कात्तिक ७, २०७९
महेन्द्र सुवेदीले ३० वर्षअघि काठमाडौंमा रोजगारी खोज्ने सिलसिलामा नर्सरी पेशा अँगाले । विक्रम संवत् २०५० सालको कुरा हो । भर्खरै एसएलसी पास गरेर भोजपुरबाट काठमाडौं आएका बेला भिनाजुको भाइमार्फत नर्सरी पेशामा...
काठमाडाैं | असोज २८, २०७९
सडकमा सानो व्यवसाय गरेर जीविका चलाइरहेका गरीब र सर्वसाधारणमाथि काठमाडौं महानगरले गरिरहेको दमन र अत्याचारले गर्दा गरीबको उठिबास लागेको छ ।
फूटपाथ खाली गर्ने नाममा महानगरले विकल्प नदिई सानो लगानीका स्वरोजगारमूलक व्यवसायीलाई बिल्लीबाठ बनाएको छ ।
महानगरको अत्याचारको चपेटामा परेकी पछिल्ली पात्र हुन्, लमजुङकी शर्मिला तामाङ ।
छोराको पालनपोषण र आफ्नै हातभित्र राखिएको स्टिलको रड झिक्नका लागि शर्मिलाले ठेलागाडामा चना–चटपटेको व्यापार गर्दै आएकी थिइन् ।
कसैले सहयोग गरेर किनेको ठेलामा सानो व्यापार गरेर उनले छोराको पालनपोषण र दैनिक गुजारा चलाउँदै आएकी थिइन् । केही वर्षअघि दुर्घटनामा परेर अपरेसन गर्दा उनको हातभित्र स्टिल राखिएको छ ।
त्यो स्टिल झिक्नुपर्ने दुई वर्षअघि नै थियो, तर रकम अभावका कारण झिक्न सकेकी छैनन् । बिहीवार काठमाडौं महानगरका सनकी नगर प्रहरीले लछारपछार गर्दै उनको ठेला खोसिदिए ।
महानगरको ज्यादतीले उनको सपना चकनाचुर भयो । महानगरले खोसेर बाँकी रहेका सामान बेच्न शुक्रवार सडकमा आएकी शर्मिलाले हिजोकै नियति भोग्नुपर्यो ।
बाँकी रहेका सामान पनि महानगरले खोसेर लगेपछि शर्मिला भक्कानिँदै रोइरहेकी छिन् ।
रोइकराई गर्दै छोरा च्यापेर शर्मिला बिहीवार अपराह्न महानगरको कार्यालय पुगेकी थिइन् । ठेला फिर्ता माग्दा आफ्नै आँखा अगाडि डोजर लगाएर कच्याककुचुक पारिएको गुनासो उनले गरिन् ।
छोरो काखमा लिएर आँसु पुछ्दै गरेकी शर्मिलाले भनिन्– गरीबमाथि अत्याचार गर्नेको भलो हुँदैन ।
हेर्नुहोस्, महानगरको अत्याचारमा परेकी शर्मिलाको पीडादायी कहानी :
महेन्द्र सुवेदीले ३० वर्षअघि काठमाडौंमा रोजगारी खोज्ने सिलसिलामा नर्सरी पेशा अँगाले । विक्रम संवत् २०५० सालको कुरा हो । भर्खरै एसएलसी पास गरेर भोजपुरबाट काठमाडौं आएका बेला भिनाजुको भाइमार्फत नर्सरी पेशामा...
थापाथलीको ट्राफिक जाममा रोकिएका बेला कलंकी जाने शुभकामना यातायातको एउटा मिनी बसमा मेरो नजर पर्यो । एकजना महिला ढोकामा उभिएर सानो आवाजमा त्रिपुरेश्वर, कालिमाटी, कलंकी भनेर यात्रु बोलाउँदै थिइन् । ...
थापाथलीस्थित सुकुम्वासी बस्तीमा काठमाडौं महानगरले डोजर चलाउने क्रममा अवरोध भएको छ । महानगरपालिकाले अनधिकृत रूपमा बनाइएका भौतिक संरचना हटाउने अभियानअन्तर्गत सोमवार दिउँसो डोजर चलाउन शुरू गर...
अर्घाखाँचीको छत्रदेव गाउँपालिका ठूलापोखराका कृष्णप्रसाद पौडेल ६९ वर्षका भए । उनको तौल जम्मा १२ केजी रहेको छ । अर्घाखाँची जिल्लामा उनी शिक्षासेवी र प्रेरक व्यक्तित्वको रूपमा परिचित छन् । विक्रम संवत् २०११ सालमा ...
काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत बनेका अनधिकृत भौतिक संरचनाहरू भत्काएपछि असरल्ल छाडिएको करिब ४ महिना बितिसकेको छ । भत्काइएका संरचनाको अहिलेसम्म उचित व्यवस्थापन हुन नसक्दा शहर नै कुरुपझैं ...
काठमाडौंको केन्द्रमा रहेको सुन्धारा, रत्नपार्क, जमल आसपासका क्षेत्रमा हिजोआज एक युवक चुनावी सचेतना जगाउन नयाँ शैलीको अभियानमा भेटिन्छन् । 'भोटको सही सदुपयोग गर्नुहोला धन्यवाद' लेखिएको कागजको टोपी उ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...