माघ २१, २०७९
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले शेरबहादुर देउवा नेतृत्वको वाम-लोकतान्त्रिक गठबन्धन भत्किनुमा ४ वटा कारण दिएका छन् । केन्द्रीय समितिको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा नेपालले गठबन्धन...
निर्वाचन आयोगले हालसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रवार (आज) अपरान्हसम्मको समानुपातिकतर्फको मतपरिणामअनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता पाएको जानकारी दिए ।
आयोगले ती दलले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी ३ प्रतिशत थ्रेस होल्ड कटाएको औपचारिक जानकारी दिएको हो । जसअनुसार एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ । समानुपातिकतर्फ हालसम्म १ करोड ३ लाख ८२ हजार ७५ मत गणना भइसकेको छ ।
प्रवक्ता वाग्लेले दोलखा, बाजुरा र स्याङजा जिल्लामा भने मतगणना चालू रहेकाले त्यसको परिणाम आउन बाँकी रहेको स्पष्ट पारे ।
‘हालसम्म आज २०७९ साल मंसीर १६ गते ४ बजेसम्म १ करोड ३ लाख ८२ हजार ७५ समानुपातिकतर्फको मतगणना भएको डाटा आयोगमा इन्ट्री भइसकेको अवस्था छ । सिष्टममा इन्ट्री भइसकेको आधारमा त्यो गणना भएको मतको आधारमा ७ वटा राजनीतिक दलहरुले सदर मतको ३ प्रतिशत मत कटाएको देखिन्छ । त्यसपछि मत गणना भइसकेको निर्वाचन अधिकृतज्यूहरूलाई आयोगबाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्राप्त गणना गरेको मत सदर मत, बदर मत र राजनीतिक दलहरुले प्राप्त गरेको मतको हार्ड कपी र सफ्ट कपी दुईटै आयोगमा पेश गर्न भनेर हामीले पत्राचार गरेका थियौँ । धेरै ठाउँबाट प्राप्त भइसकेको छ । र, प्राप्त भइसकेको आँकडा अनुसार समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका कार्यक्रममा त्यो इन्ट्री हुँदैछ’, उनले भने ।
आयोगले ४ दिन भित्र समानुपातिकतर्फको मतगणना कार्य सम्पन्न हुने अनुमानसमेत गरेको छ । दलहरूले पाएको मत संख्याअनुसार उनीहरूले बन्द सूचीमा पठाएका समानुपातिक सांसदहरू निर्वाचित हुनेछन् । त्यसका लागि आयोगले दलहरूले प्राप्त गरेको संख्या पठाउने र दलहरूले आफूले बन्द सूचीमा पेश गरेका नामावलीको क्रमसंख्या तलमाथि नहुने गरी निर्वाचन आयोगमा नामावली पठाउनेछन् । त्यसो गर्दा एक तिहाई महिलाहरूको संख्या भने राजनीतिक दलहरूले पठाउनै पर्ने कानूनी व्यवस्था रहेको पनि आयोगका प्रवक्ता वाग्लेले स्मरण गराए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले शेरबहादुर देउवा नेतृत्वको वाम-लोकतान्त्रिक गठबन्धन भत्किनुमा ४ वटा कारण दिएका छन् । केन्द्रीय समितिको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा नेपालले गठबन्धन...
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपतिको चुनावअघि नै सरकारमा खटपट आएको बताएका छन् । अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रपति निर्वाचनसम्म पनि थेग्न सक्ने अवस्था नरहेक...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमाले बाहेकको पार्टीको तर्फबाट राष्ट्रपति बनाउनुपर्ने बताएका छन्। राष्ट्रपति पनि एमालेको भए उक्त राष्ट्रपति सरकारको आदेशपालक मात्र हुन सक्ने उन...
सत्तारुढ नेकपा (एमाले) का नेता एवम् पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। ...
स्थानीय तहका प्रत्येक वडामा १ महिला र १ दलित महिला सदस्य हुनुपर्ने, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगर, उपमहानगर र महानगरपालिकाको मेयर र उपमेयरमध्ये १ पदमा महिला उम्मेदवार बनाउनुपर्ने संवैधानिक व्यवस्था छ ...
प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश नै माओवादीको मुद्दामा आधारित रहेको बताएका छन् । आदिवासी जनजाति आयोगले आज (शनिबार) काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा प्...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...