माघ १२, २०७९
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व आज बिहान १०ः४७ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान १०ः४७ बजे हनुमानढोकाको नास...
मगर समुदायको कला संस्कृति र ऐतिहासिक परम्परालाई संरक्षण गर्नका लागि पर्वतमा मगर संग्र्रहालय निर्माण गर्न थालिएको छ । पुन युवा क्लबको अगुवाईमा कुश्मास्थित दुर्लुङचोक नजिकै मध्यपहाडी राजमार्गको आडैमा संग्रहालय बनाउन शुरू गरिएको हो । संग्रहालय भवनको बुधवार कुश्मा नगर प्रमुख रामचन्द्र जोशीले शिलान्यास गरे ।
संग्रहालय निर्माण गर्नका लागि क्लबले अघिल्ला दुई वर्ष लगातार दुई पटकसम्म मगर महोत्सवको आयोजना गरेको छ भने यस पटकको तिहारमा देउसी भैलो खेलेर रकम संकलन गरेको छ । सोही रकम र बाँकी विभिन्न सहयोगदाताबाट संकलन गरेर झण्डै रु एक करोडको लागतमा निर्माण गरिने युवा क्लबका अध्यक्ष कृष्ण पुनले जानकारी दिए ।
मगर जातीको कला, कौशल, प्रबर्द्धनलगायत कुरामा नेतृत्वदायी भूमिका खेल्दै आएको पुन क्लबले आफूसँग भएको बजेटबाट भवन निर्माणको काम शुरु गरेको क्लबका अध्यक्ष पुनले बताए । मगर समुदायलगायत अन्य जनजातिका ऐतिहासिक तथा पुरातात्विक वस्तुको नमूना संकलन, ऐतिहासिक पाठ्यपुस्तक, धर्म संस्कृति र भाषाको संरक्षण, कला संस्कृति, रीतिरिवाज तथा चालचलन, मगर समुदायका खानाका परिकारलगायत सबैखाले विषयलाई संग्रहालयमा समेटिने जनाइएको छ ।
सबै जातजातिका भाषा, वेषभूषा, उनीहरूले प्रयोग गर्ने सामग्री, दैनिकी झल्किने चित्रलगायतका वस्तु राख्ने गरीसमेत तयारी गरिएको छ । रु २५ लाखबाट निर्माण गर्न थालिएको र काम शुरु गरेपछि विस्तारै सहयोग प्राप्त हुने क्लबले जनाएको छ । कुश्मा नगर प्रमुख जोशीले मगर समुदायका नेतृत्वमा संग्रहालय बन्ने भए पनि सबै जातजातिका पुरातात्विक महत्व बोकेका बस्तु रहने बताए ।
उपप्रमुख स्वस्थानी रिजालले ऐतिहासिक महत्वका वस्तुको संरक्षणमा संग्रहालय महत्वपूर्ण हुने बताए ।
यही मितिमा निर्माणको पूरा हुन्छ भन्ने यकिन नभएको भवन निर्माण समितिका संयोजक गुमबहादुर पुनले बताए । रकम अभाव हुन नदिन सरकारी निकायमा पहल गर्नेदेखि आफूहरूले फेरि पनि देउसी भैलो तथा मगर महोत्सवलाई निरन्तरता दिने उनको भनाइ छ ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व आज बिहान १०ः४७ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान १०ः४७ बजे हनुमानढोकाको नास...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रूपमा स्वीकृति लिन आह्वान गरेको छ । समितिको गठन आदेश २०७७ र यसअन्तर्गत बनेका नियमका आधारमा समितिले स्वीकृति लिन आग्रह गरेको हो...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले ...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
पूर्वीय हिन्दू धार्मिक ग्रन्थहरूमा धनुषवाणको पौराणिक कथन निकै रोचक छ । ब्रह्माजीले भगवान् शंकरलाई धनुषवाण समर्पित गरेको कथन छ । त्यसपछि भगवान् शंकरले ईन्द्रलाई र ईन्द्रले परशुरामलाई धनुषवाण समर्पित गरेका थिए । ...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...