×

X
Nic Asia
Khukuri

बलात्कारको आरोप

के हो डिफ्युजन नोटिसको अर्थ ? अब इन्टरपोलले सन्दीपलाई पक्राउ गरिहाल्छ ?

काठमाडाैं | असोज ११, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेको खोजीका लागि प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको छ ।

LAxmi BAnk
nabil BANK inside

सन्दीपको खोजीका लागि इन्टरपोलको नेपाल शाखाले हेडक्वार्टरलाई अनुरोध गरेपछि डिफ्युजन नोटिस जारी भएको हो ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

वारेन्ट जारी नभएका तथा अनुसन्धानकै क्रममा रहेका फरार अभियुक्तहरूको खोजीका लागि डिफ्युजन जारी गरिन्छ ।

अदालतमा मुद्दा दायर भई वारेन्ट जारी भएका फरार अभियुक्तहरूको खोजीका लागि भने रेड नोटिस जारी हुन्छ ।


Advertisment
Saurya island

डिफ्युजन नोटिस खोजीका लागि हो भने पक्राउ गर्न रेड नोटिस जारी गर्नुपर्छ ।

डिफ्युजन नोटिसका भरमा कुनै पनि व्यक्तिलाई पक्राउ गर्न सम्बन्धित देशको प्रहरी बाध्य हुँदैन । तर, उक्त व्यक्ति फरार आरोपी हो भन्ने जानकारी प्राप्त भएर सम्बन्धित देशको प्रहरीले निगरानी गर्न थाल्नेछ ।

Vianet communication
IME BANK INNEWS

आफूविरुद्ध लागेको आरोप झूटो रहेको र त्यसको सामना गर्ने भन्दै सन्दीपले आइतबार फेसबूकमा लामो स्टाटस लेखेका थिए ।

सन्दीपले लेखेको फेसबूक स्टाटसमा आफूमा स्वास्थ्य समस्या देखिएको र आइसोलेसनमा रहेको जनाइएको छ । उनले छिट्टै नेपाल आउने उल्लेख गरेका छन् ।

फेसबूकमार्फत आफू नेपाल आउने कुरा लेखे पनि आउन ढिलाइ गरेपछि प्रहरीले इन्टरपोलमार्फत पक्राउ गर्न प्रक्रिया अगाडि बढाएको हो ।

सन्दीपविरुद्ध जाहेरी परेको पनि २१ पुगेको छ । 

प्रहरी स्रोतका अनुसार सन्दीप यसबीचमा सिंगापुर, भारत र दुबई आवतजावत गरेका छन् । अहिले उनी सिंगापुरमा रहेको प्रहरी स्रोतको दाबी छ ।

‘उनी कहाँ छन् भन्ने हामीलाई थाहा छ, हामीले रेकी गरिरहेका छौं, तर उनी आफैं नेपाल नआएपछि हामीले प्रक्रियामार्फत ल्याउन लागेका हौं,’ इन्टरपोल नेपाल शाखाका एक प्रहरी अधिकृतले लोकान्तरसँग भने ।

सन्दीप सिंगापुरमा रहेको सूचना प्रहरीलाई भए पनि आधिकारिक रूपमा खोजीका लागि डिफ्युजन नोटिस जारी भएको हो ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले सन्दीप नेपाल नआएपछि प्रहरीले आफ्नो प्रक्रियाबाट ल्याउन लागेको बताए ।

‘उनलाई गम्भीर आरोप लागेको छ । प्रहरीले आफ्नो अनुसन्धान प्रक्रिया त गर्ने नै भयो,’ डीआईजी राईले भने  ।

भदौ ५ गते १७ वर्षीया किशोरीलाई काठमाडौंको एक होटलमा पटक–पटक बलात्कार गरेको आरोप सन्दीपमाथि छ । ती किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।

भदौ ६ गते बिहान होटलबाट निस्किएर अन्तर्राष्ट्रिय शृंखलाका लागि सन्दीप केन्या गएका थिए । केन्यामा खेल सकिएपछि उनी क्यारेबियन लिग खेल्न वेस्ट इन्डिज गएका थिए ।

उनी वेस्टइन्डिजमै रहेका बेला काठमाडौंमा बलात्कारको उजुरी दर्ता भएपछि सन्दीप त्यहाँबाट हिँडेका थिए । भदौ २६ गते वेस्ट इन्डिज छाडेका सन्दीप अहिलेसम्म विदेशमै लुकेर बसिरहेका छन् ।

बलात्कार आरोप लागेको २ दिनपछि उनले क्रिकेट एसोसिएसन नेपाल (क्यान)मा सम्पर्क गरेर आफू नेपाल फर्किन लागेको र कानूनी लडाइँ लड्नका लागि सहयोग गर्न भनेका थिए ।

त्यसयता भने उनी कसैसँग औपचारिक सम्पर्कमा छैनन् । यसबीचमा उनले दुईपटक फेसबूक स्टाटस लेखेका छन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले सन्दीपको खोजी भइरहेको बताए । नेपाल आउनेबित्तिकै पक्राउ गर्ने उनको भनाइ छ ।

नेपाल आउन ढिलाइ गरेमा भने इन्टरपोलमार्फत पक्राउ गरेर नेपाल ल्याउने प्रहरीको तयारी छ । त्यसका लागि भने केही समय लाग्नेछ ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर ९, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प सेमरी नवलपरासीमा कार्यरत सशस्त्र प्रहरी जवान मुख्तार देवानलाई नियन्त्रणमा लिएको छ ।  महेशपुर सीमा नाकाबाट सामान खरिद गरी ल्या...

मंसिर ११, २०७९

काठमाडौं उपत्यकामा शृंखलाबद्ध रुपमा मोटरसाइकल चोरी हुने गरेको तथ्य प्रहरीले फेला पारेको छ । एकै व्यक्तिले पटकपटक मोटरसाइकल चोरी गरी बिक्री गर्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पत्ता ल...

मंसिर १२, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छाँयानाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्वर सारुसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सारूसहित उक्त नगरपालिकाका लेख...

मंसिर १२, २०७९

लैङ्गिक हिंसाका विरुद्ध अभियान चलिरहेकै बेला सप्तरीमा एक महिलाको आफ्नै श्रीमान्द्वारा हत्या भएको छ । ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ नाराका साथकार्यक्रमहरू भइरहेको बेला सप्तरीको ...

मंसिर ११, २०७९

नेपाल प्रहरीले स्रोत नखुलेको १३ लाख ८९ हजार रुपैयाँ नगदसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा खटिएको प्रहरीको टोलीले आइतबार बुद्ध एयरको विमानबाट क...

मंसिर १२, २०७९

नेपाल प्रहरीले अनलाइनमार्फत कसैले चिठ्ठा पर्‍यो भन्दै कर भुक्तानीका लागि रकम माग गरे नदिन आग्रह गरेको छ । प्रहरीको साइबर व्युरोले सार्वजनिक सूचना प्रकाशित गर्दै अनलाइनमार्फत चिनजान भएका कसैले पनि रकम माग गर...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x