असोज २८, २०७९
सडकमा सानो व्यवसाय गरेर जीविका चलाइरहेका गरीब र सर्वसाधारणमाथि काठमाडौं महानगरले गरिरहेको दमन र अत्याचारले गर्दा गरीबको उठिबास लागेको छ । फूटपाथ खाली गर्ने नाममा महानगरले विकल्प नदिई सानो लगानीका...
काठमाडाैं | असोज ३०, २०७९
साढे ६ वर्ष दक्षिण कोरियामा काम गरेर फर्किएका बुवा र त्रिभुवन विश्वविद्यालयबाट एमएससी गर्दै गरेका छोरा सँगै म्यादी प्रहरीमा भर्ना भएका छन् ।
आइतवारबाट शुरू भएको ४० दिने म्यादीको जागिरमा सीतापाइलाका राजेन्द्र बास्कोटा र उनका छोरा आदेश बास्कोटा एकसाथ भर्ती भएका हुन् ।
यसअघि स्थानीय तहको निर्वाचनमा समेत म्यादी प्रहरीमा खटिएका बास्कोटाले यसपटक भने छोरालाई पनि सँगै लिएर गएका छन् । छोराको अहिले क्याम्पस बिदा भएको हुँदा फुसर्दको समयको सदुपयोग गर्न र केही नयाँ सिक्दै आयआर्जन गर्न म्यादीमा भर्ना भएको बास्कोटाले बताए ।
सुरक्षा निकायसँग जोडिन पाउने, फुसर्दको समय सदुपयोग हुने र निर्वाचनमा पनि प्रत्यक्षरूपमा भाग लिन पाइने भएकाले अघिल्लोपटक म्यादीमा गएका राजेन्द्र यसपटक पनि भर्ती भएका हुन् ।
अघिल्लोपटक काम गर्दाको सुखद् अनुभवका कारण पनि म्यादीमा फेरि भर्ती हुन प्रोत्साहन मिलेको उनले बताए ।
बाहिर बस्दा मेहनत गर्ने बानी एकदमै धेरै हुन्छ । त्यहीँ मेहनत गर्दागर्दै कोरियामा नै उनी दुर्घटना परेका थिए । दुर्घटनामा हातमा गम्भीर चोट लागेकाले केही समयको उपचारपछि उनी स्वदेश फर्किए ।
मशिनमा परेको उनको हात स्वदेशमा थप उपचारपछि तन्दुरुस्त त भयो तर हातलाई दबाब पर्ने काम गर्न नमिल्ने र केही समय आराम गर्नुपर्ने सुझाव चिकित्सकले दिए ।
हात विस्तारै ठीक हुँदै गएपछि म्यादीमा जान सकिने सोचेर उनी अघिल्लोपटक नै भर्ती भएका थिए ।
त्यसो त गत स्थानीय चुनावमा म्यादीमा खटिएकैलाई नेपाल प्रहरीले यसपटक पनि प्राथमिकता दिएको छ ।
वैशाखकै स्थानीय तहको निर्वाचनमा म्यादीमा जान रुचि देखाएका छोरा आदेश भने पढाइकै कारण सहभागी हुन पाएका थिएनन् । यसपटक भने नियमित कलेज जानु नपर्ने, घरमा बसेर समय व्यतित गर्नुभन्दा नयाँ अनुभव हुने र सुरक्षा निकायसँग जोडिएर केही सिक्न पाइने हुँदा म्यादीमा भर्ती भएको आदेशले बताए ।
आदेश विज्ञान संकायअन्तर्गत भौतिक शास्त्रमा एमएससी गर्दैछन् ।
काम सानोतिनो नहुने र आफूलाई जे सहज लाग्छ त्यो गर्न सकिने सोचेर म्यादीमा भर्ती भएको उनको भनाइ छ । आदेशलाई आफ्नो शैक्षिक उपाधिसँगै लोकसेवातर्फ पनि रुचि छ ।
उनले अहिले पनि राष्ट्रिय परीक्षा बोर्डका लागि तयारी गर्दैछन् । उनले यसअघि नेपाल प्रहरीमा रोजगारीका लागि प्रयास गरेको भएपनि अन्तर्वार्तामा छनोट हुन सकेनन् ।
लोकसेवामा रुचि रहेकाले उमेर छउञ्जेल सरकारी सेवाकै लागि प्रयास गरिरहने उनी बताउँछन् ।
फुसर्दको समयको सदुपयोग गर्दै आर्थिक उपार्जन गर्नमा शिक्षित युवाहरू पनि अगाडि सर्नुपर्ने बुवा राजेन्द्र बताउँछन् ।
काम सानोठूलो नहुने भएकाले शिक्षित भन्दैमा काम गर्न हिच्किचाउन नहुने छोरा आदेशको बुझाइ छ ।
हेर्नुहोस्, भिडियो :
सडकमा सानो व्यवसाय गरेर जीविका चलाइरहेका गरीब र सर्वसाधारणमाथि काठमाडौं महानगरले गरिरहेको दमन र अत्याचारले गर्दा गरीबको उठिबास लागेको छ । फूटपाथ खाली गर्ने नाममा महानगरले विकल्प नदिई सानो लगानीका...
काठमाडौंको केन्द्रमा रहेको सुन्धारा, रत्नपार्क, जमल आसपासका क्षेत्रमा हिजोआज एक युवक चुनावी सचेतना जगाउन नयाँ शैलीको अभियानमा भेटिन्छन् । 'भोटको सही सदुपयोग गर्नुहोला धन्यवाद' लेखिएको कागजको टोपी उ...
महेन्द्र सुवेदीले ३० वर्षअघि काठमाडौंमा रोजगारी खोज्ने सिलसिलामा नर्सरी पेशा अँगाले । विक्रम संवत् २०५० सालको कुरा हो । भर्खरै एसएलसी पास गरेर भोजपुरबाट काठमाडौं आएका बेला भिनाजुको भाइमार्फत नर्सरी पेशामा...
काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत बनेका अनधिकृत भौतिक संरचनाहरू भत्काएपछि असरल्ल छाडिएको करिब ४ महिना बितिसकेको छ । भत्काइएका संरचनाको अहिलेसम्म उचित व्यवस्थापन हुन नसक्दा शहर नै कुरुपझैं ...
थापाथलीको ट्राफिक जाममा रोकिएका बेला कलंकी जाने शुभकामना यातायातको एउटा मिनी बसमा मेरो नजर पर्यो । एकजना महिला ढोकामा उभिएर सानो आवाजमा त्रिपुरेश्वर, कालिमाटी, कलंकी भनेर यात्रु बोलाउँदै थिइन् । ...
ध्यान भन्नेबित्तिकै आममानिसको बुझाइ छ, यो केही लामो समयको हुन्छ । तर, ललितपुर निवासी डा. विजय बज्राचार्यले मानिसहरूलाई जम्मा ३ मिनेटमा गर्न सकिने ध्यान सिकाउँदै आएका छन् । शान्ति वन अभियान ‘द व...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...