×

X
Nic Asia
Khukuri

दशैंमा २० लाखले काठमाडौं उपत्यका छोड्ने

काठमाडाैं | असोज १०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

दशैंमा काठमाडौं उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको संख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरुपमा नागढुंगा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको संख्या दैनिक ५० हजार भन्दामाथि रहेको छ । यसपटक दशैंमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताए । 

LAxmi BAnk
nabil BANK inside

अघिल्लो दुई आर्थिक वर्षमा कोरानालगायत कारणले दशैंका बेला पनि उपत्यकाबाट बाहिर जानेको संख्या न्यून थियो । तीन वर्षअघि काठमाडौं उपत्यकाबाट दशैंका अवसरमा घर फर्कनेको संख्या २० लाखको हाराहारीमा रहेको तथ्यांक छ ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

दशैंमा घर जाने यात्रुलाई सहजीकरण गर्न ट्राफिक प्रहरीले गोंगबु, चाबहिल, कोटेश्वर, कलंकीलगायत उपत्यकाका १४ यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी र ट्राफिक प्रहरी  सवारीको समन्वयमा स्थापना गरिएका त्यस्ता कक्षबाट गन्तव्यस्थल जान सवारीसाधन नपाउने तथा विभिन्न कारणले अप्ठ्यारोमा परेका यात्रुलाई सहजीकरण गर्नेछ ।


Advertisment
Saurya island

सवारी चाप र भिडभाडका कारण हुनसक्ने चोरी र पाकेट मार नियन्त्रण, क्षमताभन्दा बढी चढाउने सवारी साधनलाई कारवाही गर्न सादा पोशाकमा पनि प्रहरी खटिने प्रवक्ता भट्टले जानकारी दिए । 

महानगरीय ट्राफिक प्रहरी कार्यालयले दशैं मनाउन घर फर्कने यात्रुको बढी चापलगायतका कारणले सवारी दुर्घटना हुनसक्ने भएकाले चालकले तीव्र गति वा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाएमा खबर गर्न आग्रह गरेको छ । यातायात व्यवसायीले पनि दशैंका लागि पर्याप्त सवारीसाधन उपलब्ध हुने प्रतिबद्धता जनाउँदै सवारी साधनको अभाव नहुने भएकाले यात्रुलाई ढुक्क भएर टिकट लिएर मात्र गन्तव्यतर्फ प्रस्थान गर्न सुझाव दिएको छ ।

Vianet communication
IME BANK INNEWS

अहिले उपत्यका भित्रने सवारी साधनको तुलनामा बाहिर जाने सवारी साधन र यात्रुको संख्या उल्लेख्यरूपमा वृद्धि भएको छ । प्रहरीले छतमा नचढ्न, सवारीसाधनमा नझुण्डिन र कसरी यात्रा गर्दा सुरक्षित हुन्छ त्यसतर्फ आफैँ सचेत रहन सबै यात्रुसँग आग्रह गरेको छ । रासस

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १३, २०७९

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले करोड पर्ने गाडी नचढेर आफूले दुई वटा डोजर किनेको बताएका छन् । यति गर्दा पनि आफ्नो विरोध भएको सामाजिक सञ्जालमा लेखेका साम्पाङले आफ्नो विरोध गर्नेहरु खराब प्रवृति भएकाहर...

मंसिर १३, २०७९

राष्ट्रिय भूमि अधिकार मञ्च नेपालले सुकुम्बासी बस्तीमा डोजर चलाउनु ‘कानून ठाडो उल्लंघन एवं मानवीय अपराध’ भएको बताएको छ । थापाथलीस्थित सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले सोमवार डोजर चलाएको...

मंसिर १३, २०७९

मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ ।  सूचना जारी गर्दै समितिले मेलम्चीको पानी पथान्तरणको कार्य सोमवारदेखि शुरु गरिएकाले उक्त पानी पथान्तरण...

मंसिर १३, २०७९

औषधि व्यवस्था विभागले बालबालिकाको लागि प्रयोग गरिने औषधिमा इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायन मिसावट नभएको मात्र बिक्री वितरण गर्न आग्रह गरेको छ ।   बालबालिकामा प्रयोग हुने कतिपय झोल औषधिमा...

मंसिर १३, २०७९

काठमाडौंको फर्पिङबाट  पक्राउ परेका सुमो चालकलाई अभद्र व्यवहार मुद्दा चलाइएको छ । सोमबार पक्राउ परेका चालकमाथि मंगलबार मुद्दा चलाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका प्रवक्ता एवं प्रहरी ...

मंसिर १३, २०७९

सर्वोच्च अदालतले थारु समुदायका लागि निजामती तथा सरकारी सेवाको विज्ञापनमा ६ दशमलव ६ प्रतिशत आरक्षण नछुट्याउन आदेश दिएको छ । न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र डा.कुमार चुडालको संयुक्त इजलासले आइतवार गरेको आदे...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x