गरेको छ । अर्थ मन्त्रालयले बुधवार सूचना जारी गर्दै १५ दिनभित्र व्यावसायिक कार्ययोजनासहितको प्रस्ताव पेश गर्न भनेको हो । ‘हेजिङ नियमाव...

मंसिर २१, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा निगमको नेतृत्वले क्षमता विकास गर्न नसकेको बताएका छन् । बुधवार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कार्यक्रममा बोल्दै उनले सरकारले ठूलो लगानी ग...

मंसिर २१, २०७९

राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले शुक्रवारदेखि किसानको धान खरिद गर्ने भएको छ । केन्द्रबाट बजेट निकासा भएकाले  खाद्यले धान खरिद गर्न लागेको हो ।   बजेटसँगै  निर्देशन पनि आएकाले धान ख...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x