×

X
Nic Asia
Dabur
Khukuri

‘रिफ्रेस सेन्टर’ प्रयोगविहीन

नवलपरासी | असोज १०, २०७९

NTC
Argakhanchi Cement
फाइल तस्वीर
Premier Steels
TVS INSIDE

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा सवारी दुर्घटना न्यूनीकरणको उद्देश्यले सञ्चालन गरिएको ‘रिफे्रस सेन्टर’ अहिले प्रयोगविहीन बनेको छ । 

LAxmi BAnk
nabil BANK inside

रातिका समयमा लामो दूरीका सवारी चालकलाई आराम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले रिफ्रेस सेन्टर सञ्चालन गरको थियो । तर, कोभिड महामारीका कारण बन्द ‘रिफ्रेस सेन्टर’ अहिलेसम्म पुनःसञ्चालनमा आउन सकेको छैन । कोभिड महामारीका समयमा मानिसको भिडभाड बढ्दा थप जोखिम हुने भन्दै ‘रिफ्रेस सेन्टर’ बन्द गरिएको थियो । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

‘रिफ्रेस सेन्टर’ मा रातिको समय ११ देखि ४ सम्म राजमार्गमा चल्ने लामो दूरीका सवारीलाई कम्तीमा १५ मिनेट रोकेर चालकको स्वास्थ्य परीक्षण, दुई जना चालक भए नभएको जाँच, यात्रुसँग चालकको आनिबानीबारे जानकारी लिने काम हुँदै आएको थियो । स्वास्थ्य जाँचसँगै चालकलाई आराम गर्ने कक्षको व्यवस्थासमेत गरिएको थियो । 

राति चालक निदाएर हुने दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी मानिएको ‘रिफ्रेस सेन्टर’ पुनःसञ्चालनको विषय अहिले अन्योल रहेको छ । बन्द भएको ‘रिफ्रेस सेन्टर’का विषयमा छलफल चलेको भए पनि तत्काल सञ्चालनका लागि कुनै प्रक्रिया अघि नबढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी लेखनाथ पुरीले बताए । 


Advertisment
Saurya island

अहिले पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड निर्माणमा क्रममा जीर्ण रहेकाले सवारीलाई यस खण्डमा यात्रा गर्न लामो समय लाग्ने हुँदा थप रोकेर राख्न समस्या भएकाले रिफ्रेस सेन्टर सञ्चालनको विषय अन्योल रहेको उनले बताए । ‘बाटो जीर्ण छ, यसै यो बाटो पार गर्न सवारीलाई धेरै समय लाग्छ, फेरि राति रोकेर राख्न कति सान्दर्भिक हुन्छ भन्ने हो’, सूचना अधिकारी पुरीले भने । 

‘रिफ्रेस सेन्टर’मा सवारी नरोके पनि राजमार्गमा रहेको विभिन्न ट्राफिक पोष्टमा दुई वटा चालक भए नभएको र अन्य सवारी नियम पालना गरे नगरेको भन्ने विषय नियमित गर्ने गरेको उनले बताए । 

Vianet communication
IME BANK INNEWS

राजमार्गमा यातायात सञ्चालनमा सहज भएपछि भने रिफ्रेस सेन्टर पुनःसञ्चालन गर्न सकिने उनको भनाइ छ । तर, अहिले नै सञ्चालनको विषयमा कुनै निर्णय नभएको सूचना अधिकारी पुरीले बताए । रासस
 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व आज मनाइँदैछ । धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व पनि आजै मनाइँदै छ । मंसिरमा धान भित्र्याएपछि श...

मंसिर २२, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली आकाश हवाई उडानका लागि सुरक्षित रहेको बताएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा यहाँ आयोजित एक कार्यक्रममा उनले त्यो कुरा बताए । अन्तर्...

मंसिर २२, २०७९

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार बिहीबार बिहान प्रदेश १ का साथै देशका पहाडी  भूभागका थोरै स्थानहरूमा आंशिक बदली रहेको छ । ...

मंसिर २२, २०७९

कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाँउपालिका –१ को आधारभूत विद्यालय भाराङमा आएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो । घरका सदस्य र आफन्तसँग कुराकानी गर्ने मन हुँदा पनि उनल...

मंसिर २२, २०७९

 इलाम २ मा पुनः मतगणनाको माग गर्दै नेपाली कांग्रेसका प्रत्यासी डम्बर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।  मतगणनामा धाँधली गरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताएको भन्दै ख...

मंसिर २१, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक चाडपर्वले सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छन् । उधौली पर्व, २०७९ का अवसरमा आज शुभकामना...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x