×

X
Nic Asia
Dabur
Khukuri

चुनावको मिति घोषणा हुँदै गर्दा जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी मैदानमा आश्चर्यजनक प्रर्दशन गर्‍यो । स्थापित भनिएका ठूला दलका उम्मेदवारलाई हायल–कायल पारिदियो । 

LAxmi BAnk
nabil BANK inside

पहिलो प्रयासमै प्रत्यक्षतर्फ ६ जनाले चुनाव जितिसकेका छन् । अझै केही ठाउँमा अग्रता कायम छ । यसअघि कहिल्यै राजनीतिमा नजोडिएका व्यक्तिहरू अहिले चुनाव जितेर सांसद भएका छन् । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

रास्वपाका सभापति रवि लामिछाने यसअघि कुनै राजनीतिक मोर्चामा थिएनन् । टेलिभिजनमा कार्यक्रम प्रस्तोता रहेका लामिछानेले गत असार–१ मा जागिरबाट हात झिकेर राजनीतिक यात्रा तय गरेका थिए । पहिलो प्रयासमै चितवन–२ बाट चुनाव जिते र सांसद बने । 


Advertisment
Saurya island

रविमात्रै होइन, उनको नेतृत्वमा ६ जना नयाँ अनुहार प्रवेश गर्ने पक्का भइसकेको छ । 

काठमाडौं–२ बाट सोविता गौतमले चुनाव जितेकी छन् । उनी पहिलो प्रयासमै संसद् पुग्ने सबैभन्दा कम उमेरकी सांसद हुने सम्भावना छ । यसअघि सञ्चार क्षेत्र र वकालत पेशामा रहेकी उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी थिइन् । 

Vianet communication
IME BANK INNEWS

गौतमले एमालेका उम्मेदवार मणिराम फुँयाल, सत्ता गठबन्धनकी उम्मेदवार ओनसरी घर्तीलाई पराजित गरेर संसद् छिर्ने साँचो आफ्नो हातमा पारेकी हुन् । 

काठमाडौं–६ बाट जितेका शिशिर खनाल, काठमाडौं–७ बाट विजयी भएका गणेश पराजुली पनि पहिलो प्रयासमै सांसद बनेका हुन् । खनाल नीति निर्माणका विज्ञ हुन् । उनले अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका छन् । पराजुलीको पृष्ठभूमी पर्यटन व्यवसाय हो ।

त्यसैगरी, ललितपुर–३ बाट निर्वाचिन डा. तोसिमा कार्की पनि यसअघि राजनीतिक मोर्चामा थिइनन् । पाटन अस्पतालमा कार्यरत कार्की नेपाल मेडिकल काउन्सिलको सदस्य निर्वाचित भएकी थिइन् । डाक्टरी पेशा छाडेर राजनीतिमा होमिएकी कार्की पनि पहिलो चुनावी प्रतिस्पर्धाबाटै सांसद पुगेकी हुन् ।

कांग्रेस, एमाले र माओवादी केन्द्रबाट पनि पहिलो प्रयासमै संसदमा पुग्ने उम्मेदवार धेरै छन् । 

उदयपुर–२ बाट निर्वाचित एमालेका अम्बरबहादुर रायमाझीले पहिलो पटक चुनावी प्रतिस्पर्धाका लागि टिकट पाएका थिए । उनका लागि आफैँ उम्मेदवार भएर चुनाव लडेको यो पहिलो अनुभव हो । उनले गठबन्धनका साझा उम्मेदवार एवं एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गरेका हुन् । 

राजनीतिक जिम्मेवारीका हिसाबले पनि रायमाझी एमालेको प्रदेश कमिटीका सचिवालय सदस्य मात्रै हुन् । उनले राष्ट्रिय राजनीतिमा पहिचान बनाइसकेका खतिवडालाई पराजित गरे । 

एमालेकै नेता ठाकुर गैरे अनेरास्ववियुको अध्यक्ष हुँदै पार्टी राजनीतिमा आएका हुन् । तर, उनले संसदीय राजनीतिमा आउन भने ठूलो मेहनत लगाउनुप¥यो । पार्टीभित्र उनी लामो समय ‘लखेटाइ’मा परेका थिए । 

यसपटक उनले चुनावी मैदानमा उत्रिने टिकट पाए । उनले टिकट पाउनुमा पनि एमाले विभाजन मुख्य कारण हो । एमालेबाट टिकट लिएर चुनाव लड्दै आएका सोमप्रसाद पाण्डे एकीकृत समाजवादीमा लागेपछि गैरेका लागि मैदान खाली भयो । 

उक्त मैदानमा गैरेसँग प्रतिस्पर्धा गर्न उनै सोमप्रसाद पाण्डे आए । पाल्पा–२ को मतगणना जारी छ । तर, गैरे पाण्डेभन्दा ४ हजार मतले अगाडि छन् । गैरे निर्वाचित हुने लगभग पक्काजस्तै छ । 

मकवानपुर–२ मा तीन दशकदेखिको विरोध खतिवडाको विरासत भत्काउँदै एमालेका महेश बर्तौलाले चुनाव जितेका छन् । बर्तौलाको लागि पनि यस पटकको चुनावी मैदान पहिलो अनुभव थियो । 

अघिल्लोपटक एमालेबाट जितेर अहिले एकीकृत समाजवादीमा रहेका खतिवडा स्वास्थ्यमन्त्री भइसकेका व्यक्ति हुन् । ०४६ सालपछि भएका सबै निर्वाचनमा एमाले विजयी हुँदै आएको थियो । २०४८, २०५१, २०५६ र २०७४ सालको निर्वाचनमा खतिवडा नै विजयी भएका थिए । उनै खतिवडालाई विस्थापन गरेर बर्तौला संसद् प्रवेश गर्ने भएका छन् । 

एमालेका केन्द्रीय सदस्य सूर्य थापा प्युठानबाट निर्वाचित भएका छन् । थापाका लागि पनि आफैँ उम्मेदवार भएर संसदीय चुनाव लडेको पहिलो अनुभव हो । 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटाले सिन्धुपाल्चोक–१ बाट चुनाव जितेका छन् । उनले पनि पहिलो पटक संसदीय चुनावको टिकट पाएका हुन् ।

सिन्धुपाल्चोक–१ बाट अघिल्लो पटक एमाले–माओवादी गठबन्धनको बलमा अग्निप्रसाद सापकोटाले चुनाव जितेका थिए । यसपटक उनका भतिजालाई अघि सारेर अग्निले विश्राम लिए । माधव सापकोटालाई सत्तारूढ गठबन्धनको साथ थियो । सिन्धुपाल्चोकमा अघिल्लो पटक एमालेले माओवादी उम्मेदवारलाई चुनाव जिताएको थियो भने यसपटक कांग्रेसको साथमा सापकोटाले चुनाव जितेका छन् । उनले एमालेका नेता सरेश नेपाललाई पराजित गरेका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामप्रकाश चौधरी पनि पहिलो प्रयासमै संसद् छिरेका छन् । उनले सर्लाही–१ बाट चुनाव जितेका हुन् । उनले एमालेका बागी उम्मेदवार मानबहादुर खड्कालाई पराजित गरे । 

जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउत पनि पहिलो चुनावी प्रतिस्पर्धामै संघीय संसदमा आएका अनुहार हुन् । उनले मधेशमा स्थापित राजनीतिक ‘ब्राण्ड’ उपेन्द्र यादवलाई भारी मतान्तरले पराजित गरेका हुन् । यादवलाई मधेशका ‘मसिहा’को उपनामले चिनिन्थ्यो । मधेश आन्दोलनको बलमा उनले सत्तारोहन गर्दै आएका थिए । तर, यादवको सत्तारोहण यात्रालाई राउतले ब्रेक लगाइदिएका छन् । 

मधेशलाई ‘छुट्टै देश बनाउनु पर्छ’ भन्ने नारा स्थापित गरेर आएका राउतले केपी शर्मा ओली नेतृत्वको सरकारसँग सम्झौता गरी विखण्डनको बाटो त्यागेका थिए । 

मुस्ताङबाट चुनाव जितेका कांग्रेसका २९ वर्षीया योगेश गौचन थकाली पनि संसदमा ‘फ्रेस’ अनुहार हुन् । उनले आफ्नै मामा एमालेका उम्मेदवार प्रेम तुलाचनलाई चुनावमा पराजित गरेका हुन् । उनले पनि संसदीय चुनावमा पहिलो पटक टिकट हात पारेका हुन् ।

रूपन्देही–५ बाट चुनाव जितेका एमालेका नेता वासुदेव घिमिरे पनि संसदमा नयाँ अनुहार हुन् । उनले पनि संसदीय चुनावको पहिलो अनुभव लिएका छन् । यसअघि २०७४ मा उनले तिलोत्तमा नगरपालिकाको प्रमुख जितेका थिए । त्यसबेला, नगरपालिकालाई देशकै उत्कृष्ट बनाउने गरी काम गरेको श्रेय घिमिरेले पाएका थिए । 

जुम्लाबाट निर्वाचित भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) पनि पहिलो प्रयासमै संसदमा पुगेका छन् । बेथिति र भ्रष्टाचारबारे युट्युबमा टिप्पणी गर्दै अभियन्ताकारूपमा आफूलाई स्थापित गराएका शाहीले जन्मथलो जुम्लाबाटै चुनाव लडेका थिए । उनले माओवादी केन्द्रकी गोमा गौतमलाई चुनाव हराएर संसदको सिट पक्का गरेका हुन् ।

दैलेख–२ बाट निर्वाचित भएका नेपालीकांग्रेसका दिक्पाल शाहीले पनि पहिलो प्रयासमै संसदमा सिट सुरक्षित गरेका छन् ।  उनले नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेललाई पराजित गरेका हुन् । पहिलो पटक संसदीय निर्वाचनमा उत्रिएका शाही विभिन्न सामाजिक संघ, संस्थामा रहेर कामगर्दै आएका छन् । 

सोलुखुम्बुबाट चुनाव जितेका एमालेका केन्द्रीय सदस्य मानवीर राई पनि पहिलो प्रयासमै संसदमा आइपुगेका छन् । मानवीरले चुनाव जितेर एकै पटक २ वटा रेकर्ड बनाए । मानवीर नै सोलुखुम्बुमा एमालेलाई जिताउने पहिलो उम्मेदवार हुन् । यसअघि सोलुमा एमालेले कहिल्यै संसदीय चुनाव जितेको थिएन । सातौँ पटक उम्मेदवार भएका कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीको जीत यात्रालाई राईले ब्रेक लगाइ दिएका हुन् । राई आफैँले पनि पहिलो पटक संसदीय चुनाव फेस गरेका थिए । 

त्यसैगरी, नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार भएकाहरू पनि पहिलो प्रयासमा संघीय संसदमा आउने क्रममा छन् । 

कैलाली–३ बाट गंगाराम चौधरीले जितेका छन् भने कैलाली–१ मा रेशम चौधरीकी श्रीमति रञ्जिता श्रेष्ठले चुनाव जित्ने पक्का–पक्की छ । 

दोलखमा उम्मेदवार रहेका एमालेका बालकृष्ण सिवाकोटी र गठबन्धनकातर्फबाट उम्मेदवार भएका गंगाबहादुर कार्की दुवै जना पहिलोपटक संसदीय चुनाव फेस गरिरहेका छन् । तर, दोलखाबाट प्रदेशसभाका उम्मेदवार कांग्रेस नेता कुन्दन काफ्लेले बुथकब्जा गरेको भन्दै एमालेले मतगणना हुनदिएको छैन । दोलखाबाट प्रतिनिधि सभामा जसले चुनाव जिते पनि चुनाव जित्ने व्यक्ति पहिलो पटक सांसद हुनेछन् ।

इलामबाट उम्मेदवार रहेका एमालेका जिल्लाअध्यक्ष महेश बस्नेत पनि पहिलो पटक संसदीय चुनावको मैदानमा आएका हुन् । इलाम–१ बाट उम्मेदवार रहेका बस्नेत आफ्नै अग्रज झलनाथ खनालसँग प्रतिस्पर्धा गरिरहेका छन् । इलाममा मत गणना जारी छ तर, बस्नेत खनालसँग फराकिलो मतान्तरले अघि छन् । जीतनिकट रहेका बस्नेत पनि संघीय संसदमा फ्रेस अनुहार हुन् । 

मोरङ ५ बाट स्वतन्त्र उम्मेदवारी दिएर जितेका योगेन्द्र मण्डलले पनि पहिलो प्रयासमै संसदको यात्रा तय गरेका हुन् । 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका छन् । श्रीवास्तवले बुधबार ओलीलाई उनकै निवास बालकोटमा पुगेर भेटेका हुन् ।  ओली र श्रीवास्तवबीच ...

मंसिर २१, २०७९

नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले कांग्रेसको नेतृत्वमा सरकार बनाउनु पर्ने बताउँदै प्रधानमन्त्रीमा सभापति शेरबहादुर देउवाले भने दाबी छाड्नुपर्ने बताएका छन् । अहिले एजेण्डा युवा पुस्तामा रहेकाले पार्टी...

मंसिर २२, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा सुरु गरेको छ । लोसपाले धनुषा क्षेत्र नम्बर ३ मा भएको पराजयबारे पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिम...

मंसिर २१, २०७९

नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री भीमबहादुर रावलले संघीय संसद सचिवालयले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोगको निलम्बन फुकुवाको पत्र जारी गर्नु राज्य सञ्चालनमा बेथिति र विकृतिको पराकाष्ठा ...

मंसिर २२, २०७९

महिला तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले मन्त्रालय पनि महिला हिंसामा रहेको बताएकी छिन् । बुधबार सिराहामा आयोजित एक कार्यक्रममा मन्त्री रेग्मीले सो कुरा बताइन् । मन्त्री रेग्मीलाई स्थानीय महिलाले आफूहरु हिंसामा र...

मंसिर २१, २०७९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको त्याग र बलिदानको बलमा प्राप्त वर्तमान संविधानको सफल कार्यान्वयनका लागि २०७९ को आवधिक निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक ...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x